Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतीय एसएसबीले कडाई गरेपछि सीमावर्ती क्षेत्रमा आवतजावत गर्न समस्या

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ६, २०८३
भारतीय एसएसबीले कडाई गरेपछि सीमावर्ती क्षेत्रमा आवतजावत गर्न समस्या

कलैया (बारा), ६ असार । बाराको मटिअर्वा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सुरक्षा जाँचमा कडाइ गरेपछि सीमावर्ती क्षेत्रमा आवत–जावत गर्ने नेपालीहरू समस्यामा परेका छन् । पछिल्लो दुई दिनदेखि भारतीय पक्षले नाकामा कडाइ गर्न थालेपछि नेपाली नागरिकहरूलाई घण्टौँ लाइनमा उभिनुपर्ने बाध्यता भएको छ ।

कलैया उपमहानगरपालिका–१० सँग जोडिएको यो नाकाबाट भारतको आदापुर बजार जाने नेपालीहरू बढी प्रभावित भएका छन् । स्थानीयवासीका अनुसार पहिले सहज रूपमा आवत–जावत हुने गरे पनि अहिले एसएसबीले नेपालीको नागरिकता र सवारीसाधनका कागजात कडाइका साथ जाँच गर्न थालेको छ ।

सीमावर्ती नेपाली उपभोक्ताहरू दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा, कस्मेटिक र अन्य सामान खरिदका लागि पुस्तौनी देखि नै सीमावर्ती भारतीय बजारहरूमा जाने गरेका हुन् । तर हाल किनमेल गरेर फर्किँदा पनि भारतीय पक्षबाटै सामान जाँचमा कडाइ गरिएको स्थानीयको भनाइ छ ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले मटिअर्वा नाकामा एसएसबीले सुरक्षा जाँच कडाइ गरेको जानकारी सशस्त्र प्रहरीमार्फत प्राप्त भएको बताएका छन् । उनले यस विषयमा भारतीय पक्षसँग बुझ्ने तयारी भइरहेको समेत जनाएका छन् ।

Tags: बाराको मटिअर्वा नाका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास

असार ६, २०८३
मधेश प्रदेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

मधेश प्रदेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

असार ६, २०८३
भारतीय एसएसबीले कडाई गरेपछि सीमावर्ती क्षेत्रमा आवतजावत गर्न समस्या

भारतीय एसएसबीले कडाई गरेपछि सीमावर्ती क्षेत्रमा आवतजावत गर्न समस्या

असार ६, २०८३
प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र समाचारदाता यादवमाथि आक्रमण

प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र समाचारदाता यादवमाथि आक्रमण

असार ६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि