Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंज (पर्सा), २१ वैशाख । वीरगंज महानगरपालिकाको आयोजनामा वीरगंजस्थित घडिअर्वा पोखरी कभर्डहलमा ‘चौथो नगर राष्ट्रपति रनिङ सिल्ड तेक्वान्दो छनोट प्रतियोगिता’ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गणेशमान श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पर्सा जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष दीपक साह कानु उपस्थित थिए ।

प्रतियोगितामा करिब ३०० जना खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ । विभिन्न तौल समूह र पुम्से (काटा) विधामा प्रतिस्पर्धा गराइएको यस छनोट प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पुरुषतर्फ ४५ केजी तौल समूहमा गौतम कुमार प्रजापति प्रथम भएका छन् । त्यसै समूहमा जेनिस खड्का द्वितीय तथा मोहित लिम्बू र प्रणिल थापा तृतीय स्थानमा रहेका छन् । ४८ केजी तौल समूहमा आशिष कुमार सराफले प्रथम स्थान हासिल गर्दा विकी कुमार यादव द्वितीय भए भने सुलभ थारु र सक्षम चौरसिया तृतीय बने ।

यस्तै ५१ केजी तौल समूहमा शिवजी कुमार पटेल प्रथम घोषित भए । यस समूहमा अब्राहम भुजु द्वितीय र जानिलाल जाफर तथा आयुस चौधरी तृतीय स्थानमा रहे । ५५ केजी समूहमा स्वयममान रन्जितकारले प्रथम स्थान प्राप्त गरे भने प्रिन्स कुमार द्वितीय भए । अन्य प्रतिस्पर्धामा शिवम कुमार प्रथम र शेख रहमान हुसेन द्वितीय भएका छन् ।

पुम्से (काटा) विधातर्फ पनि खेलाडीहरूको उत्कृष्ट प्रदर्शन देखिएको थियो । एकल पुरुष पुम्सेमा हबिबुल्लाह मियाँ प्रथम भए भने आगमन ठकुरी द्वितीय र साजन पटेल तथा आयुस ठकुरी तृतीय स्थानमा रहे । महिलातर्फको एकल पुम्सेमा रोशनी मोक्तानले प्रथम स्थान हासिल गरेकी छन् ।

प्रतियोगिताको निष्पक्ष सञ्चालनका लागि जुरीको जिम्मेवारी महमद सकिल र गणेशमान श्रेष्ठले सम्हालेका थिए । रेफ्रीको भूमिकामा राजेन्द्र शाही, महमद मन्सुर हवारी, विक्रान्त डङ्गोल, सोएब अख्तर र दिपेश मानन्धरलगायत सक्रिय रहेका थिए ।

समापन समारोहमा सभापति गणेशमान श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी गराइने जानकारी दिएका छन् ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि