Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपालको राजनीतिमा भ्रष्टाचार सामान्य जस्तो भएको छ : अध्यक्ष लिङ्देन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २१, २०७९
नेपालको राजनीतिमा भ्रष्टाचार सामान्य जस्तो भएको छ : अध्यक्ष लिङ्देन

वीरगंज, २० वैशाख / राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेपालको राजनीतिमा भ्रष्टाचार सामान्य जस्तो भएको टिप्पणी गरेका छन् । मंगलबार वीरगञ्जमा राप्रपाले आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले माथिदेखि तलसम्म भ्रष्टाचारले जरा गाडेको बताएका हुन् । अध्यक्ष लिङ्देनले भनेका छन्, ‘कर तिर्नपनि घुस खुवाउनुपर्छ । कसैले घुस खायो रे ! कसैले खुवाएर काम लियो रे ! भन्दा तपाईंलाई अचम्म लाग्दैन । किन कि यो त चलन नै भइसकेछ ।’ त्यस्तै उनले अहिलेसम्म शासनसत्ता काँग्रेस र कम्युनिष्टहरुले चलाएकै कारण मुलुकको दूर्गती भएको उल्लेख गर्दै आसन्न निर्वाचनमा ख्याल राखेर मात्र मत दिन आग्रहसमेत गरेका छन् ।

यसका साथै अध्यक्ष लिङ्देनले चुनावमा जनताले राम्रो दल र असल नेता नचुनेसम्म देश र जनता दुवैले दुःख पाइरहने पनि बताएका छन् । उनले भनेका छन्, ‘जबसम्म जनताले राम्रो पार्टी र असल नेता चुन्दैनन्, तबसम्म देशमा बेरोजगारी, गरिबी र अभावबाट जनताले मुक्ती पाउन सक्दैनन् ।’ उनले थपे, ‘तपाईले छोरी दिदाँ हजार पटक सोचेर दिनुहुन्छ । तरपनि कहिले काँही लफङ्गा ज्वाँइ परेर दुःख पाइन्छ तर, तपाईंले दिने एउटा मत गलत नेता वा पार्टीमा परेछ भने पूरै समाज र देशले दुःख पाउँछ । आज त्यहि कुरा भइरहेको छ । त्यसैले बैशाख ३० मा जनताका लागि सुअवसर आइरहेकाले राम्रा दल र असल उम्मेदवारलाई मत दिएर यो अवसर सदुपयोग गरौं ।’

मुलुकलाई थप असफल राष्ट्र बन्नबाट जोगाउनकमा लागि कांग्रेस, एमाले, माओवादी र मधेसवादीको विकल्प खोज्न जरुरी रहेको उनको भनाइ छ । उक्त विकल्प राप्रपा भएको जिकिर गर्दै उनले अबपनि उही पार्टीहरुबाट देश बन्छ, भनेर उक्त पार्टीहरुलाई मतदान गर्नु भनेको आफ्नो भावि सन्तति र देशको भविष्यसमेत विगार्नु रहेको बताए । उनले राप्रपाको मुख्य एजेण्डानै हरेक पालिकामा एउटा तालिम केन्द्र बनाएर सीपमुलक तालिमको व्यवस्था मिलाउने, सस्तो व्याजदरमा ऋण उपलब्ध बनाउने, कृषकले पाउने अनुदान सिधै किसानको खातामा पुग्ने बनाउने, सिंचाई, मल बिउ, कृषको उत्पादनको बजार र भण्डारणको व्यवस्था मिलाउनेलगायत रहेको उल्लेख गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि