Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारागढी गापाको ३९ करोड ७७ लाख बजेट सार्वजनिक, कृषि, शिक्षा र पूर्वाधारमा विशेष प्राथमिकता

सार्वजनिक विवरणअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ५७ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १५ करोड ६० लाख रुपैयाँ, राजस्व बाँडफाँडतर्फ ८ करोड ७९ लाख १९ हजार रुपैयाँ तथा विशेष अनुदानतर्फ ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ८, २०८३
बारागढी गापाको ३९ करोड ७७ लाख बजेट सार्वजनिक, कृषि, शिक्षा र पूर्वाधारमा विशेष प्राथमिकता

खोपवा (बारा), ८ असार । बारा जिल्लाको बारागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड ७७ लाख ६५ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित गाउँसभामार्फत दोस्रो कार्यकालको नवौं नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।

‘सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा स्वरोजगार बारागढीको मूल आधार’ भन्ने नारासहित सार्वजनिक गरिएको बजेटले समग्र विकास, सेवा प्रवाह सुधार तथा स्थानीयस्तरमा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।

बजेटको मुख्य स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान र राजस्व बाँडफाँड रहेको छ । सार्वजनिक विवरणअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ५७ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १५ करोड ६० लाख रुपैयाँ, राजस्व बाँडफाँडतर्फ ८ करोड ७९ लाख १९ हजार रुपैयाँ तथा विशेष अनुदानतर्फ ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ६८ लाख ३० हजार रुपैयाँ, राजस्व बाँडफाँडतर्फ ४१ लाख ३१ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ ४० लाख रुपैयाँ, विशेष अनुदानतर्फ ३० लाख रुपैयाँ तथा समपूरक अनुदानतर्फ ३० लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ भने गत आर्थिक वर्षको बैंक मौज्दात १ करोड रुपैयाँ समेत समावेश गरी कुल बजेटको आकार निर्धारण गरिएको जनाएको छ ।

खर्चतर्फ चालु तथा प्रशासनिक कार्य सञ्चालनका लागि ९ करोड ५९ लाख १६ हजार रुपैयाँ विनियोजन गरिएको छ । विकास निर्माण तथा पूँजीगत कार्यक्रम सञ्चालनका लागि १२ करोड १५ लाख ५१ हजार रुपैयाँ छुट्याइएको छ । यस्तै संघीय सरकारबाट प्राप्त सशर्त, समपूरक तथा विशेष अनुदानअन्तर्गत १७ करोड ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानअन्तर्गत १ करोड रुपैयाँ खर्च गरिनेछ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट शिक्षा, कृषि, पशुपालन, स्वास्थ्य सेवा, खानेपानी तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर तयार गरिएको जनाएको छ । स्थानीयस्तरको आर्थिक तथा सामाजिक विकासलाई गति दिने उद्देश्यसहित बजेट तर्जुमा गरिएको गाउँपालिकाको भनाइ छ ।

Tags: बारागढी गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि