Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कमला नदीको डाइभर्सन भासियो, सिरहा-धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

सिरहाको बसबिट्टा क्षेत्रतर्फ करिब एक करोड २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको तारजाली तथा माटोयुक्त अस्थायी डाइभर्सन केही महिनाअघि मात्रै सञ्चालनमा ल्याइएको थियो । तर वर्षा र नदीको बढ्दो बहावका कारण संरचना कमजोर बन्दै गएपछि आइतबारदेखि पूर्ण रूपमा प्रयोगविहीन बनेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ७, २०८३
कमला नदीको डाइभर्सन भासियो, सिरहा-धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

जनकपुरधाम (धनुषा), ७ असार । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीस्थित अस्थायी डाइभर्सन भासिएपछि आइतबार बिहानदेखि दुवै जिल्लाबीचको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । गएरातिको वर्षापछि कमला नदीको बहाव बढ्दा डाइभर्सनको ठूलो भाग थप भासिएको हो । यससँगै बिहानदेखि सवारीसाधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको स्थानीयवासीले बताएका छन् ।

सिरहाको बसबिट्टा क्षेत्रतर्फ करिब एक करोड २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको तारजाली तथा माटोयुक्त अस्थायी डाइभर्सन केही महिनाअघि मात्रै सञ्चालनमा ल्याइएको थियो । तर वर्षा र नदीको बढ्दो बहावका कारण संरचना कमजोर बन्दै गएपछि आइतबारदेखि पूर्ण रूपमा प्रयोगविहीन बनेको छ । स्थानीयका अनुसार डाइभर्सन क्षतिग्रस्त भएपछि सिरहा–धनुषा आवागमन प्रभावित भएको छ ।

केही मोटरसाइकल चालकले जोखिम मोलेर नदी पार गर्ने प्रयास गरे पनि सुरक्षा जोखिमका कारण आवतजावत रोकिएको छ । सवारी आवागमन बन्द भएपछि सर्वसाधारण डुङ्गाको भरमा नदी वारपार गर्न बाध्य भएका छन् । सिरहा नगरपालिका–५ स्थित बसबिट्टा घाटमा हाल डुङ्गामार्फत यात्रु ओसारपसार भइरहेको छ । वडाध्यक्ष इन्द्रजित यादवले यात्रुहरूले नदी पार गर्न प्रतिव्यक्ति १५० रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको जानकारी दिए । डाइभर्सन बन्द भएपछि दैनिक कामकाज, व्यापारिक गतिविधि तथा विद्यार्थीहरूको आवागमनमा समेत समस्या उत्पन्न भएको उनले बताए ।

यसैबीच, कमला नदीमाथि निर्माणाधीन पुल वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुलको ठेक्का २०६८ सालमै सम्झौता भए पनि पटकपटक म्याद थपिँदा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन । बाढी, प्राविधिक समस्या तथा निर्माणमा भएको ढिलाइका कारण परियोजना लामो समयदेखि अधुरो रहेको स्थानीयको गुनासो छ । हरेक वर्ष वर्षायाममा डाइभर्सन बग्ने वा भासिने समस्या दोहोरिने गरेकाले स्थानीयवासीले स्थायी समाधानका लागि पुल निर्माण कार्य शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

स्थानीयको भनाइमा, पुल निर्माणमा भएको ढिलाइले वर्षेनी हजारौं नागरिकलाई सास्ती खेप्न बाध्य बनाएको छ । डाइभर्सन बन्द भएसँगै पुनः एकपटक सिरहा र धनुषावासीले आवागमनको गम्भीर समस्या झेल्नुपरेको छ ।

Tags: कमला नदीको डाइभर्सन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि