Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १, २०८३
इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

वीरगंज (पर्सा), १ जेठ । वीरगंज भन्सार कार्यालय पछाडिको इनर्वा गाउँ नाका हुँदै सिमावर्ती भारतीय शहर रक्सौल बाट खसी–बोकाको अवैध तस्करी खुलेआम भइरहेको तथ्य सार्वजनिक भएको छ । स्थानीय तथा प्रत्यक्षदर्शीका अनुसार उक्त क्षेत्रमा सशस्त्र प्रहरी बलको निगरानीबीचै मिलेमतोमा तस्करी भइरहेको आशंका गरिएको छ ।

स्थानीयवासीहरूले दिएको जानकारीअनुसार पछिल्ला दिनहरूमा दिनदहाडै तस्कर समूहले बालबालिकालाई समेत प्रयोग गरी खसी–बोका नेपालतर्फ ल्याउने कार्य गर्दै आएको देखिएको छ । भारततर्फ खसी–बोकाको मूल्य तुलनात्मक रूपमा सस्तो हुने भएकाले तस्करहरूले त्यसको फाइदा उठाउँदै अवैध कारोबार बढाएको आरोप स्थानीयको छ ।

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको प्रत्यक्ष उपस्थितिकै बीच तस्करी भइरहेको भए पनि नियन्त्रण नहुँदा उनीहरूले गम्भीर प्रश्न उठाएका छन् । कतिपयले तस्कर समूहसँग मासिक रकम बुझाउने सहमति भएको हुनसक्ने आशंका समेत व्यक्त गरेका छन् ।

स्थानीयका अनुसार सामान्य सर्वसाधारणले सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा कडाइ हुने गरेको छ, तर संगठित समूहले भने खुलेआम खसी–बोका ओसारपसार गरिरहेको देखिनु दु:खद भएको उनीहरूको भनाइ छ ।

यस विषयमा प्रतिक्रिया दिँदै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन निरौलाले भने यस्तो गतिविधिबारे आफूहरूलाई आधिकारिक जानकारी नभएको बताएका छन् । उनले प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाइने र संलग्नता पुष्टि भएमा दोषीमाथि कडा कारबाही गरिने स्पष्ट पारेका छन् ।

Tags: इनर्वा नाकाबाट तस्करी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि