Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पारसनाथ मन्दिरको करिब ६ विघा जग्गा अतिक्रमणमुक्त, ३८० संरचना डोजरले हटाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १३, २०८३
पारसनाथ मन्दिरको करिब ६ विघा जग्गा अतिक्रमणमुक्त, ३८० संरचना डोजरले हटाइयो

वीरगंज (पर्सा), १४ वैशाख । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित पारसनाथ महादेव महुवन मठअन्तर्गत गुठी संस्थानको अतिक्रमित करिब ५ बिघा भन्दा बढि जमिन आइतबार डोजर प्रयोग गरी खाली गराइएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको निर्देशन तथा गाउँपालिकाको सक्रियतामा बिहानैदेखि अभियान सञ्चालन गरिएको हो ।

मठअन्तर्गत पर्ने कित्ता नम्बर २७६ को करिब ५ बिघा ६ कठ्ठा क्षेत्रफल रहेको पोखरीको डिलसहित गुठीको जमिनमा अवैध रूपमा घर, टहरा र अन्य संरचना निर्माण गरी अतिक्रमण गरिएको थियो । गृहमन्त्री फकिरा महतोको प्रत्यक्ष निर्देशनमा सात वटा डोजर प्रयोग गरी अतिक्रमण हटाइएको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए । उनका अनुसार अतिक्रमण गरेर बनाइएका करिब ३८० घरटहरा भत्काइएका छन् ।

गुठी संस्थानले यसअघि वैशाख १० गते सूचना जारी गर्दै श्री पारसनाथ महादेव महुवन मठ गुठीअन्तर्गत पर्ने साविक महुवन वडा नं. ५ को किता नं. २७६ मा रहेको पोखरी डिलसहितको ५ विघा १७ धुर क्षेत्रफलमा अनधिकृत रूपमा घर, टहरा लगायतका संरचना निर्माण गरी अतिक्रमण गरिएको उल्लेख गर्दै स्वेच्छाले हटाउन आग्रह गरेको थियो ।

तर अतिक्रमणकारीहरूले संरचना नहटाएपछि आइतबार डोजर लगाएर खाली गराइएको गुठी संस्थान वीरगंजकी प्रमुख उर्मिला अर्चायले जानकारी दिइन् । लामो प्रयासपछि पर्सा जिल्लाकै ऐतिहासिक धरोहरका रूपमा रहेको पारसनाथ पोखरी क्षेत्रलाई अतिक्रमणमुक्त गराउन सफल भएको उनले बताइन् ।

२०८१ माघ ४ गते गाउँपालिकाले पनि सूचना जारी गर्दै तीन दिनभित्र अतिक्रमण हटाउन आग्रह गरेको थियो, अन्यथा कानुनी प्रक्रिया अघि बढाउने चेतावनी पनि दिइएको थियो । अन्ततः मन्त्रीस्तरबाट निर्देशन आएपछि सुरक्षाकर्मीको सहयोगमा आइतबारदेखि कडाइका साथ अभियान अघि बढाइएको अध्यक्ष यादवले बताए । यस्तै, महुवन क्षेत्रमा गुठी संस्थानकै थप करिब २९ बिघा अतिक्रमित जमिनसमेत चरणबद्ध रूपमा खाली गराउने प्रक्रिया सुरु गरिएको जनाइएको छ ।

Tags: पारसनाथ मन्दिरको ६ विघा जग्गा अतिक्रमणमुक्त
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि