Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

हाम्रो नेपाल दैनिककी सञ्चालक प्रीति चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसिया प्रमुख अतिथि थिए । उनले दैनिकको छैटौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै सञ्चारमाध्यमको उत्तरोत्तर प्रगति, निरन्तर सफलता र व्यावसायिक विकासको कामना गरे ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २७, २०८३
मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज (पर्सा), २७ असोज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ । सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्राथमिकता दिँदै दैनिकले वार्षिकोत्सवलाई उत्सवमा मात्र सीमित नराखी सेवामूलक कार्यक्रमका रूपमा मनाएको हो ।

हाम्रो नेपाल दैनिककी सञ्चालक प्रीति चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसिया प्रमुख अतिथि थिए । उनले दैनिकको छैटौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै सञ्चारमाध्यमको उत्तरोत्तर प्रगति, निरन्तर सफलता र व्यावसायिक विकासको कामना गरे ।

पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै उनले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत जनताको आवाज बुलन्द गर्न सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । वार्षिकोत्सवका अवसरमा मानवसेवा आश्रममा भोजन सेवा सञ्चालन गर्नु सकारात्मक सामाजिक पहल भएको उनको भनाइ थियो ।

कार्यक्रमकी अध्यक्ष तथा सञ्चालक प्रीति चौरसियाले दैनिकको छैटौँ वार्षिकोत्सवसम्मको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने विज्ञापनदाता, पाठक, शुभेच्छुक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरिन् । पाठकहरूको विश्वास, विज्ञापनदाताको सहयोग र शुभेच्छुकहरूको सद्भावले सञ्चारमाध्यमलाई निरन्तर अगाडि बढ्न प्रेरणा मिलेको बताउँदै उनले आगामी दिनमा पनि सत्य, निष्पक्ष र जनमुखी पत्रकारितालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले असहाय तथा आश्रित व्यक्तिहरूलाई भोजन गराउने कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कार्यक्रममा नेको इन्स्योरेन्स लिमिटेड वीरगंज शाखाका प्रमुख तथा मधेस प्रदेशका क्लस्टर हेड विक्रम आले, रामेश्वर चौरसियालगायत पर्सेली सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमले पत्रकारिता र सामाजिक सेवाबीचको सम्बन्धलाई उजागर गर्दै समाजमा सहयोग, सद्भाव र मानवीय संवेदनाको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ । दैनिकले आगामी दिनमा पनि पत्रकारितासँगै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।

Tags: हन्ट नेपाल मिडिया प्रा.लि.
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि