Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘इज्जत’को नाममा हत्या : अपराधभन्दा गहिरो सामाजिक असफलता !

‘न्याय’ होइन, ‘इज्जत’को नाममा सामूहिक हिंसा : तहरीमाको हत्या केवल दुई अभियुक्तको व्यक्तिगत निर्णयको परिणाम होइन । यो घटना त्यस्तो समाजको उपज हो, जहाँ महिलाको जीवन, चाहना र स्वतन्त्रतालाई अझैपनि परिवारको ‘मान मर्यादा’सँग बाँधिन्छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस १०, २०८२
‘इज्जत’को नाममा हत्या : अपराधभन्दा गहिरो सामाजिक असफलता !

रौतहटको भुसहा टोलमा घटेको १८ वर्षीया तहरीमा खातुनको हत्या प्रकरण कुनै साधारण आपराधिक घटना मात्र होइन, यो हाम्रो समाजभित्र गहिरिँदै गएको सोच, शक्ति संरचना र कानुनी बेवास्ताको निर्मम उदाहरण हो । घरभित्रै खाल्डो खनेर बुहारीको शव गाडिनु, त्यसपछि परिवारका सदस्य फरार हुनु र अन्ततः दाजु तथा ससुरा मात्र पक्राउ पर्नु यी सबैले एउटा गम्भीर प्रश्न उठाउँछन् : अपराधको जरो कहाँ छ ?

प्रहरी अनुसन्धान अनुसार विवाहेतर सम्बन्धको आरोप लगाउँदै परिवारकै सदस्य मिलेर तहरीमाको हत्या गरिएको छ । यो तथ्यले स्पष्ट पार्छ यहाँ ‘न्याय’ होइन, ‘इज्जत’को नाममा सामूहिक हिंसा गरिएको हो । कानुनको शासनभन्दा पारिवारिक सत्ता र सामाजिक दबाबलाई माथि राख्ने मानसिकता अझै जीवित रहेको यो घटनाले देखाएको छ ।

तहरीमाको हत्या केवल दुई अभियुक्तको व्यक्तिगत निर्णयको परिणाम होइन । यो घटना त्यस्तो समाजको उपज हो, जहाँ महिलाको जीवन, चाहना र स्वतन्त्रतालाई अझैपनि परिवारको ‘मान मर्यादा’सँग बाँधिन्छ । एक किशोरी, एक आमा, एक बुहारी सबै पहिचान ओझेलमा पारेर उनलाई ‘समस्याको श्रोत’ ठहर गरियो र अन्ततः जीवन नै खोसियो ।

गम्भीर प्रश्न यहाँ उठ्छ यदि कात्तिक १९ मै प्रहरी कार्यालयसम्म पुगेको यो विवादलाई राज्यले प्रभावकारी संरक्षण, परामर्श र निगरानीको माध्यमबाट सम्बोधन गरेको भए के यो हत्या रोक्न सकिँदैनथ्यो ? घटनाको बीउ पहिल्यै रोपिएको थियो, तर समयमै हस्तक्षेप हुन सकेन ।

कानुनको उपस्थिति किन कमजोर देखिन्छ ?
नेपालमा घरेलु हिंसा, महिलाविरुद्धको हिंसा र हत्या सम्बन्धी कानुन स्पष्ट छन् । तर तहरीमाको हत्याले देखायो कानुन कागजमा मात्र सीमित रहँदा समाजमा ‘परिवारभित्रको कुरा’ भन्दै गम्भीर अपराधलाई बेवास्ता गर्ने प्रवृत्ति अझै बलियो छ ।

अर्को चिन्ताजनक पक्ष के हो भने हत्या भएको घरमा रहेका अन्य सदस्यहरू अझै फरार छन्, नाबालक बच्चाको अवस्था अज्ञात छ । यसले अनुसन्धानको प्रभावकारिता र राज्यको पहुँचमाथि समेत प्रश्न खडा गरेको छ । अपराध सामूहिक भएपनि जिम्मेवारी सीमित व्यक्तिमा थोपर्ने हो कि भन्ने शंका पनि यहीँबाट जन्मिन्छ ।

महिलाको जीवन सधैं सम्झौताको सर्तमा ?
तहरीमालाई माइती पक्षले ‘घर नबिगार्न’ सम्झाएको तथ्य आफैंमा गम्भीर छ । किन महिलाले मात्र सहनु पर्ने ? किन सम्बन्ध बिग्रियो भने समाधान खोज्नुको साटो महिलामाथि नै दोष थोपर्ने ? यही सोचले हिंसालाई मलजल गर्छ ।

वैदेशिक रोजगारीमा रहेका पति, घरमा असुरक्षित बुहारी, निर्णय गर्ने अधिकार पुरुषको हातमा यो संरचना आफैंमा जोखिमपूर्ण छ । जब महिलाको आवाज सुन्ने कुनै सुरक्षित माध्यम हुँदैन, तब अपराध मौन रूपमा हुर्किन्छ ।

तहरीमा खातुनको हत्या प्रकरणले तीनवटा स्पष्ट सन्देश दिन्छ पहिलो, महिलाविरुद्धको हिंसालाई ‘घरेलु मामला’ ठान्ने सोच अब कानुनी रूपमा मात्र होइन, सामाजिक रूपमा पनि अस्वीकार्य बनाइनुपर्छ । दोश्रो, विवाद प्रहरीसम्म पुगेपछि त्यसको निगरानी, संरक्षण र सामाजिक परामर्श अनिवार्य हुनुपर्छ ।

तेश्रो, सामूहिक अपराधमा संलग्न सबै व्यक्तिलाई कानुनी दायरामा ल्याएर उदाहरणीय कारबाही गर्नुपर्छ, ताकि ‘इज्जत’को नाममा अपराध गर्नेहरूलाई समाजले होइन, कानुनले उत्तर देओस् । तहरीमा खातुन अब फर्किँदिनन् तर उनको हत्याले छोडेको प्रश्न अझै बाँकी छ । यदि आज पनि हामीले यसलाई ‘एक घटना’ भनेर टार्यौं भने, भोलि अर्को तहरीमाको जीवन कसले जोगाउने ?

सम्पादकीयको उद्देश्य दोषारोपण मात्र होइन, चेतना जगाउनु हो । अब समाज, राज्य र कानुन तीनै पक्षले आत्ममूल्यांकन गर्ने समय आएको छ ।

Tags: इज्जतको नाममा हत्या
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि