Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अरूलाई बचाउँदा आफैं सुरुङमा फसेः १० दिनपछि जीवितै फर्किए संजय र कबीर, सयौँ परिवारमा आशा

शुक्रबार बिहान आयोजनाको सुरुङबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का सञ्जयकुमार साह र कवीर महर्जनलाई सकुशल उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये साह मेकानिकल फोरम्यान तथा महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए । उनीहरू भदौ १० गते भोटेकोशीमा आएको बाढीका क्रममा आयोजनाको प्राविधिक काममा संलग्न रहेकै अवस्थामा सुरुङभित्र थुनिएका थिए ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
भदौ १९, २०८३
अरूलाई बचाउँदा आफैं सुरुङमा फसेः १० दिनपछि जीवितै फर्किए संजय र कबीर, सयौँ परिवारमा आशा

वीरगंज (पर्सा), १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि सम्पर्कविहीन रहेका दुई जनालाई नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले जीवितै उद्धार गरेपछि निराश बन्दै गएका परिवारमा आशाको किरण पलाएको छ ।

शुक्रबार बिहान आयोजनाको सुरुङबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का सञ्जयकुमार साह र कवीर महर्जनलाई सकुशल उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये साह मेकानिकल फोरम्यान तथा महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए । उनीहरू भदौ १० गते भोटेकोशीमा आएको बाढीका क्रममा आयोजनाको प्राविधिक काममा संलग्न रहेकै अवस्थामा सुरुङभित्र थुनिएका थिए ।

सञ्जय जीवितै भेटिएको खबरले सप्तरीस्थित उनको परिवारमा १० दिनदेखि चलिरहेको रुवाबासी एकाएक खुसीमा परिणत भएको छ । बाढीपछि छोराको अवस्थाबारे कुनै जानकारी नपाउँदा उनका बुबा देवसाह, आमा कपुरदेवी, श्रीमती लक्ष्मी तथा भाइबहिनी निरन्तर चिन्तामा थिए । सञ्जय जीवितै उद्धार भएको खबर सुनेपछि भने परिवारजन काठमाडौंस्थित अस्पतालतर्फ लागेका छन् ।

सञ्जयका भाइ सञ्जीवका अनुसार उद्धारको खबर सुन्दा बुबा भावविह्वल बनेका थिए । केही दिनदेखि निराश बनेको परिवारमा अचानक खुसी छाएको उनले बताए । श्रीमती लक्ष्मीलाई श्रीमान् बेपत्ता भएपछि सम्हालिन कठिन भएपछि माइती पठाइएको थियो ।

अरूलाई बचाउँदा आफैं फसे
सञ्जयको उद्धारसँगै उनको साहस र कर्तव्यनिष्ठाको कथा पनि सार्वजनिक भएको छ । बाढी र दुर्घटनाको समयमा उनी आयोजनाको कन्ट्रोल रुममा कार्यरत थिए । कन्ट्रोल रुममा आफू जिम्मेवार व्यक्ति भएकाले एक्लै भागेर आफ्नो ज्यान जोगाउनुको सट्टा अरू कर्मचारीलाई सुरक्षित स्थानतर्फ पठाउन उनी लागिपरे ।

उद्धारपछि नेपाली सेनाका अधिकारीहरूसँग कुरा गर्दै सञ्जयले आफूले सबैलाई बाहिर भाग्न लगाएको तर अरूलाई बचाउने क्रममा आफ्नो समय बितेकाले अन्तिममा आफू बाहिर निस्कन नसकेको बताएका छन् । ‘कन्ट्रोल रुममा काम गर्थेँ । म भएपछि मेरो कर्तव्य सबैको ज्यान बचाउनु थियो । दुर्घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्‍यो,’ उनले भनेका छन् ।

सबैलाई बाहिर निकाल्ने प्रयास गर्दागर्दै रात परेपछि आफू सुरुङभित्रै फसेको उनले बताएका छन् । लामो समयसम्म अँध्यारो सुरुङभित्र बस्दा आफूले भगवान्को महामन्त्र जपेर समय बिताएको र त्यसैले आफू बाँच्न सफल भएको उनको विश्वास छ ।

‘टनेलभित्र अझै धेरै जना हुन सक्छन्‌’
सुरुङबाट बाहिर आएपछि सञ्जयले उद्धारकर्मीलाई दिएको जानकारीले भने उद्धारको चुनौती अझै सकिएको छैन भन्ने संकेत गरेको छ । उनका अनुसार बाढी आउनुअघि आयोजनाको उक्त क्षेत्रमा करिब ४० देखि ४५ जना मानिस रहेको हुन सक्ने अवस्था थियो । आफूले नजिकै रहेका तीन–चार जना साथीहरूसँग मात्र सम्पर्क गर्न सकेको र लामो सुरुङ तथा पावरहाउसतर्फ पनि मानिसहरू फसेको हुन सक्ने उनले बताएका छन् ।

‘टनेल लामो छ । त्यहाँ पानी पनि भित्र पसेको होला,’ उनले उद्धारकर्मीहरूसँग भनेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङभित्र रहेको विद्युत् गृह क्षेत्रमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ । उद्धार गरिएका दुई जनालाई पावरहाउस पुग्ने सुरुङको बाटोबाट जीवितै फेला पारिएको आयोजनाका प्रमुख आवास ओझाले बताएका छन् । तर, उनीहरूलाई पावरहाउसबाट कति दूरीमा भेटिएको थियो भन्ने अँध्यारोका कारण यकिन गर्न नसकिएको उनले बताए ।

सञ्जयले सुरुङभित्र सबैजना जीवित रहेको हुन सक्ने बताएपनि वास्तविक रूपमा कति जना कहाँ छन् भन्ने यकिन हुन सकेको छैन । त्यसैले बाँकी सुरुङमा फसेकाहरूको खोजी र उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ ।

१० दिनपछि फर्किएको खुसी
भदौ १० गते बिहान परिवारसँग अन्तिम पटक कुरा गरेपछि सञ्जय सम्पर्कविहीन भएका थिए । बाढी आएको खबर पाएपछि परिवारले पटक–पटक उनको मोबाइलमा फोन गर्‍यो, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका नामावली र उद्धारसम्बन्धी समाचार हेर्दै उनको अवस्थाबारे जानकारी पाउने प्रतीक्षा गर्‍यो । दिन बित्दै जाँदा आशा कमजोर हुँदै गएको थियो ।

तर, १० दिनपछि सुरुङभित्रबाट जीवितै बाहिर निस्किएको खबरले परिवारको लामो पीडा खुसीमा बदलियो । उनकी बहिनी सुधाले सञ्जय सुरक्षित भेटिएको खबरले अन्य सम्पर्कविहीनका परिवारमा समेत नयाँ आशा जगाएको बताइन् । ‘मेरो दाइ सुरुङभित्र सुरक्षित भेटिएजस्तै अरू सम्पर्कविहीनहरू पनि सुरक्षित भेटिऊन्,’ उनको कामना छ ।

कवीर महर्जनको परिवारमा पनि यस्तै खुसी छाएको छ । उनका भाइ अमिर महर्जनले १० दिनपछि दाइ जीवितै उद्धार भएको खबरले परिवारमा खुसीको सीमा नै नरहेको बताए । उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र उद्धार विशेषज्ञप्रति आभार व्यक्त गरेका छन् ।

उद्धारले जगायो नयाँ आशा
भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजना तथा सुरुङमा फसेका र सम्पर्कविहीन रहेका व्यक्तिका परिवारका लागि सञ्जय र कवीरको जीवित उद्धार ठूलो आशाको खबर बनेको छ । गृहमन्त्री सुधन गुरुङले पनि १० दिनपछि दुई जनाको जीवित उद्धार हुनुलाई ‘आशाको किरण’ भनेका छन् । उद्धार टोलीहरू अझै पनि अन्य सुरुङमा निरन्तर खोजी तथा उद्धारमा खटिरहेको उनले बताएका छन् । उद्धार गरिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

भोटेकोशी बाढीले सिर्जना गरेको त्रासदीबीच १० दिनसम्म अँध्यारो सुरुङमा जीवनसँग संघर्ष गरेर बाहिर आएका सञ्जयका लागि यो वास्तवमै ‘दोस्रो जीवन’ हो । तर, उनको जीवित उद्धारले उनी र उनको परिवारलाई मात्र होइन, अझै आफ्ना आफन्तको खबरको प्रतीक्षामा रहेका कैयौँ परिवारलाई पनि एउटै सन्देश दिएको छ आशा अझै बाँकी छ ।

Tags: मृत्युको सुरुङबाट फर्किएको जीवन: १० दिनपछि सकुशल उद्धार
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राहतका नाममा निजी खातामा रकम उठाउन रोक, अवैध गतिविधि गर्नेलाई कारबाहीको चेतावनी

राहतका नाममा निजी खातामा रकम उठाउन रोक, अवैध गतिविधि गर्नेलाई कारबाहीको चेतावनी

भदौ १९, २०८३
बाढीमा सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही र भातका ३९ जनाको विवरण सार्वजनिक

बाढीमा सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही र भातका ३९ जनाको विवरण सार्वजनिक

भदौ १९, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

बाढीमा सम्पर्कविहीन भएका परिवारमा निराशा, अझैपनि मधेशका १८० जना बेपत्ता

भदौ १९, २०८३
वीरगंजबाट राहत बोकेर रसुवा पुगे जेनजी, ३ सय परिवारलाई सहयोग

वीरगंजबाट राहत बोकेर रसुवा पुगे जेनजी, ३ सय परिवारलाई सहयोग

भदौ १९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि