Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कांग्रेसका बुथसभापति कोइरीले गरे जसपामा प्रवेश, प्रदीप यादवले गरे स्वागत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ६, २०७९
कांग्रेसका बुथसभापति कोइरीले गरे जसपामा प्रवेश, प्रदीप यादवले गरे स्वागत

वीरगंज (पर्सा), ६ कात्तिक / पर्सा क्षेत्र नम्बर १ मा काँग्रेस नेतृत्वको सत्तागठबन्धनलाई ठूलो झट्का लागेको छ । क्षेत्र नम्बर १ अन्तर्गत नै पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु sसामूहिक रुपमै पार्टी परित्याग गरि जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । वडा नम्बर १२ का काँग्रेसका बुथ सभापति वीरेन्द्र महतो कोइरीको नेतृत्वमा काँग्रेसका ४५ जना नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।
शनिबार वीरगञ्ज-१२ मुर्लीमा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले कुशवाहा सहितका नेता कार्यकर्तालाई अबीर टिका र गम्छा लगाएर पार्टीमा स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै काँग्रेस छाडेर जसपामा प्रवेश गरेका कुशवाहाले पर्सा-१ मा काँग्रेस नेतृत्व विहीन भएको कारण आफुहरुले काँग्रेस छाडेर जसपामा प्रवेश गरेको बताए । उनले काँग्रेसको नीति, सिद्धान्त र निर्णय विपरित पूर्व जिल्ला सभापति अजय द्विवेदीले बागी उम्मेदवारी दिएको र उनको पक्षमा क्षेत्रीय सभापति अरविन्द गुप्तालगायतका नेताहरु लागेकाले पर्सा-१ मा काँग्रेस अब नेतृत्व बिहिन भएको बताए ।
पार्टीको नीति, सिद्धान्त र निर्णय नै नमान्ने नेताहरुको साथमा त्यो पार्टीमा बस्न नसकिने निष्कर्षमा पुगेर आफुहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको कुशवाहाले बताए । उनले भने, ‘जुन पार्टीमा नेताले नै पार्टीको निर्णय मान्दैनन्, बागी उम्मेदवारी दिन्छन् अनि ती बागी उम्मेदवारकै पछाडि जिम्मेवार नेताहरु लाग्छन् भने त्यो पार्टीमा कुनै विचार र सिद्धान्त नै हुदैन, त्यहिबाट असन्तुष्ट भएर हामीले काँग्रेस छाडेका हौं ।’ कोइरीले मधेस र देशको हितमा काम गर्ने एक मात्र पार्टी जसपा नै भएको ठहर गर्दै आफूहरु जसपामा प्रवेश गरेको स्पष्ट पारे । उनले भने, ‘नेता हुनु त प्रदीप यादव जस्तो, जो जनताको हरेक दु:ख सुखमा साथ दिँदै आएका छन्, पदमा रहे पनि नरहेपनि जनताकै माझमा बसेका छन् यस्तो लोकप्रिय र विकास प्रेमी नेता पर्सालाई मात्र नभइ देशलाई सधै चाहिन्छ ।’
कार्यक्रममा बोल्दै जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार समेत रहेका प्रदीप यादवले पार्टीमा प्रवेश गरेका सबै नेता कार्यकर्ताहरुलाई जसपाले मूल्यांकन गरेर उचित व्यवस्थापन गर्ने बताए । उनले जसपाले मधेसको मुद्धा सडकदेखि सदनसम्म उठाउँदै आएको भन्दै मधेस र मधेसीलाई अधिकार सम्पन्न नबनाए सम्म संघर्ष गरिरहने पनि बताए । यादवले भने, ‘म पदमा रहे पनि नरहे पनि मलाई केहि फरक परेको छैन, किन कि मेरा लागि जनता जनार्दन हुन्, जनताको सुखदु:खमा म सदैव साथमै रहदै आएको छु र रहन्छु पनि ।’
उनले पर्सा-१ लाई मात्र नभइ समग्र पर्सा जिल्लाको विकास र समृद्धि आफनो लक्ष्य भएकाले अबका दिनमा पनि आफू दत्तचित्त भएर लागि रहने वाचा पनि गरे । जसपा वडा नम्बर १२ का एकाइ अध्यक्ष किशोर महतोको सभापतित्वमा कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्धी, जसपाका केन्द्रिय सदस्य वीरेन्द्र यादव, जिल्ला समन्वय समिति पर्साका पूर्वप्रमुख नेक महम्मद अन्सारी, पूर्व वडाअध्यक्ष रामदरश कुशवाहा लगायतका नेता कार्यकर्ताको सहभागीता थियो । कार्यक्रम सञ्चालन घनश्यामबाबु गुप्ताले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि