Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘युट्युबरको आतङ्क’ होइन, शिक्षामा राज्यको उत्तरदायित्व चाहिन्छ

विद्यालय कुनै मनोरञ्जन केन्द्र होइन, जहाँ जसरी पनि क्यामरा घुसाएर सामग्री बनाइयोस् । विशेषगरी बालविकास कक्षामा अनुमति नलिएर प्रवेश गर्ने, बालबालिकालाई अस्वाभाविक प्रश्न तेर्स्याएर उनीहरूको असहजतालाई ‘भाइरल कन्टेन्ट’ बनाउने प्रवृत्ति न केवल अनैतिक छ, बाल मनोविज्ञानमै खलल पुर्‍याउने कार्य हो ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर ८, २०८२
‘युट्युबरको आतङ्क’ होइन, शिक्षामा राज्यको उत्तरदायित्व चाहिन्छ

पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा पछिल्लो समय देखा परेको अर्को ‘नयाँ समस्या’ भनेको युट्युबर, टिकटककर्ता र फेसबुक प्रयोगकर्ताको अनियन्त्रित प्रवेश हो । शिक्षा क्षेत्र पहिलेदेखिकै संरचनागत अभाव, जनशक्ति कमी र व्यवस्थापन समस्याले थिलथिलो छँदैछ, माथिबाट सूचना संकलनको नाममा गरिएको अव्यावसायिक स्टन्टबाजीले शैक्षिक वातावरणलाई थप धमिलो बनाइदिएको छ । मुद्दा ‘पत्रकारिता’ होइन मुद्दा बालमैत्री वातावरण, गोपनीयता, पेशागत जिम्मेवारी र राज्यको नियमन हो ।

विद्यालय कुनै मनोरञ्जन केन्द्र होइन, जहाँ जसरी पनि क्यामरा घुसाएर सामग्री बनाइयोस् । विशेषगरी बालविकास कक्षामा अनुमति नलिएर प्रवेश गर्ने, बालबालिकालाई अस्वाभाविक प्रश्न तेर्स्याएर उनीहरूको असहजतालाई ‘भाइरल कन्टेन्ट’ बनाउने प्रवृत्ति न केवल अनैतिक छ, बाल मनोविज्ञानमै खलल पुर्‍याउने कार्य हो । शिक्षकहरुले बारम्बार आग्रह गरेझैँ, विद्यालयले समाचार संकलनलाई रोक्ने होइन तर समन्वय, समय निर्धारण र गोपनीयताको न्यूनतम मर्यादा तोड्दै गरिने ‘स्टन्ट पत्रकारिता’ शिक्षा क्षेत्रको हितमा कहिल्यै हुन सक्दैन ।

यथार्थ के हो भने, युट्युबरहरूको क्यामराले देखेका ‘सस्तो सामग्री’ भन्दा पनि विद्यालयका गम्भीर समस्या धेरै गहिरा छन् । छात्रामैत्री शौचालयको अभाव, सुरक्षित रूपमा सेनेटरी प्याड फेर्न नसक्ने वातावरण, कक्षाकोठा र फर्निचरको कमी, खेलकूद मैदानको व्यवस्थित अभाव यी प्रश्नहरू वर्षौदेखि अलपत्र छन् । विद्यार्थीमात्र होइन, शिक्षकहरू समेत नियमितता, व्यवस्थापन र अनुशासनका चुनौतीसँग जुधिरहेका छन् । यत्ति हुँदा हुँदा पनि पालिकादेखि केन्द्रसम्मका जिम्मेवार निकाय मौनजन्य छविमा सीमित देखिनु आफैँमा चिन्ताको विषय हो ।

उता, रिपोर्टिङका नाममा ‘सामुदायिक विद्यालय मात्र बिग्रिएको’ जस्तो एकतर्फी प्रस्तुतीले शिक्षा क्षेत्रमा झनै विभाजन गहिर्याइरहेको छ । संस्थागत विद्यालयहरूमा समेत लाइसेन्स नभएका शिक्षकले अध्यापन गरिरहेको तथ्य नदेखेर समुदायिक विद्यालयलाई मात्र दोषारोपण गर्नु निष्पक्ष पत्रकारिताको शैली होइन । पत्रकारिताले समस्या उठाउनुपर्छ, तर समस्यालाई ‘मनोरञ्जन सामग्री’ मा रूपान्तरण गर्ने अधिकार कसैलाई छैन ।

यस सन्दर्भमा, अभिभावक र सरोकारवालाले उठाएको माग अत्यन्त व्यावहारिक छ । विद्यालयहरूमा अनियमितता रोकिन सरकारको जिम्मेवार अनुगमन आवश्यक छ । पालिकाहरूले शिक्षाविद्सहितको विज्ञ टोली बनाएर सामुदायिक तथा संस्थागत दुवै विद्यालयको नियमित अनुगमन गरेमा मात्र वास्तविक सुधार सुरु हुन्छ । अनियन्त्रित क्यामराभन्दा बढी आवश्यक छ व्यवस्थित निरीक्षण, पारदर्शिता र उत्तरदायित्व ।

तराई–मधेस मात्र होइन, देशभरका सामुदायिक विद्यालयहरू आज परिवर्तनको बाटो खोजिरहेका छन् । यस बिन्दुमा राज्य, स्थानीय सरकार, अभिभावक, शिक्षक र जिम्मेवार सञ्चारमाध्यम सबैले आफू–आफ्नो भूमिका स्पष्टसँग सम्झन जरुरी छ । विद्यालय शिक्षा सुधारको केन्द्रबिन्दु हो, यसलाई ‘भाइरल सामग्री’ को प्रयोगशाला बन्न दिने हो भने भविष्यको पुस्ता मानसिक, सामाजिक र शैक्षिक रूपमा कमजोर हुनेछ । अतः, समाधान युट्युबर रोक्ने होइन शिक्षामा राज्यको उपस्थिति, निगरानी र उत्तरदायित्व बलियो बनाउने हो ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि