Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

दुवै संगठनले पत्रकारलाई अनावश्यक दबाब, त्रास र धरपकडको वातावरणबाट मुक्त गरी निर्वाध रूपमा काम गर्ने अवस्था सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गरेका छन् । साथै, घटनाको निष्पक्ष समीक्षा गर्दै समाचारप्रति असहमति भए स्थापित कानुनी तथा प्रेससम्बन्धी संस्थागत संयन्त्रमार्फत समाधान खोज्न आग्रह गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ८, २०८३
समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

वीरगंज (पर्सा), ८ भदौ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय अपराधसम्बन्धी मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिएको घटनाप्रति पर्साका दुई प्रमुख पत्रकार संगठनले गम्भीर आपत्ति जनाएका छन् । समाजवादी प्रेस संगठन नेपाल, पर्सा र प्रेस चौतारी नेपाल, पर्साले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समाचार प्रकाशनकै विषयलाई लिएर पत्रकार तथा सञ्चारमाध्यमलाई कानुनी दबाब र त्रासमा पार्ने प्रयास प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर चुनौती भएको बताएका हुन् ।

समाजवादी प्रेस संगठनले आफ्ना सहसचिवसमेत रहेका रातोपाना डटकमका सञ्चालक श्याम सर्राफ, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य तथा प्रहार डेली डटकमका सञ्चालक राहुल गुप्ता, पत्रकार महासंघका साधारण सदस्य एवं रातोपानाका प्रबन्ध निर्देशक अमित अग्रवाललगायत सञ्चारकर्मी तथा सञ्चार संस्थाविरुद्ध मुद्दा दर्ता गरिएकोप्रति आपत्ति जनाएको छ । संगठनका सचिव विनोद पटेलद्वारा जारी विज्ञप्तिमा सार्वजनिक पदमा रहेका व्यक्तिका काम, गतिविधि, अभिव्यक्ति र भूमिकाबारे नागरिकस्तरबाट उठेका प्रश्न तथा चासोलाई समाचारका रूपमा सार्वजनिक गर्नु पत्रकारिताको स्वाभाविक दायित्व भएको उल्लेख गरिएको छ ।

सांसद पन्तसँग सम्बन्धित प्रकाशित समाचारमा सम्बन्धित पक्षको धारणा समेत समेटिएको दाबी गर्दै संगठनले पत्रकारिताको मूल धर्म नै प्रश्नलाई सार्वजनिक बहसमा ल्याउनु र समाचारमा सम्बन्धित पक्षको भनाइ समेट्नु रहेको जनाएको छ । समाचारप्रति असहमति वा आपत्ति भए त्यसको समाधानका लागि सम्बन्धित सञ्चारमाध्यममा खण्डन वा प्रतिक्रिया दिने, प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने तथा प्रचलित कानुनी प्रक्रिया अपनाउने वैधानिक बाटो हुँदाहुँदै पत्रकारविरुद्ध मुद्दा दर्ता गर्ने र पक्राउ पुर्जी जारी गर्ने कार्य उपयुक्त नभएको संगठनको निष्कर्ष छ ।

यता प्रेस चौतारी नेपाल, पर्साले पनि समाचार प्रकाशनकै विषयलाई लिएर सञ्चारमाध्यमका सम्पादक तथा सञ्चालकविरुद्ध मुद्दा दर्ता, पक्राउ पुर्जी जारी तथा धरपकडको वातावरण सिर्जना गरिएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । चौतारी पर्साका सचिव कृष्ण कुशवाहद्वारा जारी विज्ञप्तिमा सार्वजनिक पदमा रहेका व्यक्ति वा जनप्रतिनिधिका गतिविधिमाथि प्रश्न उठाउनु, तथ्य सार्वजनिक गर्नु र सम्बन्धित पक्षको धारणा समेटेर समाचार सम्प्रेषण गर्नु पत्रकारको संवैधानिक अधिकार तथा व्यावसायिक दायित्व भएको उल्लेख गरिएको छ ।

चौतारीले समाचारप्रति गुनासो वा आपत्ति भए प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित निकायमार्फत कानुनी तथा संस्थागत उपचार खोज्ने व्यवस्था हुँदाहुँदै सत्ता र शक्तिको प्रभाव प्रयोग गरेर पत्रकारलाई तर्साउने वा दबाबमा पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ । विज्ञप्तिमा सम्बन्धित पत्रकारहरू आफैं अदालतमा उपस्थित भई साधारण तारेखमा रिहा भइसकेको अवस्थालाई समेत उल्लेख गर्दै मुद्दाको भय देखाएर प्रेसलाई मौन गराउने, निर्भीक पत्रकारिताको मनोबल कमजोर पार्ने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयासको विरोध गरिएको छ ।

दुवै संगठनले पत्रकारलाई अनावश्यक दबाब, त्रास र धरपकडको वातावरणबाट मुक्त गरी निर्वाध रूपमा काम गर्ने अवस्था सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गरेका छन् । साथै, घटनाको निष्पक्ष समीक्षा गर्दै समाचारप्रति असहमति भए स्थापित कानुनी तथा प्रेससम्बन्धी संस्थागत संयन्त्रमार्फत समाधान खोज्न आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल, पर्साले आफ्ना माग सम्बोधन नभए प्रेस स्वतन्त्रताको रक्षाका लागि उचित प्रतिवाद तथा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ ।

पत्रकार संगठनहरूको संयुक्त रूपमा उठेको आपत्तिले सांसदसँग सम्बन्धित एउटा समाचार विवाद अब व्यक्तिगत असहमतिको विषयमा मात्र सीमित नरही प्रेस स्वतन्त्रता, जनप्रतिनिधिको सार्वजनिक जवाफदेहिता र पत्रकारमाथि कानुनी प्रक्रियाको प्रयोगसम्बन्धी बहसको विषय बनेको देखिएको छ ।

Tags: समाचारको जवाफ मुद्दा होइन: तथ्य र कानुन हो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि