Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगन्ज रक्सौल नाकाबाट मानव तस्करी रोकिएन

भारतीय सुरक्षाकर्मीले धमाधम नेपाली चेलीहरुलाई उद्दार गर्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १८, २०७८
वीरगन्ज रक्सौल नाकाबाट मानव तस्करी रोकिएन

वीरगन्ज (पर्सा), १८ फागुन ।
नेपाल भारत खुल्ला सिमानामा पर्ने वीरगन्ज रक्सौल नाकाबाट मानव तस्करी रोकिएको छैन । खुल्ला सिमानाको कारण चोरबाटो हुँदै दैनिक नेपाली चेलीहरु भारत तर्फ बेचिन बाध्य छन् । नेपाल भारतको मुख्य नाका भनेर चिनिने वीरगन्ज नाकाबाटै दिनहँ चेलीहरु भारततर्फ पुग्ने गरेको बताइएको छ । नेपाल भारत सिमानामा पर्ने वीरगन्जको शंकराचार्य गेट स्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा चेलीबेटी बेखबिखन विरुद्ध काम गर्ने माइती नेपालको कर्मचारीहरु तैनाथ खटेर चेकजाँच गर्दा पनि दिनहुँ नेपाली चेलीहरु भारततर्फ चोर नाका हुँदै बेचिन पुग्ने गरेको छ ।

दलालहरुको विभिन्न प्रलोभनमा परेर नेपाली चेलीहरु भारततर्फ पुगेर देह व्यापारमा लगाइने गरेको बेला बखतको तथ्याँकले देखाएको छ । पैसा कमाउने, विवाह गर्ने लगायत विभिन्न प्रलोभन देखाई दलालहरुले नेपाली चेलीहरुलाई भारतमा लगी बेच्ने गरेको सर्वविदितै छ । यसरी खुल्ला सिमाना हुँदै चेलीहरु दिनहुँ भारततर्फ बेचिनु एवं ंदेह व्यापारमा लाग्दा समेत सम्बन्धित निकायको यसतर्फ खासै ध्यान पुग्न सकेको छैन । मानव तस्करी रोक्न माइती नेपाल मात्रै होइन, प्रहरी पनि खट्ने गरेको छ तर तिनीहरुको कार्य फित्तलो भएको कारण र खुल्ला सिमानाको चोर नाका बढि प्रयोग गर्दै सुरक्षाकर्मीको आँखा छल्दै नेपाली चेलीहरु भारततर्फ तस्करी हुने गरेको छ ।
भारतको एन्टी ह्युमन टे«फिकिङ्ग विभाग दिल्लीबाट रक्सौल स्थित खटेका सिनियर प्रहरी इन्स्पेक्टर मनोज कुमार शर्माको नेतृत्वले विगत ६ महिनादेखि लगातार नेपाली चेलीहरुलाई उद्दार गरि नेपालको जिम्मा लगाउँदै आएको छ । खास गरेर मानव तस्करीलाई नै निरुत्साहित गर्न खटेको उक्त टोलीले नेपालबाट विभिन्न प्रलोभनमा पारेर भारततर्फ लगि देह व्यापार, आरकेस्ट्रा एवं भारतको विभिन्न प्रान्तमा बेच्नका लागि लगि रकेको अवस्थामा बालबालिका एवं नाबालिकहरुलाई उद्दार गरेर नेपाललाई जिम्मा लगाउँदै आएको छ ।

यही मंगलबार दिउँसो १ बजेको समयमा प्रहरी इन्स्पेक्टर शर्माको नेतृत्वमा खटेका प्रहरी टोलीले भारतको विहार सौनाहा बजÞार स्थित संचालनमा रहेका २ वटा आर्केस्ट्रामा छापामारी गरि ८ जना नेपाली चेलीहरुको उद्दार गरेको छ । विशेष सूचनाको आधारमा एन्टी ह्युमन ट्रेफिकिङ्ग यूनिट टीम रक्सौलका प्रभारी एवं सिनियर इन्स्पेक्टर शर्मा सहित एन.जी.ओ.रेस्क्यू मिशन फाउण्डेशन, चाइल्ड लाइन केयर सब–सेंटर रक्सौल तथा पलनवा थानाका प्रहरीको संयुक्त टोली छापामारी गरि ८ जना नेपाली किशोरीहरुको उद्दार गरेको हो ।
उद्दार गरेको किशोरीहरुसँग बुझ्दा कसैलाई विहे गर्ने प्रलोभन देखाई भारतमा ल्याई आरकेस्ट्रामा नचाउनुको साथै तिनीहरुसँग जबरजस्ती शारिरिक शोषण समेत गरेको अनुसन्धानबाट खुलेको छ । यसैगरि कसैलाई राम्रो काममा लगाईदिने, कसैलाई बढि पैसा कमाउने तथा अन्य विभिन्न बहाना बनाई भारत ल्याएको पाइएको छ । ति किशोरीहरुले पटक पटक नेपाल फर्कन प्रयास समेत गरे, तर उनीहरु असफल भएको सोधपुछबाट खुलेको सिनियर प्रहरी इन्स्पेक्टर शर्माले बताए । उनका अनुसार यसमा संलग्न मानव तस्करलाई भारत विहार स्थित पलनवा थानाका इन्चार्ज प्रभारी उप–निरीक्षक प्रभाकर पाठकलाई जिम्मा लगाएको र तिनीहरुलाई हदैसम्मको कारवाही गरिने बताए ।
किशोरीहरुको उद्दार कार्यमा एन्टी ह्यूमन टे«फिकिङ्ग युनिट टिमका इन्चार्ज सिनियर प्रहरी इन्स्पेक्टर मनोज कुमार शर्मा, उपनिरीक्षक नेहा सिंह, सहायक उपनिरीक्षक परिश्वर मुशाहारी, मुख्या आरक्षक कुलदीप कुमार, मुख्य आरक्षक राम कुमार, महिला आरक्षी नाजÞरीन बानो, आरक्षी रामलाल बाज्या, रेस्क्यू फाउण्डेशनका डाइरेक्टर वीरेन्द्र सिंह, दिलीप कुमार, अक्षय पाण्डे, पलनवा थाना प्रभारी उपनिरीक्षक प्रभाकर पाठक, चाइल्ड लाइन केयरका पवन कुमार, किरण वर्मा, नवीन कुमार, अभिषेक कुमार लगायतले सहयोग पु¥याएका थिए ।

मंगलबार उद्दार गरिएका किशोरीहरु उदाहारणका पात्र मात्रै हुन् । यस्ता नेपाली चेलीहरु दिनहुँ भारतको विभिन्न सहरमा बेचिन पुगेको भारतकै एन्टी ह्यूमन टे«फिकिङ्ग विभागकै तथ्याँकले देखाएको छ । मानव तस्करी रोधी इकाई क्षेत्रीय मुख्यालय रक्सौलले मात्रै सन् ६ महिनाको अवधिमा रक्सौल क्षेत्रबाट मात्रै ७२ जना नेपाली चेलीको उद्दार गरेर नेपालको जिम्मा लगाएको छ । यो तथ्याँक सूचना आएर उद्दार गरिएका चेलीहरुको मात्रै हो, अहिले त्यस्ता हजारौं चेलीहरु यही सीमा क्षेत्रमा मानव तस्करको चँगुलमा फसेर नरकीय जीवन विताउन बाध्य छन् ।
उद्दार गरिएका अधिकाँश चेलीहरुसँग बुझ्दा विभिन्न आकर्षक जागिर, शादी विवाह लगायत विभिन्न बहाना बनाई प्रलोभन देखाई मानव तस्करहरुले भारतमा ल्याएर बेच्ने गरेको इन्स्पेक्टर शर्माको भनाई छ । नेपाली चेलीहरुलाई भारततर्फ ल्याउन नेपालमा भारतीय नेटवकिङ्ग कम्पनीको नाममा नेपालमा त्यसको गिरोह नै परिचालित छ । एउटा किशोरी ललाई फकाई ल्याए वापत तस्करहरुले २० देखि ५० हजारसम्म भारतीय रुपैया पाउने गरेको अनुसन्धानबाट खुलेको सिनियर प्रनि शर्माले बताए ।
उक्त टोलीले चेलीमात्रै होइन, बालबालिकाहरुलाई पनि उद्दार गरेर नेपाललाई जिम्मा लगाउने कार्य गर्दै आएको छ । यही २०७८ मंसिर २६ गते भारतबाट २३ जना नेपाली बालकहरुलाई उद्दार गरिएको थियो । उक्त बालकहरुलाई त्यही एन्टी ह्यूमन टे«फिकिङ्ग विभाग रक्सौलका इन्चार्ज सिनियर इन्स्पेक्टर शर्माको नेतृत्व सहितको टोलीले उद्दार गरि माइती नेपालको जिम्मा लगाइएको थियो । उद्दार गरिएको २३ जना बालकहरुमध्ये १० वर्षमुनिका ती बालकहरु काठमाडौं, नुवाकोट, बाँके लगायतका जिल्ला घर भएका थिए । उनीहरुलाई लामा (बौद्ध धर्म) अध्ययन गर्न भनि भारतको बोधगया लग्दै गर्दा वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलमा उक्त टोलीले उद्दार गरि माइती नेपालको जिम्मा लगाएको थियो ।
यसरी सधैं भारतीय एन्टी ह्यूमन टे«फिकिङ्ग विभागको टोलीले नेपाली चेलीबेटि सहित बालबालिकाहरुलाई उद्दार गरि नेपालको जिम्मा लगाउँदै आएको छ । तर चेलीबेटि बेचबिखन विरुद्ध काम गर्ने माइती नेपालको कर्मचारीले के गर्दैछन् भन्ने यहाँ प्रश्न उब्जिएको छ । माइती नेपालले स्थापना गरेको डेक्स हुँदै दिनहुँ चेलीबेटीहरु भारततर्फ पुगि रहेका छन् तर उनीहरुले गम्भिरतापूर्वक ड्युटी नगरेकै कारण उनीहरुले गर्नुपर्ने काम भारतीय सुरक्षाकर्मीले गर्दै आएको छ । माइती नेपालसँग तथ्याँक बुझ्न जाँदा पनि कार्यालय प्रमुखको उपस्थिति खासै हुँदैन, उनी सधैं विदामा रहन्छिन् । भारतीय सुरक्षाकर्मीले उद्दार गरेर माइती नेपालको जिम्मा लगाएपछि माइती नेपालले भारतबाट बालबालिका तथा चेलिबेटी उद्दार गरेको भनेर प्रचारवाजी गर्दै आएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि