Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगन्ज महानगरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइयो

प्राप्त अधिकारलाई राजनीतिक रुपमा सँस्थागत गर्दै आर्थिक विकास तर्फ अघि बढ्नुपर्ने आवश्यकता : राष्ट्रिय अध्यक्ष यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १२, २०७९
वीरगन्ज महानगरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइयो

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), १२ जेठ / वीरगन्ज महानगरपालिकाको नवनिर्वाचितहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ । प्रमुख निर्वाचन अधिकृत एवं माननीय न्यायधीश धर्मराज पौडेलले वीरगन्ज महानगरपालिकाका नव निर्वाचित नगर प्रमुख राजेशमान सिंहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । आदर्शनगर पुरानो बसपार्क स्थित आयोजित सपथग्रहण कार्यक्रममा नव निर्वाचित नगर प्रमुख सिंहले उपप्रमुख इम्तियाज आलम लगायत ३२ वटै वडाका वडाध्यक्षहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
सपथग्रहण समारोहलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास तर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका यादवले स्थानीय तह विकास निर्माण कार्यलाई अगाडि बढाउनका लागि सबैभन्दा महत्वपूर्ण इकाई रहेको भन्दै नव निर्वाचित जनप्रतिनिधिहरुले वीरगन्ज महानगरपालिकाको समस्याहरुलाई समाधान गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
मुलुकमा धेरै लामो संघर्ष, त्याग, बलिदानपछि पछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, नागरिक स्वतन्त्रता, मौलिक हक अधिकार प्राप्त भएको भन्दै यसलाई राजनीतिक रुपमा सँस्थागत गर्दै आर्थिक रुपमा विकास एवं समृद्धितर्फ बढ्नुपर्ने आवश्यक्ता रहेको बताए ।


लोकतन्त्रको अभावमा कहिलेपनि आर्थिक समृद्धि एवं विकास सम्भव नरहेको भन्दै जहाँ असामानता, शोसन रहे त्यहाँ राजनीतिक स्थिरता सम्भव नरहने र त्यहाँ विकास धेरै कठिनाई हुने भन्दै प्राप्त अधिकारलाई सँस्थागत एवं संरक्षण गर्दै बाँकी राजनीतिक परिवर्तनलाई अगाडि बढाउँदै आर्थिक विकास तर्फ अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए ।
उनले विकासको सबैभन्दा ठूलो आधार शिक्षा हो ! बालबालिकाहरुलाई स्तरीय शिक्षा प्राप्त गरि असल नागरिकको निर्माण हुन्छ तब विकास आफै अगाडि बढ्ने भन्दै दुर्भाग्य सरकारी विद्यालयका शिक्षा स्तर गुणस्तरीय छैन, यसको साथसाथै स्वास्थ्यमा पनि धेरै समस्या रहेकोले अस्पतालहरुलाई दुरुस्त गर्न, स्वास्थ्य चौकीहरुको स्थापना गर्न आवश्यक रहेको बताए । प्रत्येक नागरिकको स्वास्थ्य एवं शिक्षाको मौलिक हक अधिकारलाई प्रात्याभूमि गराउन महानगरपालिकाको मुख्य दायित्व रहेको बताए ।
काठमाडौं नेपालको राजधानी रहेपनि वीरगन्ज नेपालको आर्थिक राजधानी रहेकोले यसको छुट्टै महत्व रहेको भन्दै उद्योग कलकारखाना तिब्र गतिमा विकास, व्यवस्थापन, सहुलियतलाई मध्यनजर राख्दै महानगरपालिकाबाट सम्भव हुने सहुलितय प्रदान गर्ने बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, विद्युत लगायत सम्पूर्ण आधारभूत समस्यालाई समाधान गर्दै स्वच्छ, हराभरा विकासित महानगरको रुपमा रुपान्तरण गर्न सफलता मिलोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । साथै पाँचदलीय गठबन्धनमाथि विश्वास गरेर मतदान गर्नुभएका वीरगन्जका मतदाताहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए ।


कार्यक्रममा नव निर्वाचित नगरप्रमुख राजेशमान सिंहले वीरगन्जबासीले आफूमाथि लादेको कर्ज चुकाउन सक्ने कि नसक्ने अन्यौलमा परेको बताए । यो जितमा गठबन्धनको योगदानको साथसाथै वीरगन्जबासी लगायत युवाहरुको ठूलो योगदान रहेको बताए ।
‘राजेशमान सिंह जो बोल्छ, त्यो गर्छ’, ‘त्यति बोल्छ जति गर्न सक्छ’ भन्दै आफू विजयी भएर आएको २४ घण्टाभित्र सुधार गर्ने भनेको प्रतिबद्धताको कार्य शुरु भइसकेको बताए ।
वीरगन्ज महानगरपालिकामा परिवर्तनको शुरुवात भइसकेको छ, वीरगन्जलाई समृद्ध वीरगन्ज बनाउनुपर्ने छ, र त्यसमा वीरगन्जबासीको साथ र सहयोगको आवश्यक रहेको उनको भनाई छ । वीरगन्जबासीले आफूमाथि गरेको भरोसाप्रति आफू खरो रुपमा उत्रिने भन्दै नगर प्रमुख सिंहले महानगरपालिकामा परिवर्तन अत्वाश्यक भएको भन्दै परिवर्तनको शुरुवात भइसकेको बताए ।
उनले महानगरका कर्मचारीहरुले कहिलेपनि सफा नगरेको आफ्नो घर अगाडि विहानै २० जना नगरपालिकाका कर्मचारीहरुले सरसफाई गरेको उदाहारण भन्दै जसको कारण हामी छौं, त्यसलाई सेवा सुविधा दिने गरौं, नेताहरुलाई सेवा सुविधा दिने काम बन्द गर्न कर्मचारीहरुलाई आग्रह समेत गरे । जबसम्म १०० दिन काम गरि जनतालाई प्रत्याभूति दिलाउन काम नगरेसम्म आफूलाई कहिँ कतै सम्मान गर्न नबोलाउन विभिन्न संघ सँस्थालाई आग्रह समेत गरे ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेको सभापतित्वमा आयोजित कार्यक्रममा जसपाका संघीय सांसद प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, नव निर्वाचित उपप्रमुख इम्तियाज आलम, नेकपा एसका नेता बालगोपाल थापा लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि