Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमा जिल्ला अधिवेशनबिनै रास्वपाको महाधिवेशनः प्रवक्ता झाको भूमिकामाथि प्रश्न !

रास्वपाले देशभर ४ हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ । तर मधेश प्रदेशमा भने पर्साबाहेक अन्य जिल्लाको अधिवेशन प्रक्रिया विवादका कारण प्रभावित बन्यो । दुई पक्षबीचको विवाद, झडप तथा तोडफोडका घटना भएपछि निर्वाचन आयोगले मधेशका जिल्ला तथा प्रदेश अधिवेशन स्थगित गरेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ८, २०८३
मधेशमा जिल्ला अधिवेशनबिनै रास्वपाको महाधिवेशनः प्रवक्ता झाको भूमिकामाथि प्रश्न !

वीरगंज (पर्सा), ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम केन्द्रीय महाधिवेशन चितवनको भरतपुरमा जारी रहँदा मधेश प्रदेश भने संगठनात्मक विवादका कारण चर्चाको केन्द्रमा परेको छ । देशभर वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न भएर महाधिवेशन प्रतिनिधि छनोट भइरहँदा मधेशका अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया विवादमा फसेपछि जिल्ला र प्रदेश तहबाट निर्वाचित प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन सकेनन् ।

रास्वपाले देशभर ४ हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ । तर मधेश प्रदेशमा भने पर्साबाहेक अन्य जिल्लाको अधिवेशन प्रक्रिया विवादका कारण प्रभावित बन्यो । दुई पक्षबीचको विवाद, झडप तथा तोडफोडका घटना भएपछि निर्वाचन आयोगले मधेशका जिल्ला तथा प्रदेश अधिवेशन स्थगित गरेको थियो । महाधिवेशनअघि पार्टी सभापति रवि लामिछानेले मधेश प्रदेशबाट निर्वाचित सांसदहरूसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल गरेका थिए । छलफलमा सहभागी नेताहरूले मधेशमा उत्पन्न संगठनात्मक संकट, प्रदेश नेतृत्वको भूमिका तथा सांसदहरूको हस्तक्षेपबारे गुनासो गरेका थिए ।

पार्टीभित्र मधेश प्रदेश सभापति तपेश्वर यादवको कार्यशैलीमाथि प्रश्न उठाइएको छ । केही नेताहरूले संगठन विस्तारमा सक्रिय कार्यकर्तालाई पाखा लगाइएको, अधिवेशन प्रक्रियामा हस्तक्षेप भएको तथा गुटगत राजनीति बढेको आरोप लगाएका छन् । त्यसैगरी, पार्टीका केन्द्रीय प्रवक्ता तथा धनुषा–३ बाट निर्वाचित सांसद मनिष झाको भूमिकालाई लिएर पनि मधेशमा लामो समयदेखि विवाद रहँदै आएको छ । मधेशका केही जिल्ला नेताहरूले झाले संगठनलाई एकताबद्ध बनाउनुको सट्टा गुटगत राजनीति मौलाउन दिएको आरोप लगाएका छन् ।

स्रोतका अनुसार २०८० सालमै मधेशका जिल्ला संयोजक तथा उपसंयोजकहरूको बैठकले मनिष झालाई ‘राइट टु रिकल’ प्रक्रियामार्फत सांसद पदबाट फिर्ता बोलाउने प्रस्तावसमेत पारित गरेको थियो । वीरगञ्जमा भएको उक्त बैठकमा सहभागी अधिकांश जिल्ला प्रतिनिधिहरूले झाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

मधेशका नेताहरूका अनुसार धनुषा, महोत्तरी, रौतहट, बारा, सिरहा लगायत जिल्लामा अधिवेशन गराउने प्रयास भए पनि नेतृत्वबीचको अविश्वास र शक्ति संघर्षका कारण प्रक्रिया सफल हुन सकेन । कतिपय स्थानमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भए पनि अन्ततः विवाद चर्किँदै गएको उनीहरूको भनाइ छ । महाधिवेशनमा सहभागी मधेशका केही प्रतिनिधिहरूले प्रदेश सभापति तपेश्वर यादव र केन्द्रीय तहका नेताहरूबीचको शक्ति संघर्षले संगठन कमजोर बनेको आरोप लगाएका छन् । उनीहरूका अनुसार अधिवेशन प्रक्रिया प्रभावित हुनुको मुख्य कारण नेतृत्व तहमा देखिएको असमझदारी हो ।

रास्वपाले २०७९ सालपछि मधेशमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गर्दै आएको भए पनि हाल देखिएको आन्तरिक विवादले संगठनात्मक संरचनामै असर पुगेको छ । महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी भइरहँदा मधेशका जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरू अनुपस्थित हुनु पार्टीका लागि ठूलो राजनीतिक सन्देशका रूपमा हेरिएको छ । मधेशका नेताहरूले महाधिवेशनपछि जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरी संगठनलाई पुनर्गठन गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार मधेशमा देखिएको विवाद समाधान नगरे पार्टीको संगठन विस्तार र राजनीतिक प्रभाव दुवैमा नकारात्मक असर पर्न सक्छ ।

Tags: महाधिवेशनको उत्सवबीच मधेसमा असन्तुष्टिको विस्फोट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि