Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाढीपीडितको पीडा बेवास्ता गरेर कस्तो चाडपर्व ? पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण गठन गर्न माग

आजपा काठमाडौं उपत्यका विशेष कमिटीले शनिबार काठमाडौंको कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै साहले विपद्मा परेका नागरिकको उद्धार, राहत, सुरक्षित पुनर्स्थापना र पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । ‘बाढीपीडितको अवस्था विजोग छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २४, २०८३
बाढीपीडितको पीडा बेवास्ता गरेर कस्तो चाडपर्व ? पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण गठन गर्न माग

काठमाडौँ, २४ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढीपीडितसहित देशभरका प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिन अधिकारसम्पन्न छुट्टै प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन् । दशैं, दीपावली र छठलगायतका चाडपर्व नजिकिँदै गर्दा पनि बाढीपीडितको अवस्था दयनीय रहेको उल्लेख गर्दै अध्यक्ष साहले उनीहरूको पीडालाई बेवास्ता गरेर उत्सव मनाउनुको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीले शनिबार काठमाडौंको कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै साहले विपद्मा परेका नागरिकको उद्धार, राहत, सुरक्षित पुनर्स्थापना र पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । ‘बाढीपीडितको अवस्था विजोग छ । बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व हुन्छ ?’ साहले प्रश्न गरे । उनले विपद्का कारण घरबारविहीन तथा प्रभावित बनेका नागरिकलाई राज्यले अभिभावकत्व प्रदान गर्नुपर्नेमा जोड दिए ।

तत्काल राहत वितरणमा सीमित नभई क्षतिको मूल्यांकन, प्रभावित परिवारको सुरक्षित पुनर्स्थापना र भत्किएका भौतिक संरचनाको पुनर्निर्माणलाई एकीकृत योजनाअन्तर्गत अघि बढाउनुपर्ने उनको भनाइ थियो । भोटेकोशी बाढीबाट प्रभावित नागरिकसहित देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को मारमा परेका परिवारको समस्या समाधान गर्न सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने साहले बताए । यसका लागि आवश्यक अधिकार र स्रोतसाधनसहितको छुट्टै प्राधिकरण गठन गर्नुपर्ने माग उनले दोहोर्‍याए ।

महँगी र कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप
अध्यक्ष साहले चाडपर्वको समयमा बजारमा हुने मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाए । दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र उचित मूल्य सुनिश्चित गर्नुपर्ने भए पनि बजार अनुगमन प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।

खाना पकाउने ग्यासलगायत घरायसी प्रयोजनका अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन सरकार गम्भीर हुनुपर्ने उनले बताए । कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगो मूल्य तिर्न बाध्य बनाउने प्रवृत्तिविरुद्ध कडा निगरानी र कारबाही गर्न उनले माग गरे ।

चाडपर्वमा पनि अत्यावश्यक सेवा २४सै घण्टा सञ्चालन हुनुपर्ने
साहले दशैं, दीपावली र छठका नाममा अत्यावश्यक सार्वजनिक सेवा अवरुद्ध हुन नहुने बताए । स्वास्थ्य सेवा, शान्ति सुरक्षा, विद्युत्, खानेपानी र सञ्चारजस्ता नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सेवा चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

‘दशैं, दीपावली वा छठका नाममा अत्यावश्यक सेवा बन्द गर्न मिल्दैन,’ उनले भने, ‘स्वास्थ्य सेवा र शान्ति सुरक्षा २४सै घण्टा सुनिश्चित हुनुपर्छ ।’ चाडपर्वका बेला ठूलो संख्यामा मानिसको आवागमन हुने भएकाले धार्मिक तथा पर्यटकीय स्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने उनको भनाइ थियो । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउँदै यात्रुको सहज आवागमन सुनिश्चित गर्न सरकार र सुरक्षा निकायले विशेष योजना लागू गर्नुपर्ने उनले बताए ।

यातायातमा मनपरी भाडा असुल्नेमाथि कारबाहीको माग
चाडपर्वमा यात्रुको चाप बढेको मौका छोपेर सार्वजनिक यातायातमा मनपरी भाडा असुल्ने र यात्रुलाई दुःख दिने प्रवृत्ति नियन्त्रण गर्न साहले माग गरे । यसका लागि नियमित अनुगमन, भाडादरको प्रभावकारी कार्यान्वयन र नियम उल्लंघन गर्नेमाथि कारबाही आवश्यक रहेको उनले बताए ।

त्यसैगरी, बाढी, पहिरो तथा अन्य कारणले राजमार्ग र मुख्य सडक अवरुद्ध हुँदा यात्रु लामो समयसम्म अलपत्र पर्ने अवस्था अन्त्य गर्न सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्नुपर्नेमा उनले जोड दिए । सडक अवरोध तत्काल हटाउने, ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष सतर्कता अपनाउनुपर्ने साहको भनाइ थियो ।

आकस्मिक उद्धार तथा राहतका लागि आवश्यक संयन्त्रलाई सक्रिय राख्न र विद्युत्, खानेपानी तथा सञ्चार सेवामा समस्या आउन नदिन पनि उनले आग्रह गरे ।

विपद्पीडित र विपन्न नागरिकप्रति राज्य संवेदनशील बन्नुपर्ने
अध्यक्ष साहले चाडपर्वलाई उत्सवका रूपमा मात्र नभई विपद्मा परेका नागरिकको दुःख र पीडा सम्झने अवसरका रूपमा लिनुपर्ने बताए । राज्यले सबै नागरिकलाई समान व्यवहार गर्दै गरिब, विपन्न तथा विपद्पीडित परिवारको जीवन सहज बनाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले दशैं, दीपावली र छठलगायतका पर्वको शुभकामना दिँदै चाडपर्वका समयमा नागरिकको सुरक्षा, सेवा प्रवाह र दैनिक जीवन सहज बनाउने विषयमा सरकारलाई संवेदनशील बन्न आग्रह गरे । आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष पासाङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका सहअध्यक्ष तिलक थापामगर, उपाध्यक्ष धनकुमारी मगर, महासचिव त्रिभुवन साह, उपमहासचिव देवी पण्डित रेग्मी, प्रवक्ता सुभाष साह र सचिव विजय यादव लगायतका नेताकार्यकर्ताको सहभागिता थियो । कार्यक्रमको सञ्चालन उपत्यका विशेष कमिटीका सचिव रवि ध्वज कार्कीले गरेका थिए ।

Tags: चाडपर्वको उत्सवभन्दा बाढीपीडितको पीडा ठूलो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नाङ्गो तारको करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

नाङ्गो तारको करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

अशोज २५, २०८३
विद्युत् सर्टसर्किटबाट दुई ठाउँमा आगलागी, चार पशुचौपायाको मृत्यु

विद्युत् सर्टसर्किटबाट दुई ठाउँमा आगलागी, चार पशुचौपायाको मृत्यु

अशोज २४, २०८३
१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

अशोज २४, २०८३
चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

अशोज २४, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि