Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कांग्रेसका बुथ उपसभापतिसहित दर्जनौंले गरे जसपामा प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २२, २०७९
कांग्रेसका बुथ उपसभापतिसहित दर्जनौंले गरे जसपामा प्रवेश

वीरगञ्ज २२ वैशाख / नेपाली कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षुमनवामा आयोजना गरेको पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका बुथ उपसभापतिसहित रामवचन पटेलसहित दर्जनौं नेता तथा कार्यकर्ताले जसपा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद् प्रदीप यादव, जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वर यादव, वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादवलगायतले फुलमाला र गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री लालाबू राउतले जसपा नेतृत्वमा मधेश प्रदेशले विकासमा फड्को मारेक र जसपाकै नेतृत्वमा वीरगञ्जले पनि विकास गर्ने विश्वास व्यक्त गर्दै पार्टीबाट उठेका सम्पूर्ण उम्मेदवरहरुलाई छाता छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।
महानगरमा यसअघि रहेको नेतृत्वले प्रदेश सरकारसँग कुनै समन्वय नगरेको र सहयोग गर्न चाहेपनि नलिएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले वीरगञ्जको मेयरमा राजेशमान सिंह जिते सबै पक्षसँग समन्वय गरेर काम गर्ने विश्वास व्यक्त गरे ।
त्यसतै संघीय सांसद् प्रदीप यादवले महानगरपालिकाका निवर्तमान मेयर विजयकुमार सरावगीले आफै एउटा पनि विकास निर्माणको काम नगरेको र अन्य दातृ र प्रदेश र संघ सरकारले गरिदिएको कामलाई आफ्नो भनेर प्रचार बाजी गरिरहेको आरोप लगाए । ‘सरावगीजीले २ सय किलोमिटर सडक बनाएको छु भन्नु हुन्छ तर कहाँ बनाएको छु भन्न सक्नु हुन्छ । वीरगञ्जमा हामीले जता हेर्यौं उता बिग्रेकै सडक छ, खै सरावगीजीले सडक कहाँ बनाउनु भएको छ,’ यादवले कटाक्ष कस्दै भने, ‘अरु निकाय, दातृ संस्था र प्रदेश तथा संघ सरकारले गरेको कामलाई आफ्नो भनेर प्रचारबाजी गर्दै हुनुहुन्छ मेयर सरावगी । आफूले एउटा पनि काम गर्न सक्नु भएको छैन ।
जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले आफू निर्वाचित भएर मेयर बनेपछि महानगरमा हुने भ्रष्टचारलाई जरैदेखि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सिंहले महानगरलाई पूर्ण रुपले डिजीटलाइज गरेर नगद कारोबारलाई अन्त्य गर्ने र बिचौलियाले सेवाग्राहीलाई ठग्ने कार्यलाई पनि पूर्ण रुपले खत्ताम पार्ने बताए । उनले नेतृत्वमा पुगेपछि यसअघि भएका सम्पूर्ण गलत कामको फाइल खोलेर हरेक दोषीलाई कारवाही गर्न विभिन्न निकायमा सिफारिस समेत गर्ने बताए ।
कार्यक्रममा उपस्थित स्थानीयहरुले यसअघिको महानगरको नेतृत्वले पाँच वर्षसम्म जनतालाई ठगेको र मुर्ख बनाएको बताउँदै आसन्न निर्वाचनमा छाता छापमा मात्रै मतदान गर्ने बताएका थिए । स्थानीयहरुले “छाता छाप जिन्दावाद”, “जसपा जिन्दवादी”, “छाता छापमा मतदान गरौँ” जस्ता नारा पनि लगाएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि