Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लालपुर्जाको माग गर्दै चर्कियो भूमिहीन तथा सुकुम्बासीको आन्दोलन

भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न, बस्ती हटाउने नाममा डोजर प्रयोग गर्ने कार्य रोक्न तथा दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १६, २०८३
लालपुर्जाको माग गर्दै चर्कियो भूमिहीन तथा सुकुम्बासीको आन्दोलन

गौशाला (महोत्तरी), १६ जेठ । महोत्तरीको गौशाला नगर क्षेत्रमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आन्दोलन तीव्र बनेको छ । गौशाला नगरपालिका र गाई गौशाला व्यवस्थापन कार्यालयविरुद्ध प्रदर्शनमा उत्रिएका स्थानीयले संविधानले सुनिश्चित गरेको आवास तथा भूमिसम्बन्धी अधिकार कार्यान्वयन गर्न माग गरेका छन् ।

आन्दोलनकारीहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न, बस्ती हटाउने नाममा डोजर प्रयोग गर्ने कार्य रोक्न तथा दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन् । गौशाला नगरपालिका–४ का रन्जित साह कनोजियाले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाए । स्थानीय सरकारको कार्यशैलीप्रति आपत्ति व्यक्त गर्दै उनले समस्या समाधानका लागि तत्काल पहल आवश्यक रहेको बताए ।

पीडित विकास साहले घर भत्काइने चर्चा चल्न थालेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको बताए । तनावका कारण आफ्ना बुबाको एक साताअघि निधन भएको दाबी गर्दै उनले सम्बन्धित निकायलाई मानवीय संवेदनशीलता अपनाउन आग्रह गरे । स्थानीय जगदीश साहले पुस्तौंदेखि बसोबास गर्दै आएका नागरिकलाई अहिले आएर अवैध भन्नु न्यायोचित नहुने बताए। कर तिर्ने बेला नागरिक सम्झने तर अधिकार दिने बेला बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र) का नेता विष्णु लामाले नगरपालिका ११५ नम्बर कित्तामा मात्र डोजर चलाउन अग्रसर भएको भन्दै विरोध जनाए । अन्य स्थानमा पनि एलानी जग्गा रहेको उल्लेख गर्दै उनले सबै क्षेत्रमा समान मापदण्ड लागू हुनुपर्ने धारणा राखे । नेपाली कांग्रेसकी महिला नेतृ बसन्ती अर्यालले गाई गौशाला व्यवस्थापन कार्यालय र नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिन् । केही वर्षअघि खाली गराइएको क्षेत्रमा पुनः पक्की घर निर्माण भएको उल्लेख गर्दै उनले त्यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरिन् । गरिब तथा सुकुम्बासीमाथि मात्र कडा नीति लागू गर्नु उचित नहुने उनको भनाइ थियो ।

गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले ११५ नम्बर कित्तामा तत्कालीन गाविसले बिटौरी काटेर बसोबास गराएको बताए । उनका अनुसार उक्त क्षेत्रमा केही परिवार ६० देखि ७० वर्षदेखि बसोबास गर्दै आएका छन् । लामो समयदेखि बसोबास गरिरहेका नागरिकलाई विस्थापित गर्नुको सट्टा लालपुर्जा वितरण गरेर समस्या समाधान गर्न राज्यले पहल गर्नुपर्ने उनले बताए ।

उनले गाई गौशाला व्यवस्थापन कार्यालयले पनि आफ्नो स्वामित्व दाबी गर्दै जग्गा खाली गराउन खोजिरहेको आरोप लगाए । विगतमा खाली गराइएको स्थानमा पुनः पक्की घर निर्माण भएको विषयमा समेत छानबिन आवश्यक रहेको उनको भनाइ थियो । आन्दोलनकारीहरूले समस्या समाधानका लागि सम्बन्धित निकायसँग तत्काल वार्ता, स्पष्ट नीति तथा मानवीय व्यवहार अपनाउन माग गरेका छन् । आन्दोलन थप सशक्त बन्न सक्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

Tags: भूमिहीन तथा सुकुम्बासीको आन्दोलन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नाङ्गो तारको करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

नाङ्गो तारको करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

अशोज २५, २०८३
विद्युत् सर्टसर्किटबाट दुई ठाउँमा आगलागी, चार पशुचौपायाको मृत्यु

विद्युत् सर्टसर्किटबाट दुई ठाउँमा आगलागी, चार पशुचौपायाको मृत्यु

अशोज २४, २०८३
१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

अशोज २४, २०८३
चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

अशोज २४, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि