वीरगंज (पर्सा), १२ जेठ । पर्साको इलाका प्रशासन कार्यालय सुपौलीका सेवाग्राहीहरूले कार्यालयको सेवा सम्बन्धमा गुनासो गरेपछि सो क्षेत्रका प्रतिनिधी सभाका सदस्य टेकबहादुर शाक्यले स्थलगगत अनुगमण गरेका छन् । बढ्दो गर्मीको समयमा सेवाग्रहीका लागि बस्ने ठाउँ, विश्रमालय, आवश्यक फर्निचर समेत नरहेको हुँदा दिनभरी उभिएर सेवा लिनु पर्ने, कार्यालयले समयमा काम नगरिदिने लगायतका गुनासोहरू सेवा ग्राहीले सांसद समक्ष पुर्याएका थिए ।
स्थगत अनुगमणको क्रममा सांसद शाक्यले सेवाग्राहीहरूसंग कुरा गर्नुका साथै इलाका प्रशासन सुपौलीका प्रमुख तथा प्रशासकिय अधिकृत विनयकुमार गुप्ता छलफल गरेका थिए । कर्मचारी अभावको कारण छिटो छरितो सेवा प्रवाह गर्न नसकिएको स्विकार्दै इलाका प्रमुख गुप्ताले आवश्य फर्निचर तथा पूर्वाधार निर्माणका लागि पालिकालगायत केन्द्र सरकारसंग अनुरोध गरिएको बताए ।
सो अवसरमा सांसद शाक्यले सेवाग्राही मैत्री र पारदर्शी सेवा प्रदान गर्न आग्रह गर्दै आवयश्यक कर्मचारी थप गर्न र भौतिक पूर्वाधार निर्माणका लागि अख्तियार प्राप्त निकायसंग आफुले कुरा गर्ने आश्वासन दिए । इलाका प्रशासन सुपौलीबाट ठोरी, जिराभवानी लगायत पर्साका चारवटा पालिकाका वासिन्दालाई सेवा दिइरहेका छन् ।









प्रतिक्रिया दिनुहोस् !