Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरको बजेट ४ अर्ब ४२ करोड बढीः पूर्वाधारदेखि डिजिटल सुशासनसम्म प्राथमिकता

प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ छुट्याइएको छ । महानगरले बजेटका लागि विभिन्न स्रोत पहिचान गरेको छ । संघीय सरकारबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने राजस्व बाँडफाँडबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ आउने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १०, २०८३
वीरगंज महानगरको बजेट ४ अर्ब ४२ करोड बढीः पूर्वाधारदेखि डिजिटल सुशासनसम्म प्राथमिकता

वीरगंज (पर्सा), १० असार । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगर प्रमुख राजेशमानसिंह निलम्बनमा रहेकाले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेका उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा सम्पन्न २०औँ नगरसभामा वडा नं. ४ का अध्यक्ष जगतप्रसाद कानुले बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ छुट्याइएको छ ।

महानगरले बजेटका लागि विभिन्न स्रोत पहिचान गरेको छ । संघीय सरकारबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने राजस्व बाँडफाँडबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ आउने अपेक्षा गरिएको छ । त्यसैगरी प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ लाख २८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ७६ लाख १४ हजार रुपैयाँ तथा घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । महानगरले आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने गत वर्षको मौज्दात रकम ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ र नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यवस्थापन गर्ने जनाएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा महानगरले पूर्वाधार विकास, आर्थिक समृद्धि, सामाजिक क्षेत्रको सुदृढीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ । कार्यवाहक प्रमुख आलमले वीरगंजलाई डिजिटल प्रविधिमा आधारित, सुशासनयुक्त, नागरिकमैत्री सेवा प्रणाली भएको, हरित तथा दिगो सहरी संरचनायुक्त, लगानी र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताए ।

उनका अनुसार दिगो विकास लक्ष्यलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आधुनिक र गुणस्तरीय सहरी पूर्वाधार निर्माण, व्यवस्थित बस्ती विकास, शिक्षा तथा स्वास्थ्य सेवाको स्तर उकास्ने कार्यक्रम अघि बढाइनेछ । कृषि तथा उद्यम विकास, लगानी र पर्यटन प्रवद्र्धन, सामाजिक सुरक्षा, समावेशी विकास तथा वातावरण संरक्षणलाई पनि उच्च प्राथमिकता दिइएको छ ।

महानगरले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री प्रशासन, प्रक्रियागत सुधार, नागरिक सहभागितामा आधारित विकास व्यवस्थापन तथा सार्वजनिक स्रोत–साधनको पारदर्शी र परिणाममुखी परिचालनमा विशेष जोड दिएको छ । साथै आन्तरिक आय वृद्धि गरी आर्थिक आत्मनिर्भरता सुदृढ गर्ने लक्ष्यसमेत लिइएको छ ।

कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउन आधुनिक प्रविधिको प्रयोग बढाइने नीति महानगरले अघि सारेको छ । मुख्य खाद्यान्न बाली गहुँको उत्पादन वृद्धि गर्न कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउ उपलब्ध गराइनेछ । जलवायु परिवर्तन, रासायनिक मलको अत्यधिक प्रयोग तथा बालीमा देखिने आकस्मिक रोग–कीरा नियन्त्रणका लागि ‘आकस्मिक बाली संरक्षण कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।

त्यसैगरी कृषकलाई नवीन प्रविधिसँग जोड्न वर्षे तथा हिउँदे मिनीकिट वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ भने सहरी क्षेत्रमा च्याउ खेती विस्तार गर्न च्याउको बीउ वितरणलाई प्राथमिकता दिइने जनाइएको छ । शिक्षा क्षेत्रतर्फ महानगरले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी भर्नादर शतप्रतिशत पुर्‍याउन समन्वय, सहकार्य, अनुगमन र मूल्याङ्कनलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

महानगरको नयाँ बजेट र नीति तथा कार्यक्रमले पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, डिजिटल प्रशासन र सुशासनमार्फत वीरगंजलाई आधुनिक तथा आर्थिक रूपमा सबल महानगरका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गरेको छ ।

Tags: वीरगंज महानगरको बजेट: पूर्वाधार शिक्षा र कृषिलाई विशेष प्राथमिकता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि