Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गठबन्धन एवं स्वतन्त्र उम्मेदवारकै प्रतिस्पर्धामा राप्रपाका डंगोल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १, २०७९
गठबन्धन एवं स्वतन्त्र उम्मेदवारकै प्रतिस्पर्धामा राप्रपाका डंगोल

वीरगंज (पर्सा), १ कात्तिक / आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट राप्रपाका उम्मेदवार किरण डंगोल दुईवटा गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मदवार अजय द्विवेदीकै प्रतिस्पर्धामा रहनु भएको छ ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार लक्ष्मणलाल कर्ण, एमाले जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजय द्विवेदीसँगै राप्रपाका उम्मेदवार किरणमान डंगोल पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।
चारैजना उम्मेदवार मध्य डंगोल पनि राजनीतिक क्षेत्रमा लागेको पूराना नेता हुनुहुन्छ । कृष्ण प्रसाद भट्टराईकै पालादेखि नेपाली कांग्रेसमा लाग्नुभएका डंगोल नेता मात्रै होईन उहाँ गीतसंगीत र खेलकुद क्षेत्रमा पनि उक्तिकै दख्खल राख्ने व्यक्ति हुनुहुन्छ ।
पञ्चायतको समयमा नेपालमा कराँते खेल नेपालमा प्रतिबन्ध रहेको अवस्थामा पनि भारतको रक्सोलसम्म पुगेर खेल खेल्ने र खेलाउने गर्नुभएका डंगोलले धेरै गीतहरुमा पनि संगीत सृजना गर्नुभएको छ ।
वीरगन्जबाटै सांगितिक क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका कलाकारहरु, प्रकाश श्रेष्ठ, मधु क्षेत्री लगायतका कलाकारहरु उहाँका त्यतिखेरका सहयात्रीहरु हुनुहुन्छ । नेपाली कांग्रेस प्रभावशाली नेता रमेश रिजाल भन्दा पहिले जिल्ला कार्यसमितिमा रहेर काम गर्नुभएका डंगोलका पूराना कांग्रेस नेताहरुको सहानुभूति र सदभावले पनि थप बल पु¥याएको छ ।
झण्डै एकबर्ष पहिले नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गर्नुभएका डंगोल अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नुभएको छ । मंसिर ४ गते हुने निर्वाचनमा उहाँलाई राप्रपाले मात्रै होईन हिन्दुवादी संघ संस्था र समुदायको पनि उत्तिकै साथ र सहयोग पाउनेमा निश्चिन्त हुनुहुन्छ ।
लक्ष्मणलाल कर्ण, अजय द्विवेदी र किरण डंगोल बौद्धिकताको हिसाबलेपनि उत्तिकै विज्ञता भएका उम्मदवारहरु हुन् । त्यसलैले पनि आउने निर्वाचनमा पर्साको विकास र समृद्धिको लागि पर्सा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले बौद्धिक नेताहरु मध्य कुनै एकलाई छान्नुपर्ने विकल्प रहेको छ ।
डंगोलको उम्मेदवारीले पर्सा क्षेत्र नम्बर १ का मतदाताहरुमा थप उत्साह थपिएको छ । अहिलेसम्मका उम्मेदवारहरु मध्य नयाँ अनुहार भएकाले पनि मतदाताको रोजाईमा आफूलाई मतदाताको विकल्पको रुपमा अगाडि आएको डंगोलको भनाई छ ।
नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग गर्दै आएकाहरुका लागि, राजसंस्था पुर्नस्थापनाको माग गरेकाहरुका लागि साथै सामाजिक सदभाव कायम राख्नेहरुका लागि पनि आफूले उम्मेदवारी दिएकोले मत पाउनेमा डंगोल विश्वस्त हुनुहुन्छ ।
राप्रपा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले शनिबार मात्रै वीरगन्जको प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिर अगाडि नै पत्रकार सम्मेलन गरेर कसम खाएर जनताको चाहाना र सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । राप्रपा नेतृत्वमा राजेन्द्र लिङ्गदेनको आगमनपछि र पर्सामा डंगोलको प्रवेशले राप्रपाको संगठन पनि बलियो बन्दै गएको छ ।
त्यसैले पनि आगामी निर्वाचनमा दुईगठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारसँगै आपूmलाई प्रतिस्पर्धी उम्मेदवारको रुपमा अगाडि रहेको डंगोलको दावी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि