Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुक्खा नहर, आकाशे पानीे पर्खदै किसान, पर्सामा ७.५३ प्रतिशत मात्रै धान रोपाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १६, २०८०
सुक्खा नहर, आकाशे पानीे पर्खदै किसान, पर्सामा ७.५३ प्रतिशत मात्रै धान रोपाई

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १६ असार । लामो समयदेखिको खडेरीले गर्दा अकाशे पानीको पखाईमा पर्साका किसानहरु धान रोप्न सकेका छैनन् । केही किसानहरु पम्पिङ्ग सेट (बोरिङ्ग) प्रयोग गरि धान रोपाई गरि रहेका छन् भने पम्पिङ्गसेट नभएका किसानहरु अहिलेपनि आकाशे पानी तथा नहरको पानीलाई पर्खि रहेका छन् । अहिलेसम्म ९० प्रतिशत भन्दा बढि खेत खाली छ । पानी अभावले धानको बीउ पनि उम्रिन सकेको छैन । चर्को घामले गर्दा खेतको माटो फाट्न थालेको छ भने वीउ घामले जल्न थालेको छ ।

धान रोप्ने बेलामा नहरमा पानी नआएकोले बीउ समेत लगाउन नपाएको किसानहरुको गुनासो छ । जसोतसो पम्पिङ्ग सेटको सहाराले धानको बीउ लगाएपनि घामले जलिसकेकोले धानबाली लगाउन समस्या भएको किसानहरुको भनाई छ । नहरको पानी यहाँका किसानहरुले कुनै वर्ष पनि प्रयोग गर्न पाएका छैनन् । जहिले पनि पानीको आवश्यकता पर्दा नहर सुक्खा रहन्छ भने आकाशे पानी परेपछि मात्रै नहरमा खचाखच पानी आउँछ, र त्यो पानी व्यवस्थित हुन नसक्दा भर्खरै लगाइएको धानबालीमा पसेर बालीनालीलाई सखाप पार्छ ।

विगतमा नहरमा पानी आउँदा आकाशे पानी समयमा परोस् या नपरोस्, खेतीपाती राम्रै हुन्थ्यो तर अहिले नहरमा पानी नआउने गरेको कारण प्रत्येक वर्ष किसानहरु पानी अभाव समस्या झेल्नु परेको किसानहरुको गुनासो छ । आकाशे पानीको भरमा कहिलेसम्म सिंचाइ गर्ने ? दिनप्रतिदिन बढ्दो सहरीकरणले गर्दा प्राकृत्तिले पनि साथ दिन छोेड्यो, समयमा पानी परि रहेको छैन, अब त नहरको पानीमै निर्भर हुने हो भन्दै किसानहरुले सरकारको गलत नीतिका कारण पनि समयमा नहरमा पानी नआउने गरेको उनीहरुको गुनासो छ ।भारतको त्रिवेणी भैसालोटन स्थित निर्माण गरिएको नारायणी नदीको व्यारेजबाट ९२ किलोमिटर भारतीय नहर हुँदै दोन शाखा नहरबाट पर्साको जानकीटोला, इनर्वा हुँदै पर्सा, बारा तथा रौतहट जिल्लामा रहेको ३७ हजार ४ सय हेक्टर खेतमा सिंचाईको लागि पानी आउने गरेको छ । सधैं भारतीय पक्षले छोड्दै आएको पानी यस वर्ष हालसम्म नछाडेको कारण पर्साका किसानहरु धान रोप्न पाएका छैनन् ।

नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगंजका सूचना अधिकारी सुरेश प्रसाद साहले प्रत्येक वर्ष झै यस वर्ष पनि असार १५ गते रातिबाट नहरमा पानी छाडिने बताए । उनले भारत तर्फ नहरको संरचनामा केही समस्या रहेको भन्दै भारतीय पक्षले तत्कालको लागि असार १५ गते राति १२ बजेदेखि २०० क्यूसेक पानी छाड्ने बताए । भारत तथा नेपालमा निर्माण भएको नहरको आयू ५० वर्ष पुरा भई सकेकोले एकैपटक पानी छाड्न नसकिने भन्दै विस्तारै पानीको बहावलाई बढाउँदै सम्झौता अनुसार एक हप्ताभित्र ८५० क्यूसेक पानी नहरमा छाडिने उनको भनाई छ । उनले भने ‘भारत तथा नेपालको दुबै तर्फ नहरको संरचनाहरु कमजोर भईसकेको छ, दोन शाखा नहरको २२० आर.डि. भन्ने ठाउँमा लिकेजको समस्या देखिएकोले पहिलो पटक २०० क्यूसेक पानी छाड्ने कुरा भएको छ, एक हप्ताभित्र सम्झौता अनुसारको पानी नहरमा आउँछ र सबै किसानहरुले त्यो पानीलाई प्रयोग गर्न पाउँछन् ।’

विगतमा पनि असार १५ गतेपछि नै नहरमा पानी छाड्ने गरिएको छ र यस वर्ष पनि नेपाल भारतका सहकार्यमा शुक्रबार राति १२ बजेदेखि पानी छाड्ने भनिएको उनको भनाई छ । यसवर्ष मौसमले पनि साथ नदिएको कारण धान रोपाई हुन नसकेको भन्दै सूचना अधिकारी साहले अहिलेसम्म अधिकाँश ठाउँमा धान रोपाईको काम भइसक्नुपर्ने हो, तर आकाशे पानी नपरेको कारण धान रोपाइ हुन नसकेको बताए । अब असार १६ गतेदेखि नहरमा नियमित पानी आउने उनको भनाई छ ।

दोनशाखा नहरबाट पाउने पानीले पर्सा र बाराको सिंचाइमा मात्रै प्रयोग हुन सक्ने अवस्था छ, यस पानीले रौतहटमा पुग्दैन, रौतहटको लागि बारा जिल्लाको जमुनी नदीमा ब्यारेज निर्माणको कार्य अन्तिम चरणमा छ, त्यहाँबाट सिंचाइको व्यवस्थापन गरिने उनले बताए । नारायणी नदीमा निर्माण गरिएको ब्यारेजबाट ९२ किलोमिटर भारतीय भूमि हुँदै पर्सा, बारा र रौतहटको किसानको लागि नहरमा पानी आउने गरेको छ । आफ्नै पानीको लागि भारतीय पक्षसँग निर्भर हुनुपर्ने अवस्था छ । नहरमा समयमा पानी नआएको कारण यहाँका किसानहरु सधैं मर्कामा पर्ने गरेको स्वीकार्दै पर्सा, बारा हुँदै बग्ने नदीको पानीलाई पनि प्रयोग गर्न सकिए यहाँका किसानहरुको सिंचाइको लागि पानीको अभाव कहिलेपनि नहुने उनको भनाई छ ।

उनका अनुसार हाम्रै नेपालको पर्सा, बारामा बग्ने खोलाको पानीलाई स्टक गरेर नहरमा राखी चाहेको बखत छाड्न सके यो समस्या दीर्घकालीन समाधान हुने थियो । उनले ओरिया खोलाको पानी, तिलावे खोलाको पानी, सिक्टा नदी, जमुनी नदी, बंगरी नदी, दुधौरा नदी लगयातको नदीको पानीलाई व्यारेज निर्माण गरेर राख्न सकिए चाहेको बखत प्रयोग गर्न सकिए, सिंचाइको लागि पानीको समस्या समाधान हुने उनको भनाई छ । यो योजना तर्फ नेपाल सरकार अग्रसर रहेको बताए । अहिले तिलावे नदी, सिक्टा नदी, जमुनी नदीमा ब्यारेज निर्माणको कार्य तिब्र गतिमा भई रहेको छ, आगामी ५ वर्ष भित्र नहरमा आफ्नै नदीको पानीले सिंचाई हुने सूचना अधिकारी साहको भनाई छ ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुन्नीलाल प्रसादले पानी अभावको कारण पर्सामा धान रोपाई हुन नसकेको बताए । उनले असार १५ गतेसम्म पर्सामा ७.५३ प्रतिशत मात्रै धान रोपाई भएको बताए । असार १५ गतेसम्म कम्तिमा ८५ देखि ९० प्रतिशत धान रोपाई भईसक्नुपर्नेमा आकाशे पानी नपरेको र नहरमा पानी नआएको कारण धान रोपाई हुन नसकेको बताए । पर्सामा खेतीयोग्य जमिन ५४ हजार ७३२ हेक्टर रहेकोमा ४७ हजार १३० हेक्टरमा धान खोती हुने गरेको छ, जसमा ७.५३ प्रतिशत मात्रै धान रोपाई हुन सकेको कार्यालय प्रमुख मुन्नीलाल प्रसादले जानकारी दिए । बोरिङ्गको साहाराले ३ हजार ५५० हेक्टरमा चैते धान रोपाई भएको छ भने बोरिङ्गकै सहाराले ५५ हेक्टर जति वर्षे धान रोपाई भएको उनको भनाई छ ।

खास गरेर पर्साबासीहरु नहरको पानीमा निर्भर रहेको कारण प्रत्येक वर्ष समयमा पानी नआउँदा किसानहरु मर्कामा पर्ने गरेका छन् । नेपाल भारत सीमाक्षेत्र जानकीटोलादेखि रौतहटसम्म १ देखि १५ नम्बरसम्म ब्लक छुट्याई नहरमा पानी छाड्ने गरिएको छ । बारा, पर्सामा १ देखि १० नम्बर ब्लकसम्म नहर रहेको छ भने ११ देखि १५ ब्लक नम्बरको नहर रौतहट जिल्लामा पर्ने गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि