Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरको अवैध कर असुलीमा अदालतको रोक, सांसद पन्तको पहल सफल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ११, २०८३
वीरगंज महानगरको अवैध कर असुलीमा अदालतको रोक, सांसद पन्तको पहल सफल

वीरगंज (पर्सा), ११ वैशाख । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य बुद्धिप्रसाद पन्त (हरी पन्त)ले उठाउँदै आएको जनहितसम्बन्धी मुद्दाले अन्ततः कानुनी सफलता पाएको छ । वीरगंज महानगरपालिकाले राष्ट्रिय कानुन विपरित कर असुल्दै आएको विषयमा दायर गरिएको रिट निवेदनमा उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगंजले महत्वपूर्ण आदेश जारी गर्दै महानगरको कर संकलन अभ्यासमा रोक लगाएको हो ।

शुक्रबार न्यायाधीश अर्जुन अधिकारी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले महानगरपालिकालाई आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर कर नउठाउन स्पष्ट निर्देशन दिएको छ । अदालतको आदेशअनुसार अब राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा सवारी साधनबाट कुनै पनि प्रकारको कर संकलन गर्न पाइने छैन ।

यो मुद्दा प्रभु कन्स्ट्रक्सनले वीरगंज महानगरपालिकाविरुद्ध वैशाख ४ गते दायर गरेको निषेधाज्ञा निवेदनसँग सम्बन्धित थियो। सो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले महानगरले कर उठाइरहेका १८ स्थानमध्ये १३ स्थान, जसमा मुख्य राजमार्गहरू समेत पर्छन्, तत्काल बन्द गर्न आदेश दिएको हो ।

सांसद पन्तले लामो समयदेखि महानगरले कानुनको दायराभन्दा बाहिर गएर कर असुली गरिरहेको विषयमा निरन्तर प्रश्न उठाउँदै आएका थिए । उनले सर्वोच्च अदालतका पूर्व आदेश, मन्त्रिपरिषद्का निर्णय तथा गृह मन्त्रालयका निर्देशन समेत बेवास्ता गरिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

उनकै निरन्तर पहलपछि स्थानीय प्रशासनले चासो देखाएको र अन्ततः विषय अदालतसम्म पुगेको मानिएको छ । अदालतको यो निर्णयलाई कानुनी शासन सुदृढ गर्ने कदमका रूपमा लिइएको छ, जसले सवारी साधनमा अनावश्यक आर्थिक भार घट्ने अपेक्षा गरिएको छ ।

मुद्दामा निवेदक पक्षका तर्फबाट अधिवक्ताहरू सुधीर कर्ण र अभिनय गुप्ताले बहस गरेका थिए भने महानगरको पक्षमा अधिवक्ता ईश्वर बरालले प्रतिरक्षा गरेका थिए । सांसद पन्तका तर्फबाट अधिवक्ताहरू मेराज मियाँ र चन्द्रिका प्रसाद पटेलले बहस पैरवी गरेका थिए । सार्वजनिक सरोकारको विषय भएकाले सांसद पन्त स्वयं पनि इजलासमा उपस्थित भई आफ्नो धारणा राखेका थिए ।

Tags: अवैध कर असुलीमा अदालतको रोक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि