Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

संस्कृतिविद् तथा मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालका अनुसार जितियामा खानपानदेखि उपवाससम्मका आफ्नै विशिष्ट परम्परा छन् । चुरा, दही, माछा, मरुवा (कोदो) लगायतका परिकार खाने चलन रहेको बताउँदै उहाँले अष्टमीको व्रतलाई पर्वको मुख्य पक्षका रूपमा व्याख्या गरे ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

जनकपुरधाम (धनुषा), १७ असोज । मिथिलाञ्चल र थारू समुदायमा विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जितिया पर्व उपवाससहित मनाइएको छ । सन्तानको दीर्घायु, सुख–समृद्धि र कल्याणको कामना गर्दै महिलाहरूले निराहार व्रत बस्ने भएकाले जितियालाई कठिन पर्वका रूपमा लिइन्छ । असोज कृष्ण सप्तमीदेखि तीन दिनसम्म मनाइने जितियाको पहिलो दिन ‘नहाय–खाय’ विधि गरिन्छ । यस दिन व्रतालु महिलाहरू स्नान गरी शुद्ध भएर चोखो भोजन गर्ने गर्छन् । त्यसपछि अष्टमीका दिन मुख्य व्रत बसिन्छ भने नवमीका दिन विधिपूर्वक पारण गर्ने परम्परा छ ।

संस्कृतिविद् तथा मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालका अनुसार जितियामा खानपानदेखि उपवाससम्मका आफ्नै विशिष्ट परम्परा छन् । चुरा, दही, माछा, मरुवा (कोदो) लगायतका परिकार खाने चलन रहेको बताउँदै उहाँले अष्टमीको व्रतलाई पर्वको मुख्य पक्षका रूपमा व्याख्या गरे । जितियामा अष्टमी तिथिभर कठोर उपवास गर्ने धार्मिक मान्यता छ । व्रतका क्रममा थुकसमेत निल्न नहुने र त्यसो भए व्रत भंग भएको मानिने विश्वास छ । अष्टमी तिथि कुन समयमा पर्छ भन्ने आधारमा व्रतको दिन निर्धारण गर्ने परम्परा पनि रहेको छ ।

धार्मिक मान्यताअनुसार असोज कृष्ण अष्टमीमा गरिने यो व्रतको उल्लेख भविष्य पुराणमा समेत पाइन्छ । अष्टमी तिथि प्रदोषकालमा पर्ने दिनलाई आधार मानेर व्रत बस्ने तथा नवमीका दिन पारण गर्ने चलन रहेको बताइन्छ ।

जिमुतवाहनसँग जोडिएको धार्मिक कथा
जितिया पर्वसँग जिमुतवाहनको कथा जोडिएको छ । धार्मिक कथाअनुसार एकपटक माता पार्वतीले भगवान् शिवसँग सन्तानको दीर्घायुका लागि गरिने व्रतबारे जिज्ञासा राखेकी थिइन् । त्यस क्रममा भगवान् शिवले जिमुतवाहनको पूजा र व्रतको महिमा सुनाएको तथा माता पार्वतीले समेत यो व्रत गरेको विश्वास गरिन्छ ।

कथाअनुसार नर्मदा नदीको किनारमा रहेको कनकावती नगरमा मलयकेतु नामका राजा थिए । नदीको किनारमा रहेको एउटा विशाल पाकैरको रूखमा चिल र त्यसको फेदमा स्याल बस्ने गर्थे । लामो समय सँगै बसेका कारण उनीहरूबीच मित्रता कायम भएको थियो । एकपटक असोज कृष्ण अष्टमीका दिन नदी किनारमा महिलाहरूले जिमुतवाहनको पूजा गरी कथा सुने । चिल र स्यालले पनि उनीहरूसँगै व्रत बसे । त्यही दिन नगरका एक सेठका छोराको मृत्यु भयो र उनको शव नदी किनारमा अन्त्येष्टिका लागि ल्याइयो ।

राति बाक्लो अँध्यारो भएपछि दिनभर भोकै बसेको स्याललाई भोक सहन गाह्रो भयो । चिलले व्रत पूरा गर्न आग्रह गरे पनि स्यालले अन्ततः चिताको आगो निभाएर मृतकको मासु खान पुग्यो । चिल भने आफ्नो व्रतमा अडिग रह्यो । भोलिपल्ट बिहान पारणको समय भएपछि दुवैले व्रत समाप्त गरे । समयक्रममा दुवैको मृत्यु भयो र धार्मिक विश्वासअनुसार उनीहरूले पुनर्जन्म लिए । चिल शिलावती र स्याल करपूरावतीका रूपमा जन्मिए ।

शिलावतीको विवाह मन्त्रीसँग र करपूरावतीको विवाह राजा कनिकासँग भयो । करपूरावतीका सात छोरा भए पनि सबैको मृत्यु भयो । शिलावतीका भने सातै छोरा जीवित रहे । बहिनीका सन्तान जीवित रहेको देखेर करपूरावतीमा ईर्ष्या उत्पन्न भएको कथामा उल्लेख छ । एकपटक करपूरावतीले आफ्नी बहिनीका सातै छोराको टाउको काटेर ल्याउन राजासँग आग्रह गरिन् । राजाको आदेशमा सातै जनाको टाउको काटेर ल्याइयो र शिलावतीकहाँ पठाइयो । तर त्यसबेला शिलावतीले जितिया व्रतको नियमपूर्वक पालना गरिरहेकी थिइन् । व्रतको प्रभावले ती टाउका फूलमा परिणत भए र सातै जना पुनः जीवित भएर आफ्ना पत्नीसमक्ष पुगेको धार्मिक कथामा वर्णन गरिएको छ ।

यस घटनापछि करपूरावतीले आफूले पूर्वजन्ममा व्रतको नियम पालना नगरेका कारण सन्तान गुमाउनुपरेको थाहा पाइन् । त्यसपछि उनले शिलावतीसँगै जितिया व्रत गर्ने प्रण गरेको कथामा उल्लेख छ । यसरी जिमुतवाहन र शिलावती–करपूरावतीको कथालाई जितिया व्रतको धार्मिक आधारका रूपमा लिइन्छ । सन्तानको दीर्घायुका लागि आमाले गर्ने कठोर व्रत र त्यसको धार्मिक विश्वास यही कथासँग जोडिएको पाइन्छ ।

‘औँठन’देखि पारणसम्मको परम्परा
जितिया पर्वमा ‘औँठन’को पनि विशेष महत्व छ । मिथिलाञ्चलका घरघरमा काग उड्नुअघि औँठन गर्ने चलन छ । औँठनलाई व्रत सुरु गर्नुअघि गरिने विशेष खानपानको विधिका रूपमा लिइन्छ । यस क्रममा परिवारका सदस्यहरू एकै ठाउँमा बसेर चुरा, दही, अमोट, चिनी, केरा लगायतका परिकार खाने गर्छन् । त्यसपछि व्रतालु महिलाहरू कठोर उपवासमा बस्ने परम्परा छ । मिथिलाञ्चलमा जितियाको यही परम्परालाई लिएर एउटा प्रचलित भनाइ पनि छ– ‘जितिया पावनि बड भारी, धियापुताके ठोकि सुतेलहुँ, अपने खएलहुँ भरि थारी ।’ यो भनाइको उत्पत्तिबारे भने स्पष्ट ऐतिहासिक आधार भेटिँदैन ।

धार्मिक आस्था, पारिवारिक सम्बन्ध र मिथिलाको मौलिक खानपान तथा संस्कृतिसँग जोडिएको जितिया पर्व पुस्तौँदेखि निरन्तर चल्दै आएको छ । कठोर उपवास, जिमुतवाहनको पूजा, धार्मिक कथा श्रवण र पारणका विभिन्न विधिमार्फत मिथिलाका महिलाहरूले आज पनि यस पर्वलाई निरन्तरता दिइरहेका छन् ।

Tags: जितिया पर्व
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि