Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भैंसी गोठमा सुतिरहेका वृद्धको घाँटी रेटेर हत्या

प्रहरीका अनुसार यादव आफ्नै भैंसी गोठमा सुतिरहेका बेला राति करिब १२ बजे अपरिचित व्यक्तिहरूको समूहले उनको घाँटीमा धारिलो हतियार प्रहार गरेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ७, २०८३
भैंसी गोठमा सुतिरहेका वृद्धको घाँटी रेटेर हत्या

बसवरिया (सर्लाही), ७ असार । सर्लाहीमा भैंसी गोठमा सुतिरहेका एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
बसबरिया गाउँपालिका–१ मानपुर निवासी ५२ वर्षीय होशनारायण राय यादवको शनिबार मध्यराति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार यादव आफ्नै भैंसी गोठमा सुतिरहेका बेला राति करिब १२ बजे अपरिचित व्यक्तिहरूको समूहले उनको घाँटीमा धारिलो हतियार प्रहार गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई परिवारका सदस्यले उपचारका लागि अस्पताल लैजाने प्रयास गरेका थिए । तर, बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । हत्याको कारण तथा घटनामा संलग्न व्यक्तिहरूको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीले घटनाबारे गहन अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको छ ।

मृतकका जेठा छोरा सुवासकुमार यादवले आफ्ना बुबा सरल र शान्त स्वभावका व्यक्ति रहेको तथा कसैसँग कुनै प्रकारको व्यक्तिगत विवाद नरहेको बताए । उनले हत्याको कारणबारे परिवारसमेत अन्योलमा रहेको उल्लेख गरे । घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ । प्रहरीले घटनाका सबै पक्षबाट अनुसन्धान अघि बढाएको र दोषीलाई कानुनी दायरामा ल्याउन प्रयास भइरहेको जनाएको छ ।

Tags: वृद्धको घाँटी रेटेर हत्या
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि