Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनकपुर-ढल्केवर सडकमा तीन आकाशे पुल सञ्चालनमा, थप तीन निर्माणाधीन

सडक डिभिजन कार्यालय मुजेलियाका अनुसार राजमार्गमा पैदल यात्रुको चाप बढ्दै गएको र सडक वारपार गर्दा दुर्घटनाको जोखिम रहने भएकाले आकाशे पुल निर्माणलाई प्राथमिकता दिइएको हो । यसैबीच, पैदल यात्रुको बढी आवतजावत हुने राजमार्गका थप तीन स्थानमा आकाशे पुल निर्माण भइरहेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १२, २०८३
जनकपुर-ढल्केवर सडकमा तीन आकाशे पुल सञ्चालनमा, थप तीन निर्माणाधीन

जनकपुरधाम (धनुषा), १२ मंसिर । जनकपुरधाम-ढल्केवर ६ लेन व्यापारिक राजमार्गमा पैदल यात्रुको आवागमन सहज बनाउने र सडक दुर्घटनाको जोखिम घटाउने उद्देश्यले तीनवटा आकाशे पुल निर्माण सम्पन्न भएका छन् । धनुषाको लक्ष्मीनियादेखि महेन्द्रनगरसम्मका विभिन्न स्थानमा १० करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो ।

सडक डिभिजन कार्यालय मुजेलियाका अनुसार राजमार्गमा पैदल यात्रुको चाप बढ्दै गएको र सडक वारपार गर्दा दुर्घटनाको जोखिम रहने भएकाले आकाशे पुल निर्माणलाई प्राथमिकता दिइएको हो । यसैबीच, पैदल यात्रुको बढी आवतजावत हुने राजमार्गका थप तीन स्थानमा आकाशे पुल निर्माण भइरहेको छ । लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया बजार तथा क्षीरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक र सखुवा चोकमा पुल निर्माणको काम जारी छ ।

सडक डिभिजन कार्यालय मुजेलियाका डिभिजनल इन्जिनियर दारोगा प्रसादका अनुसार यी तीनवटा पुल निर्माणका लागि १९ करोड ५० लाख रुपैयाँ खर्च हुने गरी काम भइरहेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणाधीन पुलमध्ये लक्ष्मीनिया बजारमा ३ करोड ४२ लाख, महिला विकास चोकमा ३ करोड ३५ लाख र सखुवा चोकमा ३ करोड ४५ लाख रुपैयाँ लागत छुट्याइएको छ ।

तीनवटै पुलको उचाइ ५ दशमलव ६ मिटर, लम्बाइ २९ दशमलव ४ मिटर र चौडाइ ३ मिटर रहनेछ । मधेश प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने प्रमुख मार्गका रूपमा रहेको जनकपुर–ढल्केवर सडकमा पछिल्लो समय सवारीसाधनको चाप बढ्दै गएको छ । व्यस्त राजमार्गमा पैदल यात्रुलाई सुरक्षित रूपमा सडक पार गर्न समस्या हुँदै आएको छ । विशेषगरी बजार क्षेत्र र चोकहरूमा सडक वारपार गर्दा दुर्घटनाको जोखिम रहने गरेको छ ।

आकाशे पुल निर्माणले पैदल यात्रुलाई सवारीसाधनको आवागमन प्रभावित नगरी सुरक्षित रूपमा सडक पार गर्न सहज हुने सडक डिभिजन कार्यालयको विश्वास छ । डिभिजनल इन्जिनियर प्रसादका अनुसार पुलले पैदल यात्रुको सुरक्षा र आवागमनमा सहजता ल्याउनुका साथै व्यस्त राजमार्गको व्यवस्थापन तथा सौन्दर्यकरणमा समेत सहयोग पुर्‍याउनेछ । थप तीनवटा पुल निर्माण सम्पन्न भएपछि जनकपुर–ढल्केवर व्यापारिक राजमार्गमा पैदल यात्रुको आवागमन अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

Tags: जनकपुर-ढल्केवर सडक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विवाहपञ्चमीको निम्तो बोकेर अयोध्या पुग्दै टोली, भारसहित प्रस्थान

विवाहपञ्चमीको निम्तो बोकेर अयोध्या पुग्दै टोली, भारसहित प्रस्थान

मंसिर १२, २०८३
जनकपुर-ढल्केवर सडकमा तीन आकाशे पुल सञ्चालनमा, थप तीन निर्माणाधीन

जनकपुर-ढल्केवर सडकमा तीन आकाशे पुल सञ्चालनमा, थप तीन निर्माणाधीन

मंसिर १२, २०८३
राराब क्याम्पसमा आर्थिक अनियमितताकाे जालाेः २० करोड शुल्क असुलियो तर बैंकमा जम्मा भएन

राराब क्याम्पसमा आर्थिक अनियमितताकाे जालाेः २० करोड शुल्क असुलियो तर बैंकमा जम्मा भएन

मंसिर १२, २०८३
नेपालमा हुन्डीको सबैभन्दा ठूलो सञ्जाल मधेशमाः ५३ प्रतिशत शंकास्पद कारोबार यहीँ केन्द्रित

नेपालमा हुन्डीको सबैभन्दा ठूलो सञ्जाल मधेशमाः ५३ प्रतिशत शंकास्पद कारोबार यहीँ केन्द्रित

मंसिर १२, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि