Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कांग्रेसलाई बेइमान भन्ने आरोप नलागोस : केन्द्रीय सदस्य रिजाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २४, २०७९
कांग्रेसलाई बेइमान भन्ने आरोप नलागोस : केन्द्रीय सदस्य रिजाल

वीरगञ्ज, २४ बैशाख / पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर र उपमेयरमा साझा उम्मेदवारहरुलाई जिताउने संकल्प गरेका छन् । शनिबार वीरगञ्जमा गठबन्धनको पाँचै दलका १ देखी ३२ वटै वडाका वडा अध्यक्षहरु सहित जिल्लाका शिर्ष नेताहरु सम्मिलित बैठकमा वडा अध्यक्षहरुले गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह र ईम्तीयाज आलमलाई जिताउने संकल्प लिएका हुन् ।
गठबन्धन आबद्ध दलहरु एक अर्का प्रति ईमान्दार नरहेको भन्ने सुनियोजीत हल्ला चलिरहेको बेला गठबन्धनका वडा अध्यक्षहरुले वडामा मित्रवत प्रतिस्पर्धा गर्दै मेयर र उपमेयरमा साझा उम्मेदवारलाई जिताउने संकल्प लिएपछि विपक्षि दलहरुमा खैलाबैला मच्चीएको छ । वडामा आ¬फ्नो प्यानलको लागि र मेयर  उपमेयरमा  गठबन्धनको साझा उम्मेदवारलाई मत माग्ने प्रतिबद्दता जनाईएको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गठबन्धनका कारण एमालेको हैकम प्रवृत्तीले घुँडा टेकेको र बहुमतको सरकार सहित प्रदेशको सरकारबाट पनी हात धुनु परेको बताए । गठबन्धनकै कारण अधिनायकबाद ढलेर वर्तमान सरकारको गठन भएकाले अलिकती पनि बेईमानी नगर्न वडा अध्यक्षहरुलाई आग्रह गरे । ‘तपाईहरुलाई पार्टीले उम्मेदवार बनाएको हो, त्यही पार्टीको केन्द्रिय समितिले गठबन्धनलाई जिताउने निर्णय गरेको छ । त्यसमा दायाँबायाँ नगर्नुहोला,’ रिजालले निर्देशन दिँदै भने, ‘कांग्रेस बेईमान हो भन्ने आरोप नलागोस ।’
त्यस्तै कांग्रेस नेता तथा पूर्व मन्त्री अजय चौरसीयाले गठबन्धनको धर्म ईमान्दारसाथ पालना गर्न निर्देशन दिए । ‘विपक्षी गठबन्धनको उम्मेदवार विजय सरावगिको मेरीट के हो ?’ चौरसीयाले प्रश्न गर्दै भने, ‘उसले विकास, निकास र नैतिकताको कुरा छाडेर पैसाको कुरामा मात्रै लागेको छ’, त्यसकारण पनि गठबन्धनको उम्मेदवारलाई जिताउन जरुरी छ । त्यस्तै कांग्रेस नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले आउँदा दिनमा नेपाली राजनितिमा गठबन्धन अनिवार्य शर्त बनेकोले ईमान्दारीसाथ पालना गर्न नेता कार्यकर्तालाई अनुरोध गरे ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पर्सा क्षेत्र नम्बर १ का सङ्घीय सांसद प्रदीप यादवले यो लडाई विजय सरावगी र राजेशमान सिंह तथा ईम्तीयाज आलमको नभई अधिनायकवाद  र शान्ति र संविधान विचको लडाई भएको बताए । ‘गठबन्धन हार्नु भनेको शान्ति र संविधान पक्षधरहरु हार्नु हो । त्यसकारण गठबन्धनमा कसैले पनि दायाँबायाँ नगर्नुस, जसले गरेको थाहा पाईन्छ उसलाई तत्कालै कारवाही हुन्छ,’ यादवले भने । वीरगञ्ज महानगरमा मात्रै नभएर पर्साको अन्य १३ वटा पालिकामा पनि अन्तिम अवस्थामासमेत गठबन्धनकै उम्मेदवारलाई विजयी बनाउने बताए । ‘हाम्रो विचमा आपसी प्रतिस्पर्धा देखियो भने बरु हामी हारेर भएपनि गठबन्धनकै उम्मेदवारलाई जिताउँछौं तर एमालेलाई पर्सा जिल्लामा कतै पनि आउन दिँदैनौ,’ यादवले भने ।
बैठकमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, नेकपा  एसका पर्सा अध्यक्ष बालगोपाल थापा, नेकपा माओवादी केन्द्रका पर्सा अध्यक्ष राम दरश प्रसाद कुशवाहा, संविधानसभा सदस्य अनिल रुङ्गटा, मधेश प्रदेशका खानेपानी मन्त्री ओमप्रकाश शर्मा, गठबन्धनका मेयर र उपमेयर पदका साझा उम्मेदवार राजेशमान सिंह र ईम्तीयाज आलम नेताहरु श्याम पोखरेल, मनोज चौधरी लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि