Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

चाडपर्वमा यात्रुको चाप बढ्ने समयलाई लक्षित गर्दै जिल्लाका चार स्थानमा सहायता कक्ष स्थापना गरिएको छ भने चन्द्रनिगाहपुरमा यात्रुका लागि रिफ्रेस सेन्टरसमेत सञ्चालन गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २४, २०८३
चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

गौर (रौतहट), २४ असोज । दसैँ, तिहार तथा छठ पर्वका बेला यात्रुले भोग्नुपर्ने समस्या, सार्वजनिक यातायातमा हुने ठगी र मनपरी भाडा असुली नियन्त्रण गर्ने उद्देश्यले रौतहटमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वमा यात्रुको चाप बढ्ने समयलाई लक्षित गर्दै जिल्लाका चार स्थानमा सहायता कक्ष स्थापना गरिएको छ भने चन्द्रनिगाहपुरमा यात्रुका लागि रिफ्रेस सेन्टरसमेत सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए । उनका अनुसार चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर मेनचोक, गरुडा नगरपालिका–४ को गरुडा बजार, बौधीमाई नगरपालिका–७ को बंकुल चोक र गौर नगरपालिका–८ स्थित गौर बसपार्कमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने र यही अवसरमा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने सम्भावना रहेकाले उनीहरूको यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको थापामगरले बताए । सहायता कक्षमार्फत यात्रुले सार्वजनिक सवारीसाधनमा बढी भाडा असुलिएको, ठगीमा परेको वा यात्राका क्रममा अन्य समस्या भोग्नुपरेको विषयमा प्रहरीलाई जानकारी गराउन सक्नेछन् । यात्रुका गुनासा सुन्ने र आवश्यक सहजीकरण गर्ने माध्यमका रूपमा सहायता कक्षले काम गर्ने प्रहरीको अपेक्षा छ ।

यसैबीच, लामो दूरीको यात्रा गर्ने यात्रुलाई आराम तथा आधारभूत सुविधा उपलब्ध गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरअगाडि रिफ्रेस सेन्टर पनि सञ्चालनमा ल्याइएको छ । उक्त सेन्टरमा शुद्ध खानेपानी र शौचालयको सुविधा उपलब्ध गराइएको प्रहरी निरीक्षक थापामगरले बताए ।

प्रहरीका अनुसार सहायता कक्ष र रिफ्रेस सेन्टर सञ्चालनले यात्रुको समस्या समाधान गर्न, सडक सुरक्षा कायम राख्न तथा चाडपर्वका बेला यातायात व्यवस्थापन प्रभावकारी बनाउन सहयोग पुग्नेछ । प्रहरीले यात्राका क्रममा ट्राफिक नियम पालना गर्न, सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न तथा बढी भाडा असुली वा अन्य समस्या भए नजिकैको यात्रु सहायता कक्षमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय रौतहट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नाङ्गो तारको करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

नाङ्गो तारको करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

अशोज २५, २०८३
विद्युत् सर्टसर्किटबाट दुई ठाउँमा आगलागी, चार पशुचौपायाको मृत्यु

विद्युत् सर्टसर्किटबाट दुई ठाउँमा आगलागी, चार पशुचौपायाको मृत्यु

अशोज २४, २०८३
१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

अशोज २४, २०८३
चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

अशोज २४, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि