Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पतालको बिग्रँदो अनुशासन र सिडिओको छड्के निरीक्षणले देखाएको कठोर सत्य !

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर १८, २०८२
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालले मंलवार नारायणी अस्पतालमा गरेको आकस्मिक अनुगमन कुनै साधारण औपचारिकता थिएन । यो अस्पताल प्रशासनका गम्भिर कमजोरी, चिकित्साकर्मीहरूको लापरबाही र वर्षौंदेखि सेवाग्राहीले भोग्दै आएको अन्यायको प्रत्यक्ष प्रत्याभूति थियो ।

नारायणी अस्पताल देशका प्रमुख सरकारी स्वास्थ्य केन्द्रमध्ये पर्छ । तर, पछिल्लो दिनहरुमा यहाँको ओपिडी ढिलो खुल्ने, चिकित्सक तोकिएको समयमै नआउने, कार्यालय समयअघि नै भाग्ने, सरसफाइ बिग्रँदै जाने, शौचालय दुर्गन्धले भरिने जस्ता समस्या सर्वसाधारणका लागि ‘नयाँ’ होइन । केवल फरक के हो भने, यसपटक राज्यका सर्वोच्च स्थानीय कार्यकारी अधिकारी आफैँ घटनास्थलमा पुगे ।

सिडिओ टोलीले आधा घण्टाभित्र गरेको निरीक्षणले जुन तथ्य उजागर गर्‍यो, त्यसले अस्पताल प्रशासनको पहाडजत्तिक कमजोरीलाई नांगै पारिदियो । समयमै चिकित्सक नआउने, तोकिएको सेवा समयमै ओपिडी छाडेर हिँड्ने प्रवृत्ति, सरसफाइप्रति लापरबाही, शौचालयको फोहरी अवस्था जस्ता समस्या कुनै स्वास्थ्य संस्थामा स्वीकार्य हुनै सक्दैनन्, खासगरी जीवन र मृत्युको संवेदनशील मोडमा पुग्ने बिरामीहरूको केन्द्रमा त झन् होइन ।

सेवाग्राहीहरूले यिनै समस्याका कारण लामो समयदेखि भोगिरहेको पीडा सिडिओको अनुगमनले अझ पुष्टि गरिदिएको हो । स्वास्थ्य सेवा पेशा मात्र जागिर होइन, यो नैतिकता, मानवीयता र जिम्मेवारीको संयोजन हो । ओपिडी सेवामा ढिलाइ हुनु भनेको बिरामीलाई दुःख दिनु मात्र होइन, कतिपय अवस्थामा जीवन जोखिममा पार्नु हो । तोकिएको समयमै नआउने, सेवा आधामै छाडेर हिँड्ने, बिरामीसँग अभद्र व्यवहार गर्ने यी सबै पेशागत दायित्वको प्रत्यक्ष उल्लंघन हुन् । सिडिओको अनुगमनले देखिएको यि समस्या कुनै नयाँ समस्या पनि होइन, तर उपल्लो तहको अधिकारीको आँखा पर्न नसकेको मात्रै हो ।

अनुगमनको क्रममा देखिएको कमि कमजोरी र लापरवाहीलाई सच्याउनको लागि सिडिओ दाहालले दिएको निर्देशनले केही सुधार आउँछ कि भन्ने आशा पलाएको छ । सिडिओले अनुगनको क्रममा अस्पतालमा अनिवार्य हाजिर, तोकिएको समयसम्म ओपिडी खुला, तत्काल सरसफाइ सुधार, बिरामीसँग नम्र व्यवहार । यि निर्देशनहरु पनि अस्पतालको लागि कुनै नयाँ निर्देशन होइन, पहिलापनि यस्ता निर्देशन र चेतावनी पनि दिइएकै हो तर नारायणी अस्पताल प्रशासनले गरेको वेवास्ता मात्रै हो । यि कमि कमजोरी र लापरवाहीलाई सच्याउन कुनै अधिकारीले निर्देशन दिनुपर्ने कुरै होइन, यी त अस्पताल सञ्चालनका आधारभूत मान्यता हुन्, जुन पालन नगर्नु आफैंमा प्रशासनिक असफलता हो ।

अनुगमन पश्चात अस्पतालमा देखिएको समस्यालाई सुधार्न अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डा. चित्तरन्जन साहले प्रतिबद्धता जनाएका छन्, जुन सकारात्मक संकेत हो । तर, सूचना अधिकारीले दिएको ‘टोकन सकिएपछि चिकित्सक कार्यकक्ष जान सक्छन्‌’ भन्ने स्पष्टीकरण समस्याको जरो प्रष्ट्याउने भन्दा पनि उसको परिधि मात्र हल्का छोप्ने प्रयासजस्तो देखिन्छ । अस्पताल सीधै बिरामीको पीडासँग सम्बन्धित संस्था हो यहाँ औपचारिक स्पष्टीकरणले होइन, व्यवहारिक सुधारले मात्र सन्तोष दिन सक्छ ।

सेवामा बेथिति, अकर्मण्यता र जिम्मेवार निकायको मौनता जस्ता गतिविधिले गर्दा पछिल्लो समय नारायणी अस्पतालप्रति स्थानीयको असन्तुष्टि बढ्दै गएको छ । एम्बुलेन्सदेखि वडासम्मको गैरव्यवस्था, चिनेका बिरामीलाई प्राथमिकता, ओपिडीमा ढिलाइ, चिकित्सकहरूको ‘Mood based Service’ सेवा अर्थात मुड अनुसार सेवा दिने प्रवित्तिले सरकारी स्वास्थ्य संस्थाको विश्वसनीयता निकै घटाएको छ ।

सिडिओको आकस्मिक निरीक्षणले यसमा हल्का कम्पन ल्याएको छ । तर, एकपटकको छड्के अनुगमनले मात्र प्रणालीगत समस्या समाधान हुँदैन । स्थायी सुधारका लागि कडा कदम आवश्यक छ । नारायणी अस्पतालजस्तो भीडभाडयुक्त सरकारी स्वास्थ्य केन्द्रमा सुधारका लागि चिकित्सक र कर्मचारीको बायोमेट्रिक हाजिर अनिवार्य, ओपिडी समय उल्लंघन गर्दा तत्काल कारबाही, सरसफाइ व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता, बिरामी गुनासो व्यवस्थापन सेल सक्रिय जस्ता कार्यहरु तत्काल लागु गर्न आवश्यक छ ।

राज्यले ठूलो बजेट खर्चेर सञ्चालन गरेको अस्पताल यस्तो अव्यवस्थित अवस्थामा रहिरहनु राष्ट्रको स्वास्थ्य संरचनामाथिको ठट्टा हो । सिडिओको कदमले आशा जगाएको छ, तर निरन्तरता नै निर्णायक हुनेछ । सिडिओ भोला दाहालको अनुगमनले स्थानीयमा आशा जगाएको छ, कम्तिमा राज्यको आँखा अब अस्पतालमाथि पुगेको छ । तर, वास्तविक सुधार त्यतिबेला मात्र देखिन्छ जब चिकित्सक समयमा हाजिर हुन्छन्, ओपिडी समयमै खुल्छ, शौचालय सुगन्धित हुन्छ र बिरामीलाई सेवाभन्दा बढी ‘मानव’ का रूपमा सम्मान गरिन्छ । नारायणी अस्पतालले अब ‘सुधार’ भन्ने शब्दलाई कागज होइन, व्यवहारमा उतार्ने समय आएको छ ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि