Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राजनीति दलमा पुरुष हावी भएकै कारण निर्वाचनमा महिला सहभागितामा कमि

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २६, २०७९
पर्सामा १२ सिटको लागि १ सय ४४ जनाको उम्मेदवारी, स्वतन्त्र उम्मेदवार बढि

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २६ असोज / वि.स. २००७ सालको क्रान्तिदेखि २०७२ सालको मधेश आन्दोलनसम्ममा प्राप्त राजनीति उपलब्धिमा पुरुष र महिला दुबैको उत्तिकै सहभागिता थियो । बद्लिदो राजनीति परिवेशमा राजनीति दलहरुले महिलाको महत्वपूर्ण भूमिका र सशक्तिकरणको नारा जति लगाएपनि पर्सा जिल्लामा उम्मेदवार मनोनयन दर्ताको संख्यालाई हेर्दा राजनीति दलहरुमा अझैपनि महिलालाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आएको देखिन्न ।
यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पर्सामा पुरुष उम्मेदवारको तुलनामा महिला उम्मेदवार एकदमै न्यून रहेको छ । मनोनयन दर्ता पश्चात मुख्य निर्वाचन अधिकृत कार्यलय पर्साबाट सार्वजनिक गरिएको विवरण अनुसार जिल्लामा कुल १ सय ६७ उम्मेदवार मध्ये प्रत्यक्ष र स्वतन्त्र गरि जम्मा ४ जना मात्रै महिलाले मात्रै उम्मेदवारी दिएका थिए । जसमध्ये पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा शान्ति देवी खड्काले उम्मेदवारी फिर्ता लिएकी छिन् । अब पर्साको ४ वटै क्षेत्रबाट प्रतिनिधि सभातर्फ महिलाको उम्मेखवारी शून्य रहेको छ ।
राजनीति दलहरुले बागी उठ्ने उम्मेदवारहरुलाई दबाब दिएर उम्मेदवारी फिर्ता लिन आउने गर्छन् । उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिने गरेकै कारण महिला उम्मेदवारहरु आफू सक्षम भएपनि उम्मेदवारी फिर्ता लिन बाध्य हुन्छन् ।
हाल जसपाले टिकट नदिएपछि महिला नेतृ करिमा बेगमले पर्साको क्षेत्र नम्बर २ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएकी छिन् भने क्षेत्र नं. ३ को (ख) बाट एमाले जसपा गठबन्धनको तर्फबाट डा. मधु गुप्ता, क्षेत्र नम्बर ४ को (ख) बाट सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी महिला नेतृ शेखचान्द ताराको मात्र उम्मेदवारी परेको छ ।
२०७२ सालको संवीधानले ३३ प्रतिशत महिलाको सहभागिताको व्यवस्था गरेको छ । यो बाध्यतामक व्यवस्थाले समानुपातिक तर्फबाट महिलाहरु उच्च पदमा रहेपनि संसदमा महिलाहरुको भूमिका शून्य बराबर रहेको छ । मधेश प्रदेशमा प्रत्यक्षतर्फ ५० प्रतिशत महिलालाई सहभागिता गराउने बहस नै चलेको थियो । तर दलका नेताहरुले खासै नदिएको देखिन्छ । निर्वाचनमा महिलाहरुले पुरुष जतिको खर्च धान्न नसकेको कारण प्रत्यक्षतर्फ महिलाको उम्मेदवार न्यून गरेको नेकपा माओवादी केन्द्रकी संघिय सांसद तथा राष्ट्र महिला आयोगकी पूर्व अध्यक्ष शेख चादँ ताराले बताईन् ।
राजनीति दल भित्र पनि महिलाको सहभागिता र नेतृत्वबारे प्रश्न उठ्ने गर्छ । दलहरुले महिलालाई राजनीति क्षेत्रमा सहभागिता गराएको जस लिन खोजेपनि व्यवहारमा खासै लागु भएको देखिदैन । शिर्ष नेताहरुले महिलालाई दलमा स्वागत गरेपनि महिलाको क्षमताको मूल्यांकन नहुने गरेको स्वतन्त्र उम्मेदवार तथा मधेश प्रदेश सांसद करिमा बेगमले बताईन् ।
दलहरुले केवल नामको लागि मात्रै उम्मेदवर तोकेको कारण आफूहरुमा उत्साह नरहेको नेपाली कांग्रेस पर्साकी महिला नेतृ एवम समानुपातिक उम्मेदवार डा. सुश्मा द्विवेदीले बताईन् । उनले उक्त प्रणाली आवश्यक उम्मेदवार भन्दा पनि आफ्ना नजिकका नातेदारहरुलाई प्राथमितामा राखेको उनले बताईन् ।
यस सम्दर्भमा पर्साका मुख्य निर्वाचन अधिकृत बिनोद कुमार पोखरेलले पर्सामा महिलाको उम्मेदवार कम भएको हुदाँ राजनीतिक दलहरुले संविधानले महिलालाई दिएको अधिकार जतिको सहभागिता गराउनुपर्ने बताए ।
पार्टीभित्रै क्षमतावान महिलाहरुको उपस्थिति रहेपनि अन्य दलबाट प्रवेश गरेकी महिलाहरुले नै अवसर पाउने गरेका छन् । महिलालाई समानुपातिक उम्मेदवार बनाउने राजनीति संस्कार नै बनेको छ । महिला नेतृहरुले अवसर पाए प्रत्यक्षतर्फ पनि लड्न तयार रहेको बताएपनि दलका केही नेताको स्वार्थ र वेवास्ताको कारण महिला नेतृहरु अवसरबाटै बञ्चित हुदै आएका छन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि