Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

केन्द्रीय सदस्यको मधेसी खुला समूहबाट पर्साका अनिल कुमार रुंगटा र अशर्फी साह निर्वाचित भएका छन् । सोही समूहमा प्रतिस्पर्धा गरेका रामरुप प्रसाद कुर्मीले भने सफलता हासिल गर्न सकेनन् । उनी यसअघि विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १, २०८३
कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

वीरगंज (पर्सा), ३१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा पुगेका छन् । केन्द्रीय सदस्यमा चार जना निर्वाचित हुँदा सहमहामन्त्रीमा पर्साकै अजय चौरसिया विजयी भएका छन् । तर, सहमहामन्त्री पदमा उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद चौधरी र केन्द्रीय सदस्यका प्रत्याशी रामरुप प्रसाद कुर्मी भने पराजित भएका छन् ।

केन्द्रीय सदस्यको मधेसी खुला समूहबाट पर्साका अनिल कुमार रुंगटा र अशर्फी साह निर्वाचित भएका छन् । सोही समूहमा प्रतिस्पर्धा गरेका रामरुप प्रसाद कुर्मीले भने सफलता हासिल गर्न सकेनन् । उनी यसअघि विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।

त्यसैगरी, खस आर्य कोटाबाट नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मुस्लिम महिला कोटाबाट जमिला खातुन पनि केन्द्रीय कार्यसमितिमा पुग्न सफल भएकी छन् । पर्साका नेता अजय चौरसियाले सहमहामन्त्रीको मधेसी समूहबाट जित हासिल गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका चौरसियाको विजयसँगै पर्साले पार्टीको केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व पाएको छ ।

यता, सहमहामन्त्रीको थारु कोटाबाट उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद चौधरी भने पराजित भएका छन् । उनी पनि यसअघि विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए । महाधिवेशनको नतिजासँगै पर्साबाट रुंगटा, साह, क्षेत्री र खातुन केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने चौरसिया सहमहामन्त्री बनेका छन् ।

यसरी जिल्लाले केन्द्रीय कार्यसमितिमा पाँच जना प्रतिनिधि पाउँदा दुई उम्मेदवारले भने पराजय बेहोरेका छन् । पर्साका नेताहरूको यो नतिजाले कांग्रेसको केन्द्रीय नेतृत्वमा जिल्लाको प्रतिनिधित्व पाँच जनामा पुगेको छ ।

Tags: नेपाली कांग्रेसको १५औँ महाधिवेशन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कार्तिक १, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

कार्तिक १, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

कार्तिक १, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

कार्तिक १, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि