Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भोटेकोशी-त्रिशूली बाढीः ५८ जनाको उद्धार, अन्यको खोजी तीब्र, सडक खुलाउनेदेखि स्वास्थ्य सेवासम्म

२०८३ भाद्र १९ गते साँझ ७ बजेसम्म नेपाली सेनाका ७ तथा गैरसैनिक ६ वटा हवाई साधन परिचालन गरी विभिन्न प्रभावित क्षेत्रबाट ५८ जनाको उद्धार गरिएको छ । बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र समेत मानिसहरू फसेपछि सुरुङ केन्द्रित उद्धार अभियानलाई विशेष प्राथमिकता दिइएको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
भदौ १९, २०८३
भोटेकोशी-त्रिशूली बाढीः ५८ जनाको उद्धार, अन्यको खोजी तीब्र, सडक खुलाउनेदेखि स्वास्थ्य सेवासम्म

वीरगंज (पर्सा), १९ भदौ । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, गैरसैनिक जनशक्ति तथा सम्बन्धित जलविद्युत् आयोजनाका टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भई सुरुङ, खोला, बस्ती, जंगल तथा पहाडी क्षेत्रमा खोजी तथा उद्धार गरिरहेका छन् ।

२०८३ भाद्र १९ गते साँझ ७ बजेसम्म नेपाली सेनाका ७ तथा गैरसैनिक ६ वटा हवाई साधन परिचालन गरी विभिन्न प्रभावित क्षेत्रबाट ५८ जनाको उद्धार गरिएको छ । बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र समेत मानिसहरू फसेपछि सुरुङ केन्द्रित उद्धार अभियानलाई विशेष प्राथमिकता दिइएको छ ।

त्रिशूली–३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत वीरेन्द्र अस्पताल छाउनी ल्याएको छ । खोजीका क्रममा सुरुङबाट एक शवसमेत निकालिएको छ भने अन्य सम्भावित व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ ।

त्यस्तै, त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक ३ जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र निवास रहेको क्षेत्रमा करिब १५ फिट गहिरो खाडल खनेर खोजी गरेको छ । हालसम्म त्यहाँबाट केही फेला नपरेको जनाइएको छ । त्रिशूली–३ एसँग ‘लिङ्कअप’ गराउन एक्साभेटरको प्रयोग गरी करिब ७०० मिटर बाटो सफा गर्ने काम समेत गरिएको छ ।

लाङटाङ हाइड्रोको सुरुङमा दुई शव फेला
लाङटाङ हाइड्रोमा नेपाली सेनाका २५ जना तथा दुई गैरसैनिक सदस्यसहितको संयुक्त टोलीले सुरुङभित्र प्रवेश गरी दुई वटा शव फेला पारेको छ । त्यहाँ थप खोज तथा उद्धार कार्य जारी रहेको छ । चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र ‘मड पम्प’ प्रयोग गरी सुरुङभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ । टोलीले पुनः १०० मिटर भित्रसम्म पुगेर खोजी अघि बढाएको छ ।

यसैगरी, माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले र्‍याफ्ट र बोटको प्रयोग गर्दै खोजी गरिरहेको छ । सुरुङमा जम्मा भएको पानी निकाल्ने कार्यसमेत भइरहेको छ ।

तादी नदीमा पुल जडानका लागि सेनाको टोली परिचालन
बाढीबाट क्षतिग्रस्त तथा अवरुद्ध यातायात सम्पर्क पुनःस्थापित गर्ने उद्देश्यले देवीघाटस्थित तादी नदीमा पुल जडानको तयारीसमेत अघि बढाइएको छ । नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना जनशक्ति खटिएर पुल जडानका लागि बेस निर्माण गरिरहेका छन् । त्यहाँ जडान गर्न गजुरीमा रहेको एक्रो ब्रिजका केही भाग त्रिशूली पुर्‍याइसकिएको छ भने बाँकी आवश्यक सामग्रीसमेत ढुवानी भइरहेको छ ।

प्रभावित बस्तीमा पैदल गस्ती गर्दै स्वास्थ्य सेवा
जमिनबाट हुने खोज तथा उद्धारलाई समेत निरन्तरता दिइएको छ । प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीहरूमा पैदल गस्ती गर्दै स्थानीय बासिन्दालाई सुरक्षा प्रत्याभूति दिलाउने तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको छ । चिकित्सक अधिकृतसहितको टोलीले प्रभावित नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् । परिचालित टोलीले समन्वयात्मक रूपमा घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारलगायतका कामलाई निरन्तरता दिइरहेको छ ।

हवाई उद्धारदेखि सुरुङभित्रको जोखिमपूर्ण खोजी र जमिनमा व्यापक परिचालनसम्मका अभियान तीव्र भइरहे पनि जलविद्युत् आयोजनाका सुरुङ तथा बाढी प्रभावित दुर्गम क्षेत्रमा थप व्यक्ति फसेको हुनसक्ने आशंकाबीच खोजी कार्यलाई निरन्तरता दिइएको छ । यो समाचार नेपाली सेनाको आधिकारिक फेसबुक पेजमा उपलब्ध गराइएको विवरणको आधारमा तयार पारिएको छ ।

Tags: भोटेकोशी बाढीको कहर: हवाई उद्धारदेखि सुरुङ खोतल्नेसम्म अभियान तीव्र
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राहतका नाममा निजी खातामा रकम उठाउन रोक, अवैध गतिविधि गर्नेलाई कारबाहीको चेतावनी

राहतका नाममा निजी खातामा रकम उठाउन रोक, अवैध गतिविधि गर्नेलाई कारबाहीको चेतावनी

भदौ १९, २०८३
बाढीमा सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही र भातका ३९ जनाको विवरण सार्वजनिक

बाढीमा सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही र भातका ३९ जनाको विवरण सार्वजनिक

भदौ १९, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

बाढीमा सम्पर्कविहीन भएका परिवारमा निराशा, अझैपनि मधेशका १८० जना बेपत्ता

भदौ १९, २०८३
वीरगंजबाट राहत बोकेर रसुवा पुगे जेनजी, ३ सय परिवारलाई सहयोग

वीरगंजबाट राहत बोकेर रसुवा पुगे जेनजी, ३ सय परिवारलाई सहयोग

भदौ १९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि