Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकार अलपत्र, किसान सक्रियः घोडेमसान सिँचाइले उठाएको गम्भीर प्रश्न !

कागजमा योजना, खेतमा अभाव: किसानको एकताले देखाएको सम्भावना, राज्यप्रति प्रश्न, भविष्यप्रति चेतावनी ! सरकारले अब कम्तीमा किसानको यस पहललाई आधार बनाएर अलपत्र आयोजना पुनः सञ्चालन गर्नुपर्छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस ३, २०८२
सरकार अलपत्र, किसान सक्रियः घोडेमसान सिँचाइले उठाएको गम्भीर प्रश्न !

संघीय सरकारको योजनामा समेटिएर करोडौँ रुपैयाँ खर्च भइसकेको घोडेमसान सिँचाइ आयोजना आठ वर्षदेखि अलपत्र अवस्थामा रहँदा, त्यसै आयोजनाबाट लाभ लिनुपर्ने किसानहरू भने आफ्‌नै बलबुतामा खेतमा पानी पुर्‍याउन सफल भएका छन् । यो घटना केवल किसानको परिश्रमको कथा होइन, राज्यको असफलता र ग्रामीण भेगमा विकासको दयनीय अवस्थाको कठोर प्रतिबिम्ब हो ।

मानव बस्तीबाट करिब २० किलोमिटर टाढा, पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र रहेको घोडेमसान खोलाबाट पानी ल्याउन जिराभवानी गाउँपालिका र ठोरी गाउँपालिकाका किसानहरू एकजुट भएका छन् । हरैया, बसन्तपुर, काठमाडौंटोल, तिनटोलिया, शान्तिनगरदेखि ठोरी–५ का गडुवालाईन, क्षेत्रीलाईन र बथेटोलसम्मका किसानहरूले संयुक्त प्रयासमा खोलामा बाँध निर्माण गरी कुलो मर्मत गरेर हिउँदे बालीका लागि सिँचाइ थालेका छन् । गहुँ, सुर्ती लगायतका बालीमा पानी पुगेपछि किसानमा केही आशा पलाएको छ ।

यो सफलतापछि गर्व गर्नु किसानको हक हो । तर, प्रश्न उठ्छ यदि किसानहरूले आफैं प्रक्रिया पूरा गरेर, जोखिम मोलेर, जंगल पस्दै सिँचाइ ल्याउन सक्छन् भने संघीय सरकार आठ वर्षसम्म किन असफल भयो ? आर्थिक वर्ष २०७३/७४ मा नेपाल सरकारले १८ करोड रुपैयाँको लागतमा घोडेमसान सिँचाइ आयोजना सुरु गर्‍यो । निकुञ्जभित्र र बाहिर कुलो निर्माण, खहरे खोलामा पक्की साइफन निर्माणजस्ता काम भए । तर योजना निरन्तरता नपाउँदा ती संरचना आज पुरिएका छन्, भत्किएका छन्, प्रयोगविहीन बनेका छन् । आयोजना कागजमा मात्रै सीमित रहँदा खेत भने सुक्खै छन् ।

यसबीच किसानहरूले निकुञ्ज प्रशासनसँग आवश्यक अनुमति लिएर, करिब ४०–५० जनाको समूह बनाएर बाँध निर्माण र कुलो मर्मत गरे । यो उदाहरणले देखाउँछ, समस्या श्रोतको होइन, इच्छाशक्ति र प्राथमिकताको हो । किसानहरूको भनाइ अनुसार घोडेमसान खोलाको पानीले मात्र करिब १५ सय बिघा जमिन सिँचाइ गर्न सकिन्छ । अझ सितलपुर खोलाको पानीसमेत व्यवस्थित रूपमा ल्याउन सके जिराभवानी र ठोरीका हजारौँ बिघा खेतमा वर्षभरि सिँचाइ सम्भव छ । पक्की बाँध र व्यवस्थित कुलो भएमा यस क्षेत्र कृषि उत्पादनको ठूलो आधार बन्न सक्छ । तर किसानको श्रम, समय र जोखिमको भरमा मात्रै यस्तो दीर्घकालीन समाधान सम्भव हुँदैन । यो काम सरकारको दायित्व हो, कृषि, सिँचाइ र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्ने राज्यको ।

घोडेमसान सिँचाइ आयोजना केवल एउटा आयोजनाको कथा होइन, यो नेपालका सयौँ अधुरा योजनाको प्रतिनिधि उदाहरण हो । योजना सुरु गर्ने, बजेट छुट्याउने, फोटो खिच्ने र त्यसपछि बिर्सिने प्रवृत्तिले ग्रामीण भेगमा विकास होइन, निराशा मात्रै जन्माएको छ । आज किसानले पानी ल्याएका छन्, तर भोलि यो संरचना टिकाउ रहन्छ कि रहँदैन ? हरेक वर्ष किसानले जंगल पस्नुपर्ने बाध्यता कति सुरक्षित र दीर्घकालीन छ ? यी प्रश्नको उत्तर किसानसँग होइन, सरकारसँग हुनुपर्छ ।

घोडेमसान सिँचाइ आयोजनाले स्पष्ट सन्देश दिएको छ, यदि सरकार चुप लाग्छ भने किसान आफैं लड्छन्, तर त्यसको मूल्य ठूलो हुन्छ । अब पनि राज्यले आँखा चिम्लिरहने हो भने यो आत्मनिर्भर प्रयास पनि थकान र निराशामा बद्लिन सक्छ । सरकारले अब कम्तीमा किसानको यस पहललाई आधार बनाएर अलपत्र आयोजना पुनः सञ्चालन गर्नुपर्छ । नत्र, ‘कृषि प्राथमिकता’ भन्ने नाराले किसानको खेतमा पानी होइन, केवल धूलो मात्र उडाउन सक्नेछ ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि