Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बोनसको विषयलाई लिएर त्रिवेणी स्पिनिङ्ग मिल्स उद्योगमा मजदुर र प्रहरीबीच झडप

पुरुष प्रहरीले महिला श्रमिकमाथि दुव्र्यवहार गरेको महिला श्रमिकको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ३, २०७९
बोनसको विषयलाई लिएर त्रिवेणी स्पिनिङ्ग मिल्स उद्योगमा मजदुर र प्रहरीबीच झडप

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ३ कात्तिक / बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ छातापिपरा स्थित त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लि.मा मजदुर र प्रहरीबीच झडप भएको छ । मजदुरहरुको बोनस दिन माग गर्दै बुधबार दिउँसो देखि शान्तिपूर्ण रुपमा विरोध गर्दै प्रशासनसँग छलफल गर्दै आएकोमा बारा प्रहरीले बिहीबार दिउँसो मजदुरहरुमाथि दमन गरेपछि प्रहरी र मजदुरबीच झडप भएको थियो । झडपकोे क्रममा १० जना प्रहरी सामान्य घाइते भएका छन् भने डेढ दर्जन बढि मजदुर घाइते भएका छन् ।
विगत २० वर्षदेखि मजदुरहरुले वर्षेनी दशैं तिहारमा बोनस प्राप्त गर्दै आएकोमा विगत ३ वर्षदेखि उद्योग प्रशासन पक्षले मजदुरहरुलाई बोनस दिन आनाकानी गर्दै आएको मजदुरहरुको आरोप छ । कोरोना संक्रमण महामारीको बखत उद्योग संचालन नभए पश्चात मजदुरहरुले बोनस पाएका थिएनन्, त्यस यता गत वर्षको दशैंमा उद्योग प्रशासनले मजदुहरुलाई १० देखि १२ हजारको दरले बोनस दिएको थियो । यस वर्ष उद्योग राम्ररी संचालन भइरहेको अवस्थामा उद्योग पक्षले अचानक बोनस नदिने भनेपछि मजदुरहरु बुधबार दिउँसोदेखि विरोमा उत्रिएका थिए ।
विरोधकै क्रममा मजदुरहरुले उद्योगका सिईओ अशोक शर्मालाई उनकै कार्यकक्षमा थुनेका थिए । मजदुरहरुको बोनसको विषयलाई समाधान गरेर मात्रै जाने भनेपछि उद्योग पक्षले पैसाको आडमा प्रहरीलाई बोलाई बल प्रयोग गरि मजदुरहरुमाथि दमन गराएको मजदुरहरुको आरोप छ । उनीहरुका अनुसार पुरुष प्रहरीले महिला श्रमिकमाथि हात हालेको, दुव्र्यवहार गरेको, कम्मरमा हात समाई लछार पछार गरेको कारण पुरुष मजदुहरु आक्रोशित बने पश्चात झडप भएको बताए ।
झडपको क्रममा पुरुष प्रहरीले महिला श्रमिकमाथि दुव्र्यवहार गरेको महिला श्रमिकहरुको भनाई छ । छलफल चलि रहेको बेला आफूहरुलाई पुरुष प्रहरीले किन हात हाल्यो ? भनेर विरोध गर्दा प्रहरीले झन कुटपिट गरेको उनीहरुको भनाई छ । प्रहरीले झडपको बहानामा महिला श्रमिकमाथि दमन गरेको उनीहरुको आरोप छ ।
उक्त उद्योगमा तीन सिफ्टमा १५ सय बढि मजदुरहरु काम गर्दै आएकोमा एक सिफ्टका मजदुरहरु मात्रै आन्दोलनमा उत्रिएको र बाँकी मजदुरहरु काम गरि रहेकै अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्योग संचालन रहेकै अवस्थामा भित्र प्रवेश गरि महिला कर्मचारीहरुमाथि दमन गरेको त्यही कार्यरत भारतीय मजदुर (ओभरसियर) को भनाई छ । उनका अनुसार आफ्नै देशका चेलीहरु काम गरि रहेकै अवस्थामा उनीमाथि दमन गर्ने प्रहरी कस्तो होला ? महिलालाई सुरक्षा गर्नुपर्नेमा झनै महिलालाई अभद्र व्यवहार गर्ने प्रहरी एवं यहाँका कानून उदेयक लाग्दो रहेको आरोप लगाए ।
बोनसको विषयमा उद्योग प्रशासनसँग शान्तिपूर्ण रुपमा छलफल भइरहेको अवस्थामा बिहीबार दिउँसो करिब ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी आएपछि विवाद उग्र रुपमा लिएको थियो । प्रहरी उपरीक्षक आफै आएर यिनीहरुलाई हान भनेपछि प्रहरीहरुले उद्योगमा कार्यरत महिला कर्मचारीहरुलाई लछार पछार गरि, जीउमा जताततै हात हाली हटाउन थालेपछि आक्रोशित मजदुरहरु प्रहरीमाथि धागोको गोला बेर्ने प्लाष्टिकको पाइपले हान्न शुरु गरेका थिए । त्यस पश्चात विवाद झन उग्र भएको थियो । मजदुर र प्रहरीबीच केहीबेर झडप भएपछि झडपलाई तितबर बितर पार्न प्रहरीले ३४ राउण्ड आश्रु ग्याँस तथा एक राउण्ड हवाई फायर प्रहार गरेको थियो ।
झडपको क्रममा प्रहरीहरुको हात, खुट्टा, पाखुरा, नाकमा सामान्य चोट लागेको छ भने दुईजना प्रहरीलाई मध्य चोटपटक लागेको छ । त्यसैगरि मदजुरहरुमा एक दर्जन बढि मजदुरहरुलाई मध्यम चोट पटक लागेको छ भने केहीलाई सामान्य चोट लागेको छ । मजदुरहरुको टाउको, खुट्टा, पिठ्युमा चोट पटक लागेको छ । झडप पश्चात प्रहरीले ७ जना मजदुर नेतालाई नियन्त्रणमा लिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि