Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

प्रतियोगितामा प्याब्सन पर्सामा आबद्ध २० वटा विद्यालयका प्री–प्राइमरी तहका विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयबाट न्यूनतम ८ देखि अधिकतम १२ जना विद्यार्थीले विभिन्न राइम्स प्रस्तुत गर्नेछन् । आयोजकका अनुसार प्रत्येक विद्यालयलाई आफ्नो प्रस्तुति प्रस्तुत गर्न बढीमा चार मिनेटको समय उपलब्ध गराइनेछ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १७, २०८३
वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंज (पर्सा), १७ असोज । प्री–प्राइमरी तहका बालबालिकाको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वासलाई मञ्च प्रदान गर्ने उद्देश्यले वीरगंजमा पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा हुने प्रतियोगिता आगामी असोज १८ गते आइतबार बिहान १० बजेदेखि वीरगन्जस्थित आर्मी ब्यारेकको उत्तरपट्टि रहेको क्लासिक ब्याङ्क्‌वेटमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्याब्सन पर्सामा आबद्ध २० वटा विद्यालयका प्री–प्राइमरी तहका विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयबाट न्यूनतम ८ देखि अधिकतम १२ जना विद्यार्थीले विभिन्न राइम्स प्रस्तुत गर्नेछन् । आयोजकका अनुसार प्रत्येक विद्यालयलाई आफ्नो प्रस्तुति प्रस्तुत गर्न बढीमा चार मिनेटको समय उपलब्ध गराइनेछ । सबै विद्यालयको प्रस्तुति सकिएपछि निर्णायकहरूको मूल्यांकनका आधारमा उत्कृष्ट पाँच विद्यालय छनोट गरिनेछ ।

छनोट भएका विद्यालयमध्ये प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । चौथो र पाँचौँ स्थानमा रहने विद्यालयका विद्यार्थीलाई सान्त्वना पुरस्कारस्वरूप प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने सबै बालबालिकालाई सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।

सानै उमेरमा बालबालिकाभित्र रहेको प्रतिभा पहिचान गरी त्यसलाई सार्वजनिक प्रस्तुतिको अवसर दिने तथा उनीहरूको आत्मविश्वास र सिर्जनात्मक क्षमता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्याब्सन पर्साले जनाएको छ । प्रतियोगिताको आवश्यक तयारीसमेत पूरा भइसकेको आयोजकको भनाइ छ ।

प्रतियोगिताको संयोजन प्याब्सन नगर कार्यसमिति सदस्य विजय कुमार बलले गरिरहेका छन् । प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौलाले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा पहिचानसँगै उनीहरूको प्रस्तुति क्षमता र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार प्रारम्भिक तहको सिकाइलाई मनोरञ्जन र सिर्जनात्मक गतिविधिसँग जोड्दा बालबालिकाको सिकाइप्रतिको रुचि बढ्नुका साथै उनीहरूमा सार्वजनिक रूपमा आफ्ना क्षमता प्रस्तुत गर्ने आत्मविश्वाससमेत विकास गर्न सकिन्छ ।

विद्यालयबीचको सहकार्यलाई थप मजबुत बनाउँदै बालबालिकाको प्रतिभा विकासका लागि यस्ता गतिविधिलाई निरन्तरता दिने अपेक्षा आयोजकले गरेको छ ।

Tags: प्याब्सन राइम्स फेस्ट २०८३
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि