Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै सिम्रौनगढको ६१ करोड ६३ लाखको बजेट सार्वजनिक

नगरपालिकाको ११औँ नगरसभामा नगर प्रमुख किशोरी प्रसाद कलवारले आगामी आर्थिक वर्षका लागि नीति तथा बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा उत्पादनमुखी क्षेत्रको प्रवद्र्धन, आधारभूत सेवाको विस्तार तथा स्थानीय विकासलाई मुख्य प्राथमिकतामा राखिएको जनाइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ६, २०८३
कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै सिम्रौनगढको ६१ करोड ६३ लाखको बजेट सार्वजनिक

सिम्रौनगढ (बारा), ६ असार । बाराको सिम्रौनगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ६३ लाख ८० हजार रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पूर्वाधार, सामाजिक तथा सांस्कृतिक विकासलाई केन्द्रमा राख्दै नगरपालिकाले आफ्नो आगामी वार्षिक योजना अघि सारेको हो ।

शनिबार सम्पन्न नगरपालिकाको ११औँ नगरसभामा नगर प्रमुख किशोरी प्रसाद कलवारले आगामी आर्थिक वर्षका लागि नीति तथा बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा उत्पादनमुखी क्षेत्रको प्रवद्र्धन, आधारभूत सेवाको विस्तार तथा स्थानीय विकासलाई मुख्य प्राथमिकतामा राखिएको जनाइएको छ ।

बजेटका लागि संघीय सरकारबाट विभिन्न शीर्षकमा उल्लेख्य अनुदान प्राप्त हुने अनुमान गरिएको छ । जसअनुसार वित्तीय समानीकरण अनुदानअन्तर्गत १३ करोड ४६ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २४ करोड ७७ लाख रुपैयाँ, पूँजीगत सशर्त अनुदान २ करोड ११ लाख रुपैयाँ तथा समपूरक अनुदान ५३ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । साथै समपूरक अनुदानतर्फ २० लाख रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ, सशर्त अनुदान ४० लाख रुपैयाँ तथा राजस्व बाँडफाँडमार्फत ८८ लाख ५७ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

नगरपालिकाको आय स्रोतमा संघीय राजस्व बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर (भ्याट) ८ करोड २५ लाख ५३ हजार रुपैयाँ तथा अन्तःशुल्कबाट ३ करोड ५३ लाख ८० हजार रुपैयाँ समावेश गरिएको छ । यस्तै मालपोत कार्यालयमार्फत घरजग्गा रजिस्ट्रेसन दस्तुरबापत ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक स्रोततर्फ नगरपालिकाले ४ करोड १० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ भने बैंक मौज्दातबाट १ करोड रुपैयाँ तथा सडक बोर्डबाट ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

नगर प्रमुख कलवारको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख नजमु शेहर, विभिन्न वडाका अध्यक्षहरू, नगर कार्यपालिका सदस्य, आर्थिक प्रशासन प्रमुख मनीष प्रसाद कलवार, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नगरपालिकाले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा बजेटले कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, खेलकुद विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै समग्र नगर विकासलाई गति दिने अपेक्षा गरिएको छ ।

Tags: सिम्रौनगढ नगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि