Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधानी महोत्सव : भोजपुरी सुपरस्टार खेसारीलाल र नेपाली महानायक राजेश हमालको प्रस्तुती

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १८, २०७८
मधानी महोत्सव  : भोजपुरी सुपरस्टार खेसारीलाल र नेपाली महानायक राजेश हमालको प्रस्तुती

रौतहट । रौतहटको मौलापुरमा जारी मधानी महोत्सवमा नेपाली महानायक राजेश हमाल र भोजपुरी सुपरस्टार खेसरीलाल यादवसँग लाखौँ दर्शक झुमेका छन् । मंगलबार महोत्सवको उद्घाटन कार्यक्रममा मौलापुर आएका हमाल र यादवको प्रस्तुतीसँगै कार्यक्रम हेर्न आएका दर्शकहरु रमाएका थिए । महानायक हमालले केही नेपाली गीतहरुमा नृत्य गर्नुका साथै आफ्ना सुपरहिट फिल्मका डाइलगहरुले दर्शकको मनोरञ्जन गराएका थिए ।

त्यसैगरी यादवले दुई दर्जन बढि भोजपुरी गीतहरु गाउनुका साथै विभिन्न कलाकारहरुसँग नृत्य गरेका थिए । उनीसँगै आएकी भोजपुरी सुपरस्टार नायिका रानी चर्टजीले पनि आफ्नो प्रस्तुतीले माहोल तताएकी थिइन् । आफुले मन पराएका कलाकारहरुलाई नजिकबाट देख्दा र उनीहरुको प्रस्तुती नजिकबाट हेर्न पाउँदा दर्शकहरु निकै उत्साहित थिए ।

दर्शकहरुको भिडलाई व्यवस्थापन गर्न आयोजक , स्वयमसेवक र सुरक्षाकर्मीलाई निकैनै हम्मेहम्मे परेको थियो । दर्शकहरु कलाकारलाई अझ बढि नजिकबाट हेर्न सुरक्षाबार नाघेर स्टेज छेउमै पुगेका थिए । कतिपय दर्शकहरु त रुख तथा बाँसको टुप्पामा बसेर कार्यक्रम हेरिरहेका थिए । उनीहरुलाई सुपरस्टार यादवले बारम्बार दुर्घटनाको सम्भावना बारेमा चेतावनी दिर्दै त्यहाँबाट ओर्लन अनुरोध गरेपनि उनीहरुले अटेर गरेर पुरा कार्यक्रम त्यहीँ बसेर हेरेका थिए ।

महानायक हमालले मौलापुरमा कलाकार प्रति दर्शकहरुले देखाएको मायाले आफुहरुलाई उत्साहित बनाएको भन्दै सँधैभरी कला , संस्कृति र कलाकारितालाई यसरीनै माया गरिरहन आग्रह गरे । भोजपुरी सुपरस्टारद्धय यादव र चर्टजीले नेपाली दर्शकले आफुहरु प्रति दर्शाएको अपार माया, स्नेह , स्वागत , संत्कारले आफुहरुलाई मोहित बनाएको भन्दै नेपाल र नेपालीको मायाले मोहनी लगाएको जिकिर गरे । उनीहरुले नेपाली दर्शकले मायाले बारम्बार नेपाल आउन प्रेरित गरेको भन्दै दर्शकसँग भेट्ने अवसर जुटाइदिने आयोजक मौलापुर नगरपालिकालाई धन्यवाद दिएका छन् ।

नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साहले मौलापुर नगरपालिका वडा नम्बर ५ पतौरामा अवस्थित ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वको प्राचीन शिव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने लक्ष्य एवं दृढसंकल्पका साथ मौलापुर नगरपालिकाको आयोजनामा तीन वर्षदेखि महोत्सव गर्दै आएको बताए । उनले महोत्सवले सो मन्दिर र स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा प्रवद्धन गर्नेभन्दै लाखौँ दर्शकको सहभागिताले मौलापुरको मानसम्मान, प्रतिष्ठा, गौरव एवं गरिमामा उल्लेख्य बढोत्तरी हुने विश्वास व्यक्त गरे ।

नगर प्रमुख रिना साहले शिव रात्रीको अवसरमा गाउँघरमा गरिदै आएको मधानी यज्ञ समय क्रमसँगै लोप हुँदै गइरहेकाले सो परम्पराको जर्गेना गर्दै नयाँ पुस्तालाई यस बारेमा जानकारी दिदै यसको संरक्षण गर्न नगरपालिकाले वर्षेनी मधानी महायज्ञको आयोजना गर्दै आएको स्मरण गरिन् ।

सो कार्यक्रमको उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझीले गरेका थिए ।

Previous Post

महोत्तरीमा अवैध उत्खनन गर्न चलखेल

Next Post

वीरगन्ज रक्सौल नाकाबाट मानव तस्करी रोकिएन

Next Post
वीरगन्ज रक्सौल नाकाबाट मानव तस्करी रोकिएन

वीरगन्ज रक्सौल नाकाबाट मानव तस्करी रोकिएन

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि