Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अखाद्य सामाग्री रि–प्याकिङ्ग गर्ने तीनजना फरार संचालकहरु अझै पक्राउ परेनन्

घटनालाई सामसुम पार्न करोडौं रकमको चलखेल, संचालकहरुलाई पक्राउ गर्न प्रहरीको आनाकानी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १७, २०७९
अखाद्य सामाग्री रि–प्याकिङ्ग गर्ने तीनजना फरार संचालकहरु अझै पक्राउ परेनन्

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १७ चैत / वीरगंजको पावरहाउस चोक स्थित म्याद सकिएको खाद्यान्न सामाग्री पुनः रि–प्याकिङ्ग गर्ने उद्योगका तीनजना फरार संचालकहरु हालसम्म पक्राउ परेका छैनन् । गत चैत १४ गते विशेष सूचनाको आधारमा पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीको नेतृत्वमा गएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १३ श्रीपुर स्थितबाट दुईवटा फर्मको खाद्यान्न सामाग्रीको गोदाममा छापामारी गरि अन्दाजी २७ हजार किलो भन्दा बढि म्याद सकिएको खाद्यान्न सामाग्री बरामद गर्नुको साथै ३ जना कर्मचारीलाई पक्राउ गरेको थियो भने संचालकहरु फरार रहेका थिए ।
‘फुडको नेपाल क्रोप प्रा.लि.’ ले बाहिरबाट विभिन्न ब्राण्डका म्याद सकिएका खाद्यान्न सामाग्रीहरु बजारबाट संकलन गरेर ल्याउने र त्यही कम्पाउण्ड भित्र रहेको ‘स्नेक एण्ड प्याक’ उद्योगले म्याद सकिएको खाद्यान्न सामाग्रीलाई रि–प्याकिङ्ग गरि नयाँ लेबल टाँसी बजारमा विक्री वितरण गर्ने गरेको पाइएको थियो । दुईवटै उद्योगको संचालक वीरगंज महानगरपालिका वडा नं. ७ निवासी संजय अग्रवाल, सोही ठाउँ निवासी विद्या कुमारी सरावगी एवं भरतपुर – ३ चितवन निवासी संतोष कुमार अग्रवाल छन् ।
खाद्यान्न उद्योगमा छापामारी पश्चात तिनै जना संचालक फरार छन् । तीनैजना संचालकहरुमध्ये संजय अग्रवाल र विद्या कुमारी सरावगी वीरगंजकै हुन् भने सन्तोष कुमार अग्रवाल चितवन निवासी हुन् । फरार संचालकहरुमध्ये विद्या कुमारी सरावगी वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीको आफन्त रहेको कारण पक्राउ नगरिएको बताइएको छ । संचालक तिनैजना वीरगंजमै रहेपनि प्रहरीले पक्राउ गर्न सकेको छैन । यो घटनालाई सामसुम पार्न वीरगंजका बरिष्ठ भनाउने केही पत्रकारले जिम्मा लिएको बताइएको छ । बिजय सरावगी तत्कालीन मेयर हुँदा बखत देखि नै नजिक रहेका ति पत्रकारहरुले यस घटनालाई सामसुम पार्न जिम्मा लिएको र प्रहरीसँग सेटिङ भइसकेको कारण प्रहरीले संचालकहरुलाई पक्राउ गर्न आनाकानी गरि रहेको बताइएको छ । घटनालाई सामसुम पार्नको लागि ठूलै रकमको चलखेल भइरहेको श्रोतले बताएको छ । उक्त उद्योगले ड्राइफुड र मसला पदार्थ प्याकिङ्ग गर्न घरेलु तथा साना उद्योग कार्यालयबाट अनुमति लिई म्याद सकिएको खाद्यान्न सामाग्री रि–प्याकिङ्ग गरि नयाँ मितिको लेबल टाँसी विक्री वितरण गर्ने गरेको पाइएको थियो । ति दुबै फर्मको गोदाम किचेनमा प्रयोग गरिने सम्पूर्ण मसला, सस, मह, च्वकलेट, सेम्पु, सेवई, स्नेक, विस्कुट, जिरा, गरम मसाला, विभिन्न मिठाई फ्लेबरका पाउडर लगायतका खाद्यान्न सामाग्रीहरु बरामद भएको थियो ।
म्याद सकिएको खाद्यान्न सामाग्री बजारबाट संकलन गरि लेबल प्रिन्ट गरि पुनः रि–प्याकिङ्ग गर्ने गरेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो । छापामारीको क्रममा उपभोक्ताले प्रयोग गर्ने किचेनका सम्पूर्ण सामानहरु एवं बच्चाहरुले खाने विभिन्न ब्राण्डका च्वकलेट म्याद सकिएर पुनः रि–प्याकिङ्ग गर्ने गरिएको अवस्थामा बरामद भएको थियो । वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय सहितको टोलीले उद्योगमा छापामारी गरेको थियो ।
यसबारे प्रहरी उपरीक्षक कोमल शाहले फरार संचालकहरुको खोजी कार्य भइरहेको जानकारी दिए । उक्त घटनामा संलग्न विरुद्धको मुद्दामा थप अनुसन्धान भइरहेको भन्दै आज पनि संचालकहरुलाई सम्पर्क ल्याउन खोजिएको तर सम्पर्क विहीन रहेको कारण पक्राउ गर्न नसकेको बताए । बरामद भएको खाद्यान्नको पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि