Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राजनीतिक भागबण्डाले धोबिनी गाउँपालिकाको गाउँसभा अवरुद्ध, नीति-कार्यक्रम अन्योलमा

सोमबार नीति तथा कार्यक्रम अनुमोदन गर्ने उद्देश्यसहित गाउँसभा बैठक आह्वान गरिएको थियो । तर अध्यक्ष र उपाध्यक्ष पक्षबीच लामो समयदेखि चल्दै आएको शक्ति संघर्ष निर्णायक मोडमा पुगेपछि बैठक सञ्चालन हुन सकेन ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ३, २०८३
राजनीतिक भागबण्डाले धोबिनी गाउँपालिकाको गाउँसभा अवरुद्ध, नीति-कार्यक्रम अन्योलमा

वीरगंज (पर्सा), ३ असार । पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूबीच बढ्दो राजनीतिक ध्रुवीकरण र शक्ति प्रदर्शनको प्रतिस्पर्धाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया प्रभावित बनेको छ । स्थानीय सरकार सञ्चालनका लागि अत्यन्त महत्वपूर्ण मानिएको गाउँसभा बैठक नै राजनीतिक भागबण्डाको विवादका कारण स्थगित हुन पुगेपछि गाउँपालिकाको प्रशासनिक तथा विकास गतिविधि अन्योलमा परेको छ ।

सोमबार नीति तथा कार्यक्रम अनुमोदन गर्ने उद्देश्यसहित गाउँसभा बैठक आह्वान गरिएको थियो । तर अध्यक्ष र उपाध्यक्ष पक्षबीच लामो समयदेखि चल्दै आएको शक्ति संघर्ष निर्णायक मोडमा पुगेपछि बैठक सञ्चालन हुन सकेन । औपचारिक रूपमा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिलाई बैठक नबस्नुको कारण बताइएपनि गाउँपालिकाभित्रको वास्तविक समस्या भने राजनीतिक समीकरण र बहुमतको दाबी–प्रतिदाबी रहेको स्रोतहरूको भनाइ छ ।

गाउँपालिका अध्यक्ष मदन चौहान पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिरहेको थियो । अर्कोतर्फ उपाध्यक्ष मञ्जुदेवी कुर्मी पक्षले पनि गाउँसभा सदस्यहरूको पर्याप्त समर्थन आफूहरूसँग रहेको भन्दै अध्यक्ष पक्षको प्रयासलाई चुनौती दिएको थियो । उपाध्यक्ष पक्षले १८ जना गाउँसभा सदस्यको समर्थन प्राप्त भएको दाबी सार्वजनिक गरेपछि दुवै समूहबीचको विवाद थप चर्किएको थियो ।

राजनीतिक वर्चस्व स्थापित गर्ने प्रतिस्पर्धा यति तीव्र बनेको थियो कि बैठक सञ्चालन भए विवाद, होहल्ला वा झडपसमेत हुन सक्ने अवस्था सिर्जना भएको स्थानीय स्रोतहरूको दाबी छ । यही संवेदनशील परिस्थितिमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडा कार्यालयमा उपस्थित नभएपछि गाउँसभा बैठक औपचारिक रूपमा स्थगित भएको बताइन्छ । यद्यपि उनको अनुपस्थितिलाई मात्र कारण देखाएर वास्तविक राजनीतिक विवादलाई ढाकछोप गर्ने प्रयास भएको आरोपसमेत उठ्न थालेको छ ।

बैठक कहिले बस्ने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन । यसले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामाथि थप प्रश्न खडा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र नीति, कार्यक्रम र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेपनि धोबिनीमा राजनीतिक खिचातानीका कारण उक्त प्रक्रिया जोखिममा परेको देखिन्छ ।

धोबिनी गाउँपालिका मात्र होइन, पर्साका अधिकांश स्थानीय तह पनि यस्तै राजनीतिक असहमति र आन्तरिक शक्ति संघर्षको मारमा परेका छन् । हालसम्म जिल्लाका १४ स्थानीय तहमध्ये कुनै पनि पालिकाले बजेट सार्वजनिक गर्न सकेका छैनन् । केही पालिकाले नीति तथा कार्यक्रम पारित गरेपनि बजेट निर्माण प्रक्रिया अझै अधुरो छ ।

स्थानीय विकास, सेवा प्रवाह र जनअपेक्षाभन्दा राजनीतिक भागबण्डा तथा पदगत प्रभावलाई प्राथमिकता दिइँदा धोबिनी गाउँपालिकाको गाउँसभा अवरुद्ध भएको छ । समयमै सहमति नजुटे स्थानीय सरकारको वार्षिक योजना र बजेट निर्माण प्रक्रिया नै प्रभावित हुने खतरा बढ्दै गएको छ, जसको प्रत्यक्ष असर आम नागरिक र विकास आयोजनामाथि पर्ने निश्चित देखिन्छ । हालसम्म जिल्लाका १४ स्थानीय तहमध्ये कुनै पनि पालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् । यद्यपि जगरनाथपुर, जिराभवानी र कालिकामाई गाउँपालिकाले भने नीति तथा कार्यक्रम पारित गरिसकेको जनाइएको छ ।

Tags: धोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूबीच बढ्दो राजनीतिक ध्रुवीकरण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि