Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नर्सिङ विद्यार्थीद्वारा पोषण प्रदर्शनी, स्वस्थ आहारबारे जनचेतना फैलाउने प्रयास

प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ दोस्रो वर्षमा अध्ययनरत ४० जना विद्यार्थीहरूले अस्पतालमा उपचार तथा सेवा लिन आएका बिरामी, कुरुवा र अन्य सेवाग्राहीलाई पोषणयुक्त भोजनको महत्व, तयारी गर्ने विधि तथा सही रूपमा सेवन गराउने तरिकाबारे प्रत्यक्ष जानकारी दिएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ५, २०८३
नर्सिङ विद्यार्थीद्वारा पोषण प्रदर्शनी, स्वस्थ आहारबारे जनचेतना फैलाउने प्रयास

वीरगंज (पर्सा), ५ असार । वीरगंजस्थित बीएचसी मेडिकल कलेजको नर्सिङ संकायमा अध्ययनरत विद्यार्थीहरूले पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकदिने पोषण प्रदर्शनी आयोजना गरेका छन् । वीरगंजको बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटल परिसरमा सम्पन्न प्रदर्शनीमा गर्भवती महिला, सुत्केरी आमा, नवजात शिशु तथा विभिन्न उमेर समूहका बालबालिकाका लागि आवश्यक पोषणयुक्त आहारबारे जानकारीमूलक सामग्री प्रदर्शन गरिएको थियो ।

प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ दोस्रो वर्षमा अध्ययनरत ४० जना विद्यार्थीहरूले अस्पतालमा उपचार तथा सेवा लिन आएका बिरामी, कुरुवा र अन्य सेवाग्राहीलाई पोषणयुक्त भोजनको महत्व, तयारी गर्ने विधि तथा सही रूपमा सेवन गराउने तरिकाबारे प्रत्यक्ष जानकारी दिएका थिए ।

प्रदर्शनीमा गर्भावस्थामा आवश्यक पोषक तत्वयुक्त खानपान, शिशु जन्मिएपछि स्तनपानको महत्व, बोतलबाट दूध खुवाउँदा अपनाउनुपर्ने सावधानी, पूरक आहारको सुरुवात र उपयुक्त खाद्य सामग्री छनोट, सर्वोत्तम पीठोको उपयोगिता तथा तयारी विधिलगायत विषय समेटिएका सामग्री राखिएका थिए ।

त्यसैगरी अन्नप्राशनको महत्व, शिशुलाई दिनुपर्ने पोषणयुक्त खानेकुराहरू, सही तरिकाले हात धुने विधि तथा विद्यालय जाने बालबालिकाका लागि पौष्टिक टिफिन बक्स तयार गर्ने उपायबारे पनि जानकारीमूलक प्रदर्शनी सामग्री प्रस्तुत गरिएको थियो ।

बीएचसी मेडिकल कलेजकी प्राचार्य उषा घिमिरेका अनुसार पोषणसम्बन्धी व्यवहारिक ज्ञान समुदायसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रदर्शनीमा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अस्पतालसँग सम्बन्धित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । स्वास्थ्य र पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रदर्शनीले सेवाग्राहीहरूलाई उपयोगी जानकारी प्रदान गरेको सहभागीहरूले बताएका छन् ।

Tags: नर्सिङ विद्यार्थीद्वारा पोषण प्रदर्शनी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि