Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी र बोतलभित्रको सत्य !

पर्सा बारा औद्योगिक कोरिडोरका दर्जनौँ उद्योगहरूले वर्षौंदेखि रसायनयुक्त फोहोर, लेदो र दूषित पानी सिधै सिर्सिया नदीमा मिसाउँदै आएका छन् । यसको परिणामस्वरूप नदी लगभग ‘मृत नदी’ जस्तै बनेको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस ५, २०८२
सिर्सिया नदी र बोतलभित्रको सत्य !

तीन दशकभन्दा बढी समयदेखि औद्योगिक फोहोरको चपेटामा परेर कालो, दुर्गन्धित र विषाक्त बनेको सिर्सिया नदी आज केवल एउटा जलधारा मात्र होइन, राज्यको उदासीनता, नियामक निकायको असफलता र विकासको नाममा गरिएको अन्धाधुन्ध औद्योगिकीकरणको ज्वलन्त प्रतीक बनेको छ । यही पृष्ठभूमिमा वीरगंजका युवाहरूले सुरु गरेको ‘बोतल अभियान’ ले सिर्सिया प्रदूषणको मुद्दालाई नयाँ, सशक्त र बहसयोग्य उचाइमा पुर्‍याइदिएको छ ।

पर्सा बारा औद्योगिक कोरिडोरका दर्जनौँ उद्योगहरूले वर्षौंदेखि रसायनयुक्त फोहोर, लेदो र दूषित पानी सिधै सिर्सिया नदीमा मिसाउँदै आएका छन् । यसको परिणामस्वरूप नदी लगभग ‘मृत नदी’ जस्तै बनेको छ । नदी किनारका दुई दर्जनभन्दा बढी गाउँका बासिन्दा, पशुपन्छी र कृषिमा निर्भर समुदाय दीर्घकालीन रोग, छालासम्बन्धी समस्या र वातावरणीय जोखिमको सिकार बन्दै आएका छन् । यो समस्या आजको होइन, दशकौँदेखिको हो । तर समाधान भने कहिल्यै प्राथमिकतामा परेन ।

वीरगंज महानगरपालिकाले समय समयमा जरिवाना, चेतावनी र प्रदूषक उद्योगमै फोहोर थुपार्ने जस्ता प्रतीकात्मक कदम चाले पनि ती प्रयासहरू स्थायी समाधान बन्न सकेनन् । अनुगमन कमजोर रह्यो, कारबाही राजनीतिक र आर्थिक दबाबमा फितलो बन्यो । २०६७ मै गठित अनुगमन समितिले ४६ उद्योगलाई सिर्सिया प्रदूषणको मुख्य दोषी ठहर गरिसकेको तथ्य अझै कागजमै सीमित छ । प्रश्न उठ्छ, जब दोषी पहिचान भइसकेका थिए, किन कारबाही भएन ?

यही निरन्तर बेवास्ताको विरुद्धमा अहिले जेन–जी पुस्ताका करिब ३० जना युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका छन् । उनीहरूको अभियान न त तोडफोडमा आधारित छ, न नाराबाजीमै सीमित । उनीहरूले सिर्सिया नदीको कालो पानी बोतलमा भरेर सरकारी कार्यालय, महानगरपालिका, उद्योग वाणिज्य संघ र अब राजनीतिक नेतृत्वको टेबलसम्म पुर्‍याउने घोषणा गरेका छन् । यो बोतल कुनै सामान्य पानी होइन, यो राज्य र समाजलाई देखाइएको ऐना हो जहाँ सबैले आफ्‌नै असफलता देख्न सक्छन् ।

अभियानका अगुवा किसु सर्राफले ‘नदी सफा भइसकेको’ भन्ने भ्रमलाई चिर्न यो कदम चालिएको बताएका छन् । वास्तवमै, जब वास्तविकता कालो छ, तब आँखा चिम्लेर उज्यालो भएको दाबी गर्नु अपराध बराबर हुन्छ । सिर्सियाको पानी बोतलमा भरेर बुझाउनु प्रतीकात्मक देखिएपनि यसको सन्देश गहिरो छ । यदि नीति बनाउने, अनुमति दिने र नाफा कमाउनेहरूले यही पानीसँग जिउनुपरेको भए, सायद अवस्था यति दयनीय हुने थिएन ।

युवाहरूको योजना अझ सशक्त छ । उद्योग वाणिज्य संघ, पूर्व मन्त्री, सांसद र प्रदेश सांसदहरूको घर कार्यालयसम्म यो ‘उपहार’ पुर्‍याउने चेतावनी केवल दबाबको राजनीति होइन, उत्तरदायित्वको माग हो । किनकि प्रदूषण केवल उद्योगको गल्ती होइन, त्यसलाई संरक्षण गर्ने मौन राजनीतिक संरचनाको पनि साझा जिम्मेवारी हो ।

यसबाहेक, नदीकै फोहोर पानीमा उभिएर कविता वाचन, महाआरती जस्ता सांस्कृतिक प्रतिरोधका कार्यक्रम गर्ने युवाहरूको योजना झन् गहिरो सन्देश बोकेको छ । छठ पर्वमा मात्र नदी प्रदूषणको चर्चा गर्ने परम्परालाई तोड्दै, ‘छठ नभएको समयमा’ उठाइएको आवाजले वातावरणीय मुद्दालाई मौसमी होइन, स्थायी एजेन्डा बनाउने प्रयास गरेको देखिन्छ ।

रामवनबाट सुरु भएर वीरगंज हुँदै भारतको रक्सौलसम्म पुग्ने सिर्सिया नदी कुनै सानो खोला होइन । यो वीरगंजको ‘लाइफलाइन’ हो । यसको मृत्यु भनेको केवल पानीको अन्त्य होइन, भविष्यको स्वास्थ्य, कृषिको उर्वरता र सीमावर्ती सहअस्तित्वमाथि खतरा हो ।

यस अर्थमा, सिर्सिया बचाउन युवाहरूले थालेको यो रचनात्मक विरोध केवल अभियान होइन यो चेतावनी हो । यदि राज्य, स्थानीय तह, उद्योग र राजनीतिक नेतृत्व अझैपनि मौन बसिरह्यो भने सिर्सिया मात्र होइन, जनविश्वास पनि सुक्दै जानेछ । बोतलभित्र बन्द गरिएको यो कालो पानीले अब निर्णयकर्ताहरूको टेबल मात्र होइन, विवेक पनि हल्लाउनुपर्छ ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि