वीरगंज, १८ पर्सा / नेकपा (एकीकृत समाजबादी) का वीरगंज महानगर भित्रका विभिन्न वार्डका उम्मेदवारहरुको भेला सम्पन्न भएको छ । पार्टीको महानगर कमिटीद्वरा रोयल पार्टी प्यालेसमा आयोजित उम्मेदवारहरुको भेलाले बर्तमान गठबन्धन प्रती आपती जनाएको छ ।
वीरगंज महानगरमा केन्द्रिय निर्णय बमोजिम बनेको चार दलिय गठबन्धन मध्येका दुई दल जसपा र नेपाली कांग्रेस एक पक्षीय ढंगले अगाडि बढेको बताउँदै भेलाले बर्तमन गठबन्धन प्रती आपती जनएको हो । मेयर र उपमेयरका प्रत्यासीहरुले गठबन्धनमा सम्मेलित प्रत्येक दलका प्रत्येक वार्डका प्रत्यासीहरुसंग समन्वय गर्नुको सटा आ-आफ्ना दलका प्रत्यासीहरुसंग मात्रै समन्वय गरि रहेको हुनाले यो गठबन्धनको औचित्य नरहेको नेकपा एसका उम्मेदवारहरुको ठम्याइ रहेको छ ।
विभिन्न वार्डका प्रत्यासिहरुले गठबन्धनका प्रमुख दलहरुले हाम्रो जनमतको अवहेलना गरि रहेकोले गठबन्धन दलका उम्मेदवारहरुलाई मत हाल्न आफुहरु बाध्य नरहेको समेत बताए । भेलामा केही उम्मेदवारहरुले मन्तव्य राख्दै २०७४ सालको वीरगंज महानगरपालिकाको मत परिणाम अनुसार पहिलो र दोस्रो दल मिलिसकेको हुनाले अन्य कुनै दल वा थप जनमतको आवश्यकता नरहेको बुझाई र घमण्ड जसपा र कांग्रेसमा पलाई सकेको हुनाले आफ्नो जनमतको बैकल्पिक ब्यस्थापनमा लाग्न समेत नेताहरूलाई आग्रह गरेका थिए ।
वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरीको अध्यक्षता भएकाे भेलाले गठबन्धनको नाममा अपमान सहेर गठबन्धनको पछ्लगुवा नबन्ने समेत निर्णय गरेको छ ।
भेलामा पार्टीको पोलिटब्युरो सदस्य एवं वीरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य, जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगरका उपाध्यक्ष मन्जुर आलम, सचिव बृजलाल पासवान, युवा संघ पर्साका इन्चार्ज अनिल पटेल लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !