Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रमुख प्रशासकीय अधिकृत खतिवडा अनुपस्थित हुँदा धोबिनी गापाको नीति तथा कार्यक्रम बैठक स्थगित

बिहान ११ बजेदेखि सञ्चालन हुने तय भएको बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कर्मचारी, स्थानीयवासी तथा सञ्चारकर्मी समयमै उपस्थित भएपनि प्रमुख प्रशासकीय अधिकृत नआएपछि कार्यक्रम अगाडि बढ्न नसकेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १, २०८३
प्रमुख प्रशासकीय अधिकृत खतिवडा अनुपस्थित हुँदा धोबिनी गापाको नीति तथा कार्यक्रम बैठक स्थगित

वीरगंज (पर्सा), १ असार । धोबिनी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले सोमबार बोलाइएको महत्वपूर्ण बैठक प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद खतिवडाको अनुपस्थितिका कारण अन्तिम समयमा स्थगित भएको छ । बिहान ११ बजेदेखि सञ्चालन हुने तय भएको बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कर्मचारी, स्थानीयवासी तथा सञ्चारकर्मी समयमै उपस्थित भएपनि प्रमुख प्रशासकीय अधिकृत नआएपछि कार्यक्रम अगाडि बढ्न नसकेको हो ।

गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानका अनुसार प्रमुख प्रशासकीय अधिकृत खतिवडाकी आमाको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनी अस्पताल जान बाध्य भएको जानकारी प्राप्त भएको थियो । अध्यक्ष चौहानले दिनभर बैठक सञ्चालनको प्रयास गरिए पनि प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क स्थापित हुन नसकेकाले बैठक स्थगित गर्नुपरेको बताए । ‘हामी सबै आवश्यक तयारीका साथ उपस्थित थियौं । पारिवारिक समस्याका कारण उहाँ उपस्थित हुन सक्नुभएन । सम्पर्कसमेत हुन नसकेपछि बैठक सञ्चालन गर्ने अवस्था रहेन,’ अध्यक्ष चौहानले भने ।

बैठक स्थगित भएपछि जनप्रतिनिधिहरूले भने असन्तुष्टि व्यक्त गरेका छन् । वडा नम्बर ३ का वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मीले बिहानदेखि साँझसम्म प्रतीक्षामा बस्नुपर्दा आफूहरू निराश भएको बताए । नौ वर्षको जनप्रतिनिधि अनुभवमा यस्तो अवस्था पहिलो पटक देख्नुपरेको उल्लेख गर्दै उनले गाउँपालिकाको प्रशासनिक व्यवस्थापनमाथि प्रश्न उठाए । ‘नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा छलफल गर्न सबैलाई बोलाएर दिनभर प्रतीक्षा गराइयो, तर कुनै निष्कर्ष निस्किएन । यसले जनप्रतिनिधिको भूमिकाप्रति समेत सम्मानजनक व्यवहार नभएको अनुभूति गराएको छ,’ उनले भने ।

स्थानीयवासीहरूले पनि गाउँपालिकाभित्र जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच लामो समयदेखि समन्वयको अभाव रहेको गुनासो गर्दै आएका छन् । उनीहरूका अनुसार यही कारण विकास निर्माणका काम, प्रशासनिक सेवा प्रवाह तथा अन्य गतिविधिहरू प्रभावित हुने गरेका छन् । महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिनमै बैठक स्थगित भएपछि गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन र व्यवस्थापन क्षमतामाथि प्रश्न उठ्न थालेको छ । स्थानीयवासी तथा जनप्रतिनिधिहरूले भविष्यमा यस्ता अवस्था दोहोरिन नदिन सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने माग गरेका छन् ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत खतिवडासँग प्रतिक्रिया लिन पटक–पटक प्रयास गरिएपनि उनको मोबाइल फोन बन्द रहेकाले प्रतिक्रिया प्राप्त हुन सकेन । बैठक स्थगित भएसँगै आगामी नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरिने भन्नेबारे गाउँपालिकाले हालसम्म नयाँ मिति सार्वजनिक गरेको छैन । जनप्रतिनिधिहरूले भने शीघ्र बैठक आह्वान गरी गाउँपालिकाको नियमित कामकारबाहीलाई प्रभावित हुन नदिन आग्रह गरेका छन् ।

Tags: धोबिनी गाउँपालिकाः अधिकृत नहुँदा महत्वपूर्ण बैठक स्थगित
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि