Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘अनुदानको मल’, कालोबजारी र मौन प्रशासन !

मल समातियो, प्रणाली चुक्यो : सरकारी नीति बिचौलियाको हातमा ! किसान ठगिँदै, कालोबजारी फस्टाउँदै : प्रशासन किन मौन ?

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर २८, २०८२
सरकारी अनुदानको मल कालोबजारीको पर्दाफासः किसानको लागि आएको मल विचौलियाको हातमा

पर्साको ग्रामीण भेगमा किसानका लागि सहुलियत मूल्यमा वितरण गरिनुपर्ने सरकारी अनुदानको रासायनिक मल कालोबजारी हुँदै आएको तथ्य पुनः सतहमा आएको छ । सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनबाट प्रहरीले अवैध रूपमा अन्यत्र लैजाँदै गरिएको १५ बोरा डि.ए.पी. मल नियन्त्रणमा लिनुले यो समस्या आकस्मिक होइन, नियमित र संगठित गतिविधि भएको संकेत गर्छ ।

शनिवार बिहान रातो नम्बर प्लेटको ई–लोडरमा मल लोड गरी गाउँतर्फ लैजाँदै गर्दा प्रहरीले हस्तक्षेप गर्‍यो । सरकारी अनुदानको मल भएको पुष्टि भएपछि मल जफत गरिनु सकारात्मक कदम भएपनि, सवारी साधन र चालकलाई उन्मुक्ति दिनु नै यस घटनाको सबैभन्दा गम्भीर पक्ष हो । यदि अपराध भएको पुष्टि भयो भने, अपराधको साधन र संलग्न व्यक्ति किन कारबाहीबाट बाहिर रहन्छन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।

प्रहरी चौकी महुवन र इलाका प्रहरी कार्यालय पोखरियाबाट आएका विवरणले एउटै कुरा स्पष्ट गर्छ, मल मात्रै जफत भयो, तर ओसारपसारमा प्रयोग भएको सवारी साधन र चालक नियन्त्रणमा परेनन् । यसले कानुनी प्रक्रिया कति निष्पक्ष र प्रभावकारी छ भन्ने विषयमा गम्भीर शंका पैदा गरेको छ । कानूनको नजरमा अपराध सामग्री मात्र होइन, त्यसको ओसारपसार र कारोबार गर्ने व्यक्ति पनि बराबर जिम्मेवार हुन्छन् भन्ने मान्यता यहाँ लागू नहुनु चिन्ताजनक छ ।

नेपाल सरकारले किसानलाई राहत दिन विदेशी मुलुकबाट महँगो मूल्यमा रासायनिक मल खरिद गरी कृषि सहकारीमार्फत वितरण गर्दै आएको छ । तर यही प्रणालीको दुरुपयोग गर्दै सहकारीबाट गैरकानुनी रूपमा मल निकालेर कालोबजारी गर्ने गतिविधि मौलाउँदै जानु राज्यको अनुगमन संयन्त्र कमजोर भएको प्रमाण हो । अझ, स्थानीय किसानहरूले कारोबारीहरूले प्रहरी चौकीमै पुगेर दबाब दिएको दाबी गर्नुले कालोबजारी र प्रशासनबीचको दूरी कति साँघुरो छ भन्ने प्रश्न उठाउँछ ।

मल समातिएको खबर फैलिएपछि चौकीमा हल्लीखल्ली हुनु र अन्ततः मल मात्र जफत गरी चालक र सवारी साधनलाई छोडिनु सामान्य प्रशासनिक निर्णय होइन । यसले कारबाही चयनात्मक भयो कि भन्ने आशंका बलियो बनाएको छ । यदि यस्ता घटनामा कडा र उदाहरणीय कारबाही नहुने हो भने, कालोबजारी गर्नेहरूलाई यसले थप हौसला दिने मात्र होइन, किसानलाई लक्षित सरकारी नीति नै मजाक बन्न पुग्छ ।

यो प्रकरणले पर्साको ग्रामीण क्षेत्रमा सरकारी अनुदानको मल कसरी किसानसम्म पुग्नुअघि नै बिचौलियाको हातमा पर्ने गर्छ भन्ने कटु यथार्थ उजागर गरेको छ । अब प्रश्न मल जफतमा सीमित हुनु हुँदैन । प्रश्न हो, कसको संरक्षणमा यो कालोबजारी भइरहेको छ र किन दोषीहरू बारम्बार उम्किरहेका छन् ? निष्पक्ष छानबिन, संलग्न सबैमाथि समान कारबाही र सहकारी वितरण प्रणालीमा कडा अनुगमन नगरेसम्म किसानका नाममा आएको अनुदान कालोबजारमै हराइरहनेछ ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि