Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फुड्को नेपाल प्रा.लि. उद्योगमा प्रहरीको छापा, ठूलो परिमाणमा म्याद सकिएको खाद्यान्न सामाग्री बरामद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १४, २०७९
फुड्को नेपाल प्रा.लि. उद्योगमा प्रहरीको छापा, ठूलो परिमाणमा म्याद सकिएको खाद्यान्न सामाग्री बरामद

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १४ चैत / पर्सा प्रहरीले ठृुलो परिमाणमा म्याद सकिएको खाद्यान्न सामाग्री बरामद गरेको छ । विशेष सूचनाको आधारमा पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीको नेतृत्वमा गएको टोलीले वीरगंज महानगरपालिका वडा नं. २ पावरहाउस चोक स्थित एकै स्थानमा रहेको दुईवटा फर्मको खाद्यान्न सामाग्रीको गोदाममा छापामारी गरि अन्दाजी २७ हजार किलो भन्दा बढि म्याद सकिएको खाद्यान्न सामाग्री बरामद गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं. १३ श्रीपुर स्थित श्रवण कुमार रुङ्गटाको घरमा संचालन रहेको दुईवटा फर्मले म्याद सकिएको सामान विभिन्न ठाउँबाट ल्याउने र रि–प्याकिङ्ग गरि नयाँ मितिकिो लेबल टाँसेर बजारमा विक्री वितरण गर्ने उद्योगमा प्रहरीले छापामारी गरेको हो । वीरगंज महानगरपालिका वडा नं. २ स्थित ठेगाना देखाई ड्राइफुड र मसला पदार्थ प्याकिङ्ग गर्न घरेलु तथा साना उद्योग कार्यालयबाट अनुमति म्याद सकिएको खाद्यान्न सामाग्री रि–प्याकिङ्ग गरि नयाँ मितिको लेबल टाँसी विक्री वितरण गर्ने गरेको पाइएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनका अनुसार फुडको नेपाल क्रोप प्रा.लि.ले बाहिरबाट विभिन्न ब्राण्डका म्याद सकिएका खाद्यान्न सामाग्रीहरु ख्रिद गरेर ल्याउने र त्यही कम्पाउण्ड भित्र रहेको स्नेक एण्ड प्याक उद्योगले म्याद सकिएको खाद्यान्न सामाग्रीलाई रि–प्याकिङ्ग गरि नयाँ लेबल टाँसी बजारमा विक्री वितरण गर्ने गरेको पाइएको बताए । दुईवटै उद्योगको संचालक वीरगंज महानगरपालिका वडा नं. ७ निवासी संजय अग्रवाल, सोही ठाउँ निवासी विद्या कुमारी सरावगी एवं भरतपुर – ३ चितवन निवासी संतोष कुमार अग्रवाल रहेका छन् ।
फुडको नेपाल क्रोप प्रा.लि. एवं स्नेक एण्ड प्याक इन्डस्ट्रिजको गोदामबाट प्रहरीले २७ हजार किलो भन्दा बढि म्याद सकिएको खाद्यान्न सामाग्री फेला परेको हो । ति दुबै फर्मको गोदाम किचेनमा प्रयोग गरिने सम्पूर्ण मसला, सस, मह, च्वकलेट, सेम्पु, सेवई, स्नेक, विस्कुट, जिरा, गरम मसाला, विभिन्न मिठाई फ्लेबरका पाउडर लगायतका खाद्यान्न सामाग्रीहरु बरामद भएको हो ।
म्याद सकिएको खाद्यान्न सामाग्री बजारबाट संकलन गरि लेबल प्रिन्ट गरि पुनः रि–प्याकिङ्ग गर्ने गरेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको हो । छापामारीको क्रममा उपभोक्ताले प्रयोग गर्ने किचेनका सम्पूर्ण सामानहरु एवं बच्चाहरुले खाने विभिन्न ब्राण्डका च्वकलेट म्याद सकिएर पुनः रि–प्याकिङ्ग गर्ने गरिएको अवस्थामा बरामद गरिएको प्रहरी नायब उपरीक्षक गिरीको भनाई छ । वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय सहितको टोलीले उद्योगमा छापामारी गरेको हो । छापामारीको क्रममा संचालकहरु तीनैजना सम्पर्क विहीन रहेका छन् भने उद्योगमा कार्यरत तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उद्योगमा कार्यरत वीरगंज महानगरपालिका वडा नं. १३ निवासी ३२ वर्षीय मनिष कुमार चौधरी, वडा नं. ७ निवासी २३ वर्षीय आयुष अग्र्रवाल, वडा नं. १४ निवासी ३८ वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
छापामारी पश्चात प्रहरीले दुबै फर्ममा शिल लगाएको छ भने म्याद सकिएको केही खाद्यान्न सामाग्री थप अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ । उद्योगको गोदाममा म्याद सकिएको सामाग्रीहरु राखिने ठाउँ भनेर प्रष्ट नै लेखेर राखेको छ भने त्यही सामानहरुलाई रि–प्याकिङ्ग गरि नयाँ मितिको लेबल टाँस्ने कार्य गरिएको अवस्थामा रङ्गेहात फेला परेको हो । प्रहरीले नयाँ लेबल प्रिन्ट गर्ने मेशिन समेत नियन्त्रणमा लिएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि