Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजसहित पर्सा-बाराका चार पालिकामा नगर बस चल्ने, एक करोडको कोष स्थापना

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले नगर बस सञ्चालनको आवश्यक तयारी तत्काल अघि बढाउने निर्णय गरेको हो । सेवा नियमित, व्यवस्थित र दीर्घकालीन बनाउन साझा कोष निर्माण गर्ने सहमति पनि बैठकले गरेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ४, २०८३
वीरगंजसहित पर्सा-बाराका चार पालिकामा नगर बस चल्ने, एक करोडको कोष स्थापना

वीरगंज (पर्सा), ४ मंसिर । वीरगंजसहित पर्सा र बाराका चार स्थानीय तहलाई एउटै सार्वजनिक यातायात सञ्जालमा जोडेर नगर बस सेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । वीरगंज महानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाबीच सहकार्य गरी मंसिरभित्रै एकीकृत नगर बस सेवा सञ्चालन गर्ने लक्ष्य अघि सारिएको हो । यसका लागि चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको सञ्चालन कोष स्थापना गरिने भएको छ ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले नगर बस सञ्चालनको आवश्यक तयारी तत्काल अघि बढाउने निर्णय गरेको हो । सेवा नियमित, व्यवस्थित र दीर्घकालीन बनाउन साझा कोष निर्माण गर्ने सहमति पनि बैठकले गरेको छ । निर्णयअनुसार एक करोड रुपैयाँको कोषमा वीरगन्ज महानगरपालिकाले ४० लाख, जीतपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ जम्मा गर्नेछन् । चारवटै पालिकाको आर्थिक सहभागिताबाट सार्वजनिक यातायातलाई संस्थागत रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ ।

यसअघि कात्तिक १२ गते बसेको बैठकले नगर बस सेवाको सम्भाव्यता अध्ययन र सञ्चालनको प्रारम्भिक तयारी गर्न चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले तयार पारेको प्रतिवेदन बिहीबारको बैठकले आवश्यक संशोधनसहित पारित गरेको छ । अब नगर बस सञ्चालनलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधि तयार गरिनेछ । बैठकले मंसिर ७ गतेभित्र कार्यविधिको मस्यौदा तयार गरी पेस गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिएको छ ।

वीरगन्ज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा. सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जीतपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य छन् । प्रस्तावित नगर बस सेवाको मुख्य उद्देश्य चारवटै पालिकाका सहायक सडक र ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्नु हो । सेवा सञ्चालन भएपछि मुख्य सडकबाट टाढा रहेका बस्तीका नागरिकले बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म सहज रूपमा आवतजावत गर्न सक्ने अपेक्षा गरिएको छ ।

अहिले ग्रामीण तथा सहरी क्षेत्रका कतिपय गन्तव्यमा पुग्न निजी सवारीमा निर्भर हुनुपर्ने र बीच बाटोमा पटक–पटक सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ । एकीकृत यातायात सेवा सञ्चालनमा आएपछि यस्तो समस्या घट्नुका साथै सर्वसाधारणले सहज र व्यवस्थित सार्वजनिक यातायात सुविधा पाउने विश्वास गरिएको छ । बैठकमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन दाहाल, कलैया उपमहानगरपालिकाका प्रतिनिधि अजय उप्रेती, वीरगन्ज महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कीर्तिराज सुवेदीलगायत सहभागी थिए ।

चार स्थानीय तहको साझा लगानी र व्यवस्थापनमा अघि बढाइएको यो योजनाले वीरगन्ज, कलैया, जीतपुरसिमरा र परवानीपुरबीचको आवागमनलाई सहज बनाउने मात्र नभई पर्सा–बाराको सहरी तथा ग्रामीण क्षेत्रलाई एउटै सार्वजनिक यातायात प्रणालीमा जोड्ने अपेक्षा गरिएको छ ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पासपोर्टका लागि टीका-सिन्दूर पुछ्न लगाएको आरोपः प्रशासनसँग विश्व हिन्दु परिषद्को जवाफ माग

पासपोर्टका लागि टीका-सिन्दूर पुछ्न लगाएको आरोपः प्रशासनसँग विश्व हिन्दु परिषद्को जवाफ माग

मंसिर ४, २०८३
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोहराको सरुवा

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोहराको सरुवा

मंसिर ४, २०८३
कुहँडीमा दलित समुदाय त्रसित, घर तोडफोडदेखि खानेपानीको पाइप काट्नेसम्मका आरोप

कुहँडीमा दलित समुदाय त्रसित, घर तोडफोडदेखि खानेपानीको पाइप काट्नेसम्मका आरोप

मंसिर ४, २०८३
वीरगंजसहित पर्सा-बाराका चार पालिकामा नगर बस चल्ने, एक करोडको कोष स्थापना

वीरगंजसहित पर्सा-बाराका चार पालिकामा नगर बस चल्ने, एक करोडको कोष स्थापना

मंसिर ४, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि