Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पत्रकार महासंघ पर्सामा तालाबन्दीः पूर्व नेतृत्वमाथि गम्भीर आरोप, कानुनी उपचारमा जाने चेतावनी

शाखाका सचिव विजय कुमार महतोद्वारा हस्ताक्षर गरि जारि गरिएको विज्ञप्ति अनुसार ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’को नाममा केही व्यक्तिहरूले सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहेको समयमा तालाबन्दी गरेका हुन् । शाखाले उक्त कार्यलाई ‘दुःखद, आपत्तिजनक र संस्थाको साखमा गम्भीर चोट पुर्‍याउने गतिविधि’ भनिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०८३
पत्रकार महासंघ पर्सामा तालाबन्दीः पूर्व नेतृत्वमाथि गम्भीर आरोप, कानुनी उपचारमा जाने चेतावनी

वीरगंज (पर्सा), १५ जेठ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरणको विषयलाई लिएर शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको तालाबन्दीको गतिविधिलाई संस्थाको गरिमा र पर्सेली पत्रकारितामाथिको प्रत्यक्ष प्रहारको रूपमा टिप्पणी गर्दै आवश्यक परे कानुनी उपचारको बाटो रोज्ने चेतावनी दिएको छ ।

शाखाका सचिव विजय कुमार महतोद्वारा हस्ताक्षर गरि जारि गरिएको विज्ञप्ति अनुसार ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’को नाममा केही व्यक्तिहरूले सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहेको समयमा तालाबन्दी गरेका हुन् । शाखाले उक्त कार्यलाई ‘दुःखद, आपत्तिजनक र संस्थाको साखमा गम्भीर चोट पुर्‍याउने गतिविधि’ भनिएको छ । शाखाले महासंघ कुनै एक व्यक्ति वा समूहको संस्था नभई पर्साका सम्पूर्ण सञ्चारकर्मीहरूको साझा संस्था भएको उल्लेख गर्दै यस्ता गतिविधिले पत्रकारिताको एकता, विश्वास र प्रतिष्ठामाथि आघात पुगेको जनाएको छ ।

सदस्यता शुद्धीकरणको विषयमा आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै शाखाले शुद्धीकरण प्रक्रिया व्यक्तिगत आग्रह, आवेग वा दबाबका आधारमा नभई संस्थाको विधि, विधान र विगतका निर्णयका आधारमा अघि बढ्नुपर्ने स्पष्ट पारेको छ । यही सन्दर्भमा शाखाले तत्कालीन अध्यक्ष अनुप तिवारीलाई २०८३ जेठ ७ गते औपचारिक पत्राचार गर्दै निर्णय पुस्तिका, सदस्यता अभिलेख र आर्थिक हरहिसाब तीन दिनभित्र बुझाउन आग्रह गरिएको जनाएको छ । तर कागजात हस्तान्तरण गर्नुको सट्टा उनकै नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएको आरोप शाखाको छ ।

वर्तमान कार्यसमितिले निवर्तमान नेतृत्वकै कार्यकालमा कायम सदस्यताबाट नेतृत्व परिवर्तन भइसकेको अवस्थामा पनि निर्णय पुस्तिका, आर्थिक विवरण र अन्य अभिलेख हस्तान्तरण नगरिनु अत्यन्त चिन्ताजनक भएको जनाएको छ । शाखाले साधारणसभा गर्ने तयारी भइरहेका बेला त्यसलाई प्रभावित पार्ने उद्देश्यले गतिविधि भइरहेको आशंका पनि व्यक्त गरेको छ ।

शाखाका अनुसार पदस्थापनकै दिन निर्णय पुस्तिका नबुझाइनु, पटक पटक आग्रह गर्दा बहाना बनाइनु, पहिलो बैठकले ३० दिनभित्र हरहिसाब बुझाउने निर्णय गरेपनि त्यसको कार्यान्वयन नहुनु तथा साधारणसभाको मिति तय गर्न बोलाइएका बैठकमा अवरोध सिर्जना गरिनुले संस्थालाई नियोजित रूपमा अन्योलमा राख्ने प्रयास भइरहेको देखिएको छ ।

महासंघ पर्सा शाखाले तत्काल सम्पूर्ण हरहिसाब, निर्णय पुस्तिका र अभिलेख बुझाएर सदस्यता शुद्धीकरण प्रक्रियामा सहयोग गर्न तथा लगाइएको तालाबन्दी तत्काल खोल्न आग्रह गरेको छ । शाखाले आफू सदैव संवाद, सहकार्य र संस्थागत हितका पक्षमा रहेको उल्लेख गर्दै संस्थाको गरिमा र पत्रकारहरूको साझा अधिकारमाथि निरन्तर हस्तक्षेप भए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

सदस्यता शुद्धीकरणको माग राख्दै संघर्ष समितिले नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा शुक्रबार दिउँसो गरेको अनिश्चितकालीन तालाबन्दी ।

यता सदस्यता शुद्धीकरणको माग राख्दै सदस्यता शुद्धीकरण संघर्ष समितिले नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा शुक्रबार दिउँसो अनिश्चितकालीन तालाबन्दी गरिएको छ । सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणका लागि गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले शुक्रबार दिउँसो १ बजे महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

संघर्ष समितिका अनुसार गत मंगलबार र बुधबार कार्यालय अगाडि एक–एक घण्टा धर्ना दिँदा पनि जिल्ला शाखाबाट कुनै सुनुवाइ नभएपछि आन्दोलनको स्वरूप परिवर्तन गर्दै अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको हो । सदस्यता शुद्धीकरण संघर्ष समितिका संयोजक अनुप तिवारीले वर्तमान कार्यसमितिले विगतमा जस्तै छानबिन गरी अयोग्य तथा विधानविपरीत रहेका व्यक्तिहरूलाई सदस्यताबाट हटाउनुपर्ने माग राखिएको बताए ।

उनले विधानअनुसार सक्षम र योग्य पत्रकारहरूलाई अविलम्ब सदस्यता प्रदान गर्नुपर्ने तथा सदस्यता छानबिनका लागि आवश्यक पहल नगरेपछि अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको स्पष्ट पारे । तालाबन्दी कार्यक्रममा संघर्ष समितिका सह–संयोजक शेखर छतकुली, प्रेस चौतारी पर्साका उपाध्यक्ष राजेन्द्र सिंह, प्रेस मञ्चका बिरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

तालाबन्दीको विरोध गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले जारी गरेको विज्ञप्ति ।

Tags: पत्रकार महासंघ पर्साको आरोप: शुद्धीकरण होइन संस्था कब्जाको प्रयास
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार महासंघ पर्सामा तालाबन्दीः पूर्व नेतृत्वमाथि गम्भीर आरोप, कानुनी उपचारमा जाने चेतावनी

पत्रकार महासंघ पर्सामा तालाबन्दीः पूर्व नेतृत्वमाथि गम्भीर आरोप, कानुनी उपचारमा जाने चेतावनी

जेष्ठ १५, २०८३
कृत्रिम खुट्टाले फर्कायो नयाँ जीवनः ९१ वर्षीय वृद्ध फेरि आफ्नै खुट्टामा, १७ जनाले पाए नयाँ जीवन

कृत्रिम खुट्टाले फर्कायो नयाँ जीवनः ९१ वर्षीय वृद्ध फेरि आफ्नै खुट्टामा, १७ जनाले पाए नयाँ जीवन

जेष्ठ १४, २०८३
सांसद शाक्यद्वारा इप्रका सुपौलीको अनुगमन

सांसद शाक्यद्वारा इप्रका सुपौलीको अनुगमन

जेष्ठ १२, २०८३
कालिकामाई गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

कालिकामाई गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

जेष्ठ १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि