Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमा बढ्दो सडक दुर्घटनाः लापरवाही, कमजोर शासन र उदासीनताको परिणाम !

सडक दुर्घटनाको भयावह अवस्था केवल चालकको गल्ती भनेर टार्न मिल्दैन । कमजोर योजना, अनुगमनहीन सडक निर्माण, ट्राफिक व्यवस्थापनमा ढिलासुस्ती, र नागरिक सचेतनामा कमी सबै मिलेर यो संकट पैदा भएको हो ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस १९, २०८२
मधेशमा सवारी दुर्घटनाको स्थिति भयवाह: मृत्युदर चिन्ताजनक, युवाहरुको ज्यान उच्च जोखिममा

पछिल्लो समय विशेषगरी तराई मधेश क्षेत्रमा सडक दुर्घटनाको संख्या तीव्र रूपमा बढ्दै जानु सामान्य घटनाको सूचीमा सीमित विषय होइन, यो राज्य, समाज र नागरिक सबैका लागि गम्भीर चेतावनी हो । नेपालभर सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये करिब २१ प्रतिशत मधेश प्रदेशमै पर्नु स्थिति कति भयावह बन्दै गएको छ भन्ने स्पष्ट संकेत हो ।

हरेक वर्ष नेपालमा सडक दुर्घटनाले सयौँ परिवार उजाडिन्छन्, थुप्रै युवा असमयमै जीवन गुमाउँछन् र हजारौँ नागरिक स्थायी अपाङ्गता बोकेर बाँकी जीवन बिताउन बाध्य हुन्छन् । तर, दुर्घटनालाई ‘दुर्भाग्य’ भन्दै पन्छाउने प्रवृत्तिले वास्तविक समस्यालाई अझ गहिरो बनाइरहेको छ ।

चालु आर्थिक वर्षको मंसिरसम्म देशभर १३ हजार ८८० सवारी दुर्घटनामा १ हजार ४२ जनाको मृत्यु भइसकेको छ । तीमध्ये मधेश प्रदेशमै २२० जनाले ज्यान गुमाउनु, यो क्षेत्र दुर्घटनाको ‘हटस्पट’ बन्दै गएको प्रमाण हो । साउनदेखि मंसिरसम्म मात्रै मधेश प्रदेशमा २ हजार ६७१ दुर्घटना हुनु र त्यसमा १९१ जनाको मृत्यु तथा ४ हजार ५७६ जना घाइते हुनु राज्यका संयन्त्रहरू कति कमजोर छन् भन्ने प्रश्न खडा गर्छ ।

सबैभन्दा चिन्ताजनक पक्ष भनेको १७ देखि ३० वर्ष उमेर समूहका युवाहरू दुर्घटनाको मुख्य सिकार हुनु हो । उत्पादनशील उमेरका युवाहरूको यसरी ज्यान जानु वा घाइते हुनु केवल व्यक्तिगत क्षति होइन, यो देशको सामाजिक आर्थिक भविष्यसँग जोडिएको गम्भीर विषय हो ।

गुणस्तरीय सडकको अभाव, सडक निर्माणमा हुने भ्रष्टाचार, यातायात नियमको उल्लङ्घन, तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति दुर्घटनाका मुख्य कारण भएको तथ्य स्थानीयदेखि प्रहरी प्रशासनसम्म सबैले स्वीकार गरेका छन् । तर, समस्या पहिचानमा एकमत भए पनि समाधान कार्यान्वयनमा गम्भीरता देखिँदैन ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयकै कार्यक्रममा युवाहरू बढी दुर्घटनामा पर्ने गरेको स्वीकार गरिनु आफैंमा चिन्ताजनक सन्देश हो । यदि कारण थाहा छ भने, किन रोकथाम प्रभावकारी हुन सकेको छैन ? नियमित चेकजाँच, कडाइका साथ नियम कार्यान्वयन र निरन्तर सचेतना किन अभियानमै सीमित हुन्छ ?

सडक दुर्घटनाको भयावह अवस्था केवल चालकको गल्ती भनेर टार्न मिल्दैन । कमजोर योजना, अनुगमनहीन सडक निर्माण, ट्राफिक व्यवस्थापनमा ढिलासुस्ती, र नागरिक सचेतनामा कमी सबै मिलेर यो संकट पैदा भएको हो । मधेश प्रदेश प्रहरी प्रमुखले समेत केही जिल्लामा दुर्घटना बढेको स्वीकार गर्नु, समस्या अझ गहिरिँदै गएको संकेत हो ।

स्थानीयवासीले सुझाएका उपायहरु ‘नियमित सवारी र मापसे चेकजाँच, विद्यालय र क्याम्पसमा सडक सुरक्षा शिक्षा, सचेतनामूलक सामग्रीको व्यापक प्रयोग र चालक लक्षित कार्यक्रम’ यी सबै तत्काल कार्यान्वयन गर्न सकिने उपाय हुन् । तर, यी प्रयास तब मात्र प्रभावकारी हुन्छन् जब राज्य, प्रहरी, स्थानीय तह र नागरिक सबैले साझा जिम्मेवारी बोध गर्छन् ।

सडक दुर्घटना कुनै नियति होइन, यो हाम्रो लापरवाही, कमजोर शासन र उदासीनताको परिणाम हो । अब पनि गम्भीर भएर कदम चालिएन भने तराई मधेश मात्र होइन, सिंगो देश दुर्घटनाको अन्तहीन सूचीमा झन् डुब्दै जानेछ । समयमै चेत्ने कि अझ धेरै ज्यान गुमेपछि मात्रै आँखा खोल्ने यो प्रश्न अब राज्य र समाज दुवैका लागि खुला चुनौती बनेको छ ।

Tags: मधेशमा बढ्दो सडक दुर्घटना
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि