Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कृत्रिम खुट्टाले फर्कायो नयाँ जीवनः ९१ वर्षीय वृद्ध फेरि आफ्नै खुट्टामा, १७ जनाले पाए नयाँ जीवन

कृत्रिम खुट्टा पाएपछि कृष्णप्रसादले आफूले नयाँ जीवन प्राप्त गरेको अनुभूति व्यक्त गरेका छन् । चार वर्षदेखि सहज रूपमा हिँडडुल गर्न नसकेका उनी अब दैनिक जीवनका सामान्य कामसमेत आफैं गर्न सक्ने अवस्थामा पुगेका छन् । ९१ वर्षको उमेरमा पुनः स्वतन्त्र रूपमा हिँड्न पाउनु उनका लागि ठूलो उपलब्धि बनेको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
जेष्ठ १४, २०८३
कृत्रिम खुट्टाले फर्कायो नयाँ जीवनः ९१ वर्षीय वृद्ध फेरि आफ्नै खुट्टामा, १७ जनाले पाए नयाँ जीवन

वीरगंज (पर्सा), १४ जेठ । धादिङ जिल्लाको धुनीबेसी नगरपालिका–४ निवासी ९१ वर्षीय कृष्णप्रसादका लागि पछिल्ला चार वर्ष निकै कष्टकर बनेका थिए । खुट्टामा देखिएको सामान्य घाउ विस्तारै क्यान्सरमा परिणत भएपछि उनले आफ्नो एउटा खुट्टा गुमाउनुपरेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण कृत्रिम खुट्टा जडान गर्न नसकेका उनी वर्षौंदेखि अरूको सहारामा जीवन बिताउन बाध्य थिए । तर अहिले उनको जीवनमा नयाँ आशा पलाएको छ । रोटरी क्लब अफ गोगँबुको समन्वय तथा रोटरी क्लब अफ वीरगंजको सहयोगमा निःशुल्क कृत्रिम खुट्टा प्राप्त गरेपछि उनी पुनः आफ्नै खुट्टामा उभिन र हिँड्न सक्षम भएका छन् ।

कृत्रिम खुट्टा पाएपछि कृष्णप्रसादले आफूले नयाँ जीवन प्राप्त गरेको अनुभूति व्यक्त गरेका छन् । चार वर्षदेखि सहज रूपमा हिँडडुल गर्न नसकेका उनी अब दैनिक जीवनका सामान्य कामसमेत आफैं गर्न सक्ने अवस्थामा पुगेका छन् । ९१ वर्षको उमेरमा पुनः स्वतन्त्र रूपमा हिँड्न पाउनु उनका लागि ठूलो उपलब्धि बनेको छ ।

यस्तै, धुनीबेसी नगरपालिका–४ कै ५३ वर्षीय अनिल उपाध्यायको जीवनमा पनि यो अभियानले नयाँ मोड ल्याएको छ । तीन वर्षअघि उपचारको क्रममा चिकित्सकको लापरवाहीले एउटा खुट्टा गुमाएका उपाध्याय आर्थिक अभाव र शारीरिक असहजताका कारण निराश जीवन बिताइरहेका थिए । दुर्घटनापछि उनको दैनिकी निकै कठिन बनेको थियो । तर रोटरी क्लब अफ गोगँबुको समन्वय र रोटरी क्लब अफ वीरगंजको सहयोगमा निःशुल्क कृत्रिम खुट्टा जडान गरिएपछि उनी पुनः सामान्य जीवनतर्फ फर्किने अवसर पाएका छन् ।

उपाध्यायले कृत्रिम खुट्टा पाएपछि आफूले हराएको आत्मविश्वास र जीवनप्रतिको आशा पुनः प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । तीन वर्षसम्म शारीरिक अपाङ्गताका कारण भोग्नुपरेको कठिनाइ अब क्रमशः कम हुँदै जाने विश्वास उनले व्यक्त गरेका छन् । रोटरी क्लब अफ गोगँबुले विशेष योजना बनाएर पहाडी जिल्लाका विभिन्न स्थानबाट हातखुट्टा गुमाएका १७ जना व्यक्तिलाई वीरगंज ल्याई निःशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराएको छ । क्लबका अध्यक्ष राजाराम फुँयालका अनुसार आर्थिक अभावका कारण उपचार तथा कृत्रिम अङ्ग जडान गर्न नसकेका व्यक्तिहरूलाई लक्षित गर्दै यो अभियान सञ्चालन गरिएको हो ।

उनले रोटरी क्लब अफ वीरगंजले विगत पाँच वर्षदेखि निरन्तर रूपमा गरिब, असहाय तथा विपन्न व्यक्तिहरूलाई निःशुल्क कृत्रिम हातखुट्टा प्रदान गर्दै आएको बताए । सोही अभियानअन्तर्गत यसपटक पहाडी जिल्लाका १७ जना लाभग्राहीलाई वीरगंज ल्याएर कृत्रिम अङ्ग जडान गरिएको उनले जानकारी दिए ।

अध्यक्ष फुँयालले रोटरी क्लब मानव सेवाप्रति समर्पित संस्था भएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूको जीवनलाई सहज र सम्मानजनक बनाउन क्लबले निरन्तर काम गरिरहेको बताए । उनले आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । रोटरी क्लब अफ वीरगंजका सदस्य तथा संरक्षक डा. सास्वत प्रसादका अनुसार क्लबले हालसम्म एक हजारभन्दा बढी हातखुट्टा गुमाएका व्यक्तिलाई निःशुल्क कृत्रिम अङ्ग प्रदान गरिसकेको छ । उनले वीरगंजबाट सुरु गरिएको यो सेवा पर्सा, बारा, रौतहट, सर्लाही, जनकपुरलगायतका जिल्लामा मात्र सीमित नभई भारतका सीमावर्ती क्षेत्रसम्म पुगेको बताए ।

उनका अनुसार दुर्घटना, रोग वा अन्य कारणले हातखुट्टा गुमाएका व्यक्तिहरूका लागि कृत्रिम अङ्ग केवल शारीरिक सहारा मात्र नभई आत्मनिर्भर जीवनतर्फ फर्किने माध्यम पनि बनेको छ । त्यसैले आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गर्दै यो सेवा निरन्तर सञ्चालन भइरहेको उनले बताए । यस अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोटरी क्लब अफ गोगँबुका पूर्वअध्यक्ष महेश्वरमान सिंह बस्नेतले यस्ता व्यक्तिहरूको अनुहारमा खुसी देख्न पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि भएको बताए । उनले पाँच दिनसम्म वीरगंजमा बसेर लाभग्राहीहरूको व्यवस्थापन तथा कृत्रिम अङ्ग जडान प्रक्रियामा प्रत्यक्ष रूपमा सहयोग गरेका थिए ।

बस्नेतले मानव सेवाभन्दा ठूलो धर्म अरू केही नभएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई पुनः आत्मविश्वासका साथ जीवनयापन गर्न सक्षम बनाउने कार्यमा सहयोग गर्न पाउँदा गर्व महसुस भएको बताए । रोटरी क्लबद्वारा सञ्चालित यस अभियानले शारीरिक रूपमा अशक्त बनेका व्यक्तिहरूलाई केवल कृत्रिम अङ्ग मात्र प्रदान गरेको छैन, उनीहरूको जीवनमा नयाँ आशा, आत्मविश्वास र भविष्यप्रतिको भरोसा पनि जगाएको छ । कृष्णप्रसाद र अनिल उपाध्यायजस्ता लाभग्राहीहरूको अनुहारमा देखिएको मुस्कानले यस्ता मानवीय अभियानको महत्वलाई अझ प्रष्ट रूपमा उजागर गरेको छ ।

Tags: मानवताले जित्यो पीडा: कृत्रिम खुट्टासँगै फर्कियो आत्मविश्वास
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि